बजार सुन्दर सफा बनाउन विद्युत पोलमा देखिने केबुल तारका गुजुल्टा हटाउदै वर्दघाट नगरपालिका
नवलपरासी,२५ चैत्रजिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटका विभिन्न बजारमा अब्यवस्थित रुपमा रहेका इन्टरनेट,केबुल,टलिकल लगायतका तारहरु पोलमा ब्यवस्थित गर्न अग्रसरता देखाएको छ । पटक पटक नगरपालिकाले ति तारहरु ब्यवस्थित गर्न सम्बन्धित संस्था र कार्यालयहरुलाई आग्रह गर्दा पनि अटेरी गर्न थाले पछि आफ्नै नगर प्रहरी खटाएर ब्यवस्थापनमा जुटेको हो ।तारको गुजुल्टोले नगरका बजारहरु फोहोर देखिन थालेको हुदा त्यसलाई ब्यवस्थापकिय जिम्मेवारी लिई ब्यवस्थापन गर्ने कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । तारको गुजुल्टोबारे बेला बेला सार्वजनिक सुनुवाईमा पनि नागरिकले कुरा उठाउदै आएका थिए,उनले भने, तार ब्यवस्थित गर्नका लागि ६ महिना पहिला देखी नै पटक पटक लिखित पत्राचार गर्ने कार्य पनि भएको थियो । सम्बन्धित संघसस्थालाई नगरपालिकामा उपस्थित गराएर ब्यवस्थापन गर्न आग्रह गरिएको थ...










