महिला मैत्री शहर(सिटी फर ओमेन) बनाउनमा सक्रिय सुनवलकी नगर प्रमुख अर्याल
वलपरासी,१९ साउननेपालमै पहिलो बालमैत्री नगरपालिका घोषणा गराउन सफल जिल्लाको सुनवल नगरपालिका अहिले महिला मैत्री नगर निर्माणका लागि आवश्यक पुर्वाधार निर्माणमा लागेको छ । युरोपियन युनियन समेत विभिन्न सहयोगी सस्थाको सहयोगमा महिला मैत्री पुर्वाधार निर्माण गरि महिला मैत्री शहर बनाउनमा लागि परेको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।महिला मैत्री नगर(सिटी फर ओमेन) का लागि आवश्यक पुर्वाधारबारे प्राविधिक टोली वार्ड स्तरका गाँउ र टोलमा पुगेर स्थानियको सहभागितामा सर्वेक्षण कार्य शुरु गरेको उनले बताईन् । केही समय आफै पुगेर पनि सहजीकरण गर्दै आएको छु, उनले भनिन्,पुग्न नसकेको स्थानमा कार्यपालिका सदस्यहरुलाई परिचालन गरिदै आएको सुनाईन् । प्राविधिकको रुपमा आर्किटेक अनुप घिमिरे लगायतको प्राविधिक टोलीले काम गर्दै आएका छन् । उतm महिला मैत्री शहर परियोजना शहरी विकास मन्त्रालय र युनोप्स नामक सस्थासँग सहकार...










