समाज

नेपाली सेनाद्धारा स्थानिय युवालाई विस्फोटक पदार्थबारे सचेतना
समाचार, समाज, सरावल गाउँपालिका

नेपाली सेनाद्धारा स्थानिय युवालाई विस्फोटक पदार्थबारे सचेतना

नवलपरासी,४ साउननेपाली सेनाको काली भतिm गण रुपन्देहीले नवलपरासीको सरावल गाउपालिकाका युवाहरुलाई विस्फोटकजन्य पदार्थको जोखिमबारे जनचेतना कार्यक्रम गरेको छ । स्थानिय युवाहरुलाई विस्फोटक पदार्थ प्रति सचेत रहनका लागि सो सचेतना कार्यक्रम गरेको हो ।सेनको नियमित कार्यक्रम अन्तरगत नै सेनाले स्थानिय युवाहरुलाई सचेतना कार्यक्रम गरेको सरावल गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराएका थिए । सेनाले जानकारी गराउने महत्वपुर्ण जनकारीले युवाहरु सचेत हुने छन् , उनले भने, यसमा गाउपालिकाले समेत सहजीकरण गरेको थियो । विस्फोटक पदार्थ देखिएमा रुक्नुस,शान्त रहनुस,त्यस नजिक नजानुस,नछुनुस,उठाउने प्रयास नगर्नुस,त्यस्ता बस्तु लठ्ठि वा अन्य कुनै बस्तुले पनि नछुनुस र अरु कोही नजिक छन्भन्ने सचेत गराउनु पर्ने पहिलो कार्यबारे जानकारी गराइएको थियो ।त्यसै गरि दोश्रो काम वरिपरि हेर्नुस,अगाडी नबढनुस,गाउघर परिवार तर्फ ...
पाल्हीनन्दनकी न्यायिक समिति सदस्य हरिजनले गाउमै पुगेर कानुनी सचेतना गराउदै
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

पाल्हीनन्दनकी न्यायिक समिति सदस्य हरिजनले गाउमै पुगेर कानुनी सचेतना गराउदै

नवलपरासी,१७ असारजिल्लाको प्राल्हीनन्दन गाउपालिकाकी न्यायिक समितिकी सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले स्थानिय महिलाई न्यायमा पहुँचका लागि कानुनी सचेतना चलाएकी छिन् । आफ्नो न्यायिक समितिको कार्यबारे जानकारी गराउदै गाँउ टोलमा पुग्दै कानुनी सचेतना गराउन थालेकी हुन् ।स्थानिय जनता तथा महिलाहरुलाई सहज ढंगले न्याय पाउन टाढा जान नपर्ने,आफ्नै गाउपालिकामा न्याय निसाफ पाउने अवस्थाबारे जानकारी गराउन उनी गाँउ टोलमा पुग्ने गरेको बताएकी थिईन । न्यायिक समिति मार्फत कार्यक्रम नै बनाएर उनी ६ वटै वार्डका महिलाहरु सहभागि हुने गरि तिन स्थानमा कानुनी सचेतना चलाईन् । उनले ग्रामिण महिलाको विचमा पुगेर न्यायिक समितिको कार्य प्रगति तथा न्यायिक समितिको अधिकार क्षेत्रबारे जानकारी गराएको बताईन् ।उनका अनुसार ग्रामिण भेगका जनतालाई ‘न्यायमा पहुँच कार्यक्रम’ सञ्चालन गरिएको छ । उनी न्यायिक समितिको काम कर्तब्...
मदन भण्डारीको ७४ औ जयन्तीको अवसरमा रतmदान
नवलपरासी (ब.सु.प.), समाचार, समाज

मदन भण्डारीको ७४ औ जयन्तीको अवसरमा रतmदान

नवलपरासी,८ असारमदन भण्डारी फाउण्डेसन नवलपरासीले रतmदान कार्यक्रम गरि ७४ औ मदन भण्डारी जयन्ती मनाउने साता ब्यापी कार्यक्रमको शुभारभ्भ गरेको छ । जिल्लाको सुनवल नगरपालिका भुमही बजारमा रतmदान कार्यक्रम गरि साता ब्यापी कार्यक्रमको शुभारम्भ गरिएको हो ।मदन भण्डारीका विचार प्रवाहसँगै समाजिक र मानविय क्षेत्रमा काम गर्ने योजना अनुरुप साता ब्यापी कार्यक्रमको शुरुवात गरिएको फाउण्डेसनका जिल्ला अध्यक्ष श्याम कुमार बस्याले बताएका थिए । मदन भण्डारीको विचार अहिले पनि नेपाली समाजमा उत्तिकै आवश्यक देखिएको उनको भनाई थियो । स्वर्गिय भण्डारीका विचारसँग प्रेरित सबै नेपालीलाई फाउण्डेसनमा मार्फत जाड्ने,उनको विचार जनस्तरसम्म पुर्याउदै समाजवादको अग्रसर विकास अभियानमा लगाउने अभियान स्वरुप कार्यक्रम गर्न थालिएको उनको भनाई रहेको थियो ।नेपाल एमालेका तत्कालिन नेता तथा जनताका बहुदलिय जनवाद (जबज) सिद्धान्तका प्रतिपादक मदन ...
उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम
नवलपरासी (ब.सु.प.), समाचार, समाज

उद्योग बाणिज्य संघको स्थापन दिवसको अवसरमा रतmदान कार्यक्रम

नवलपरासी,२९ जेठउद्योग बाणिज्य संघ नवलपरासीले संघको स्थापना दिवसको अवसरमा रतmदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी नवलपरासीको रतm सञ्चार केन्द्रको सहजीकरणमा संघले उतm रतmदान कार्यक्रम गरेको हो ।उद्योगी ब्यवसायिहरुको संगठनले समाजिक उत्तरदायित्व बहन गर्दै मानविय सेवामा समेत संलग्न गराउने उदेश्यले रतmदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले बताए । रतmदान जिवन दान नारालाई अंगिकार गरि उद्योगी ब्यवसायहरुले रतmदानमा सहभागि भएका थिए । रगत दिइएर अहिले सँसारमा कोही पनि मान्छे मरेका छैनन्,तर रतm नपाएर धेरै मानिसको ज्यान गएको बताउदै रेडक्रस शाखाका सभापति राजेन्द्र अग्रहरीले सबै संघसंस्थाले रतmदान कार्यक्रमलाई प्रोत्साहन गर्दै लैजानु पर्ने बताएका थिए । संघले आयोजना गरेको रतmदान कार्यक्रमको प्रशँसा गर्दै उनले यस्ता अनुकरणिय कार्य सबै संघसस्थाले गर्दै जादा एक परोपकारी सेवा भा...
शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ
नवलपरासी (ब.सु.प.), समाचार, समाज

शान्ति शुरक्षाको ब्यवस्थापनमा सबै पक्षको सहयोग र सहकार्य आवश्यक ः एसपी श्रेष्ठ

नवलपरासी,२५ बैशाखजिल्लामा सरुवा भई आएका नयाँ प्रहरी उपरिक्षक(एसपी) अनुपम श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा,शुसासन र समाजिक न्याय सहित समाजिक सेवामा सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताएका छन् । प्रहरी उपरिक्षकको जिम्मेवारी सम्भाल्दै एसी श्रेष्ठले पत्रकार भेटघाटमा उतm कुरा बताएका हुन् ।जिल्लाको बस्तुगत अवस्थाबारे पनि पत्रकारबाट बेलामै जानकारी र सुझावको आपेक्षा उनले राखेका थिए । थोरै जनशतिmले पनि धेरै काम गर्नु पर्ने नेपाल प्रहरीको अवस्था रहेको त्यसमा पनि नवलपरासीमा अझै कम जनशतिm रहेको उनले बताएका थिए । खुल्ला सिमा,चुरेका खोलानाला,गण्डक क्षेत्र लगायतका समस्या,द्रैवि प्रकोप लगायतका समस्या रहेका छन् । विभिन्न अपराधिक घटना हुदै आएको र धार्मिक द्धन्द्धका कुरा पनि बेला बेला हुने गर्दा पत्रकारको सहयोग अति आवश्यक छ, उनले भने, सबै पक्षको सहयोग भयो भन्ने मात्र शान्ति सुरक्षा चुष्तदुष्त बनाउन सम्...
डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती
नवलपरासी (ब.सु.प.), समाचार, समाज

डिएफओले स्थानिय सरकारका प्रमुखहरुलाई डिभिजन बन कार्यालय नै खारेज गराईदिन दिए चुनौती

नवलपरासी,१५ बैशाखजिल्ला समन्वय समिति सहित सात पालिकाले आफुलाई कारवाही गर्ने सिफारिस प्रति प्रतिकृया दिदै डिभिजनल बन अधिकृत (डिएफओ) जिवन पँगेनीले डिभिजन बन कार्यालय नै खारेजी गराईदिन चुनौती दिइएका छन् । स्थित बन डिभिजन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत(डिएफओ)लाई आवश्यक कारवाहीका लागि जिल्लाका सातवटै पालिकाले माग गरेको समाचार सार्वजनिक भए पछि उनले फोन सम्पर्क गरेर उतm चुनौती दिइएका हुन् ।डिएफओलाई के कारवाही गर्न सिफारिस गरेका हुन,डिभिजन बन कार्यालय नै खारेज गरे पछि डिएफओ त्यसै गईहाल्छन् भनि आक्रोस पनि पोखेका थिए । लोकसेवा पास गरेर आएका राष्ट्रसेवक कर्मचारी कानुनको अधिनमा बसेर काम गर्ने हुन, उनले भने, कुनै नेता,जनप्रतिनिधिको कानुनले नमिल्ने अवस्थामा दवाव र प्रभावमा परि हस्ताक्षर गर्दै जानु कानुनको खिल्ली उठाउनु हो, त्यो कर्मचारीले गर्न मिल्दैन् । अझ बन क्षेत्र राष्ट्रिय कानुनले मात्रै नभई के...
परासी बजार सौन्दर्यीकरण र सरसफाईमा सक्रिय वार्ड अध्यक्ष
रामग्राम नगरपालिका, समाचार, समाज

परासी बजार सौन्दर्यीकरण र सरसफाईमा सक्रिय वार्ड अध्यक्ष

नवलपरासी, २६ चैत्र, जिल्लाको सदरमुकाम परासी बजारको सौन्दरीकरण तथा सरसफाईमा स्थानिय वार्ड अध्यक्ष सक्रिय देखिएका छन् । परासीको बुद्धचोक देखी उत्तर निलोगेटसम्मको सडकमा फूलेको फूलहरुलाई ब्यवस्थित गर्दै वरिपरिका ढल सरसफाई तथा सडक बत्तिहरुको मर्मत सम्भार गर्दै बजारको सौन्दर्यीकरण अयिभानमा लागेका हुन् । सबै काम नगरपालिकाकै योजनाले गर्ने भन्ने होईन्,वार्ड स्तरबाटै नियमित काम गरियो भन्ने बजार,टोल,सडक लगायतका पुर्वाधार सफा चिटिक्क देखिने वार्ड नं.३ का वार्ड अध्यक्ष उज्जवल न्यौपाने (बेबी)ले बताए । नगरपालिकाबाट ढल सफाईका लागि जेसिबि समेत माग गरेको तर त्यहाँबाट उपलब्ध हुन सकेन,तर पनि जनशक्ति प्रयोग गरेरै काम शुरु गरिएको उनले बताए । वार्ड स्तरबाट हुने काममा लागेको छु, उनले भने, स्थानिय टोल विकास सस्थाहरुले पनि यसमा सहयोग गर्न आवश्यक देखिएको छ । बजारको सरसफाईसँगै अब चोक चोकमा सुचना प्रणाली ब्यवस्...
गरिब विपन्न मुस्लिमलाई जर्मनी संस्थाको साथ
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

गरिब विपन्न मुस्लिमलाई जर्मनी संस्थाको साथ

नवलपरासी,५ चैत्रजिल्लाको पाल्हिन्दन गाँउपालिकाका गरिब विपन्न मुस्लिम समुदायलाई जर्मनी संस्थाको साथ रहने जनाएको छ । एक्टिभ जुगेन्ड जर्मनीले देश भरिका गरिब बिपन्न समुदायलाई आफुहरुको साथ रहने जनाएको हो ।उक्त सस्थाद्धारा मंगलवार रमजान महिनाको अवसरमा सो समुदायका गरिब घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सो संस्थाको सहयोगमा स्थानिय ताजुलऔलुम आधारभुत मदरसामा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको थियो । उक्त संस्थाले २३७ जना स्थानियको लागी दाल, चामल, चिनी, नुन , तेल, चना, पिठो जस्ता दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । सहयोग हस्तान्तरण पश्चात सहयोगी संस्थाका अध्यक्ष मोहम्मद अलि बाउजुले आपत बिपत परेका परिवार र गरिब दुखियालाई यस्तो सहयोग गर्दै आएको बताएका थिए । उनले शिक्षा र स्वास्थ्यको साथै अपाङगता भएका वेसाहारा वालवालिकालाई निरन्तर संस्थाले काम गर्दै आएको जानकारी गराउदै भने,यो समान्य सह...
अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा अपाँगहरुलाई सम्मान
पाल्हिनन्दन गाउँपालिका, समाचार, समाज

अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा अपाँगहरुलाई सम्मान

नवलपरासी,१८ मंंसिरजिल्लाको पाल्हीनन्दन गाउपालिकाले अन्तराष्ट्रिय अपाँग दिवसको अवसरमा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको छ । गाउपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पालिका भित्रका अपाँगहरुलाई सम्मान गर्ने कार्य गरिएको हो ।उतm कार्यक्रममा स्वागत गर्दै गाउपालिकाकी न्यायिक समितिका सदस्य समेत रहेकी कार्यपालिका सदस्य अनामिका हरिजनले सबै अपाँगहरुलाई कानुनले समान अधिकार प्रदान गरेको बताएकी थिईन् । समाजका अपाँगको पनि अन्य ब्यतिm सरह नै सबै अधिकार भएको र थप केही विशेषाधिकार पनि कानुनले प्रदान गरेको हुदा बेलामै सबैले अपाँगता परिचयपत्र बनाउनु पर्ने आग्रह गरेकी थिईन् । सो अपाँगता परिचय पत्रले राज्यद्धारा प्रदान गरिने सेवा सुविधा लिन समेत उनले अनुरोध गरेकी थिईन् ।गाउपालिकाले केही न्युनतम सुविधा दिदै आएको छ, उनले भने, तर गाउपालिकाले बनाईदिइने अ...
बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार, समाज

बजारको पर्खाइमा पटेरबाट बनेका हस्तकलाका समाग्रि

नवलपरासी,८ कातिकजिल्लाको सुस्ता २ हर्कपुराका स्थानिय उद्यमीहरुले निर्माण गरेको हस्तकलाद्धारा निर्मित पटेरका समाग्रिहरुको विक्रि पर्खाइमा रहेका छन् । घरेलु तथा साना उद्योग कार्यालय,स्थानिय तह लगायतका विभिन्न निकायले तालिम शिप प्रदान गरि उत्पादन गर्न लगाउने तर बजारी करण नगरिदिदा निर्मित पटेरका आकर्षक हस्तकला समाग्रि विक्रिको पर्खाईमा रहेको छ ।स्थानिय क्षेत्रमा पटेरहरुबाट बनेका चकटी,मोढा,अन्य भाडाकुडा,झोला लगायतका समाग्रि स्थानिय महिलाहरु घर घरमा तयार गरेको स्थानिय माधव चौधरीले बताए । तालिम धेरैले लिन्छन्, उनले भने, तालिम लिदासम्म बनाउने उत्साह हुन्छ,तर बजार नपाउदा विस्तारै उत्पादन गर्न छोड्दै जाने गरेका छन् । केही महिलाहरु आफ्नो दिन विताउनका लागि भए पनि उत्पादन गर्दै आएका छन्,उनले पटेरबाट बनेका समाग्रि देखाउदै भने, महगोँ पनि खासै पर्दैन तथ बजारीकरण कस्ले गरिदिइने भन्ने समस्या छ । बजारीकरण भय...