रामग्राम लगायत पुरातात्विक क्षेत्रमा काम गर्न पुरातत्व अधिकृतको टोली सुझाव संक्लन गर्दै
नवलपरासी,१ असारगौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपा लगायत क्षेत्रमा पुरातात्विक क्षेत्रको संरक्षण र पर्यटकिय क्षेत्र प्रवद्र्धनमा पुरातत्व अधिकृतको टोलीले सुझाव संकलन गरेको छ । रामग्राम नगर प्रमुख धतपत यादव र प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्का लगायत पुरातत्व र रामग्राम प्रति चाँसो राख्ने ब्यतिmत्वहरुसँग छलफल गरि लुम्बिनी विकास कोष अन्तरगत रहेको पुरातत्व महाशाखा प्रमुख समेत रहेका पुरातत्व अधिकृत हिमाल उप्रेती सहितको टोलीले सुझाव संकलन गरेको हो ।रामग्राम नगरपालिका भित्र रहेको प्रमुख पुरातात्विक स्थल रामग्राम स्तुपा क्षेत्र र प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको स्थलगत अध्ययन समेत टोलीले गरेको थियो । सोही क्रममा रामग्राम स्तुपामा पुगेको टोलीलाई लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ जैसवालले लुम्बिनी विकास कोषकै कारण यो क्षेत्र ओझेलमा परेको आरोप समेत लगाएका थिए । लुम्बिनी...










