विधा

बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण
अर्थ, रामग्राम नगरपालिका, समाचार

बैदेशिक रोजगारबाट रामग्राममा बार्षिक ४१ करोड बढि बिप्रेषण

नवलपरासी,१२ चैत्रजिल्लाको रामग्राम नगरपालिका क्षेत्रबाट बैदेशिक रोजगारमा गई बार्षिक ४१ करोड भन्दा बढि विप्रेषण रेमिटान्स रकम भित्रियाएका छन् । रामग्राम नगरपालिकाका बैदेशिक रोजगार सम्बन्धि पाश्र्वचित्र(प्रोफाईल) २०७९ प्रकाशित गरि सो तथ्याँक सार्वजनिक गरेको हो ।नगरक्षेत्रबाट खाडी मुलुकमा गएका युवाहरुले बर्षेनी नगरक्षेत्रमा कुल ४१ करोड १७ लाख ९७ हजार रकम भित्रयाएर आर्थिक उपार्जनका कार्यहरु गर्दै आएको सो प्रोफाईलमा उल्लेख गरिको छ । बैदेशिक रोजगारको सबल पक्ष भनेको नै ज्ञान,सिप,अनुभव र विप्रेषण आर्जन हो । प्राप्त विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा परिचालन गरी स्वरोजगार तथा रोजगार गर्न सकेमा चक्रीय रुपमा वैदेशिक रोजगारमाा जानु पर्ने बाध्यताको अवस्थाको न्युनीकरणमा मद्द पुग्ने अवस्था पनि हुन सक्छ । बैदेशिक रोजगारमा कुल १ हजार ७ सय ७५ जना कामदार मध्ये १ हजार ४ सय ५ जना कामदारको परिवारले एक बर्षमा प्र...
कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर
कृषि, समाचार, सुस्ता गाउँपालिका

कृषि विद्युतीकरण गर्न सुस्ताले बनायो १६ करोडको डिपिआर

नवलपरासी,११ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले खेत ÷खेतमा सिचाईका लागि विद्युतिकरण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गराएको छ । सुस्ताका किसानले सहज सुलभ ढंगले सिचाई गर्न सकुन भनि खेतबारीमा कृषि मिटर जडान गरि सिचाई गर्ने उदेश्यले कृषि विद्युतिकरणका लािग सो डिपिआर गराएको हो ।बलौटे जमिन भएको सुस्ताको अधिकाँश खेती योग्य जग्गामा सिचाई समस्याबारे स्थानिय किसानले माग गर्दै आएका थिए । गाउपालिका भरिका खेती योग्य जग्गा क्षेत्रमा विद्युतीकरण गराई बोरिगँ र विद्युत मिटर जडान गराउन सकुन भनेर सो डिपिआर गराइएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गाउपालिकाका पाँच वटै वार्डका जग्गामा विद्युत विस्तारका लागि विद्युत पोल,तार र आवश्यक ट्र«ान्सफर्मर जडानका लागि सो डिपिआर गराइएको हो,प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,खेतसम्म विद्युत पुर्याउने कार्य गाउपालिकाले आफ्न...
सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा
विकास पुर्वाधार, समाचार, सुनवल नगरपालिका

सुनवल नगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा

नवलपरासी, ११ चैत्रसुनवल नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विगत बर्षमा निर्माण कम्पनीले काम गर्न छाडेका कारण निर्माण कार्यमा ढिलाई भएको भए पनि अहिले प्रशासनिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाले जानकारी गराएको हो ।भवनको सभाहल निर्माण भइसकेका कारण नगरपालिकाले आफ्नो स्थापना दिवस समेत निर्माणाधिन प्रशासनिक भवनको सभाहलमै बनाएको नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी थिईन् । भवन निर्माण गर्ने कम्पनीलाई नगरपालिकाका प्राविधिकले समेत सहजीकरण गर्दै आएको र चाडै भवनको निर्माण कार्य सम्पन्न भए पश्चात आफ्नै भवनमा नगरपालिका कार्यालय सर्ने उनको भनाई थियो । भवन निर्माणमा ढिलाई हुदा नगरपालिकाले भाडाको घर भवनमा भाडा तिदै बसिरहेको अवस्था छ,उनले भनिन,एक तिर नगरपालिकाको लगानी भवनमा लागिरहने र निर्माण कम्पनीले काम नगर्दा यहाँ भाडा पनि तिरिरहनु पर्ने हुदा...
प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफा...
सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवलका नगर उपप्रमुख दुवेले माँगे कर्मचारीको भ्रमण खर्च विवरण

नवलपरासी,९ चैत्र,सुनवलका कर्मचारीले जथाभावी (टि.ए.डि.ए.)भ्रमण खर्च भरेर रकम भुतmानी लिन थालेको गुनासो बढन थाले पछि नगरपालिकाका उप प्रमुख सुर्य प्रसाद दुबेले लेखा शाखासँग ति भ्रमण खर्चको विवरण माग गरेका छन् । जनताको सेवा कम तर भ्रमण खर्च बढि हुने गरेको गुनासो कारण को कति भ्रमण खर्च लिएको बारे विवरण दिनका लागि उनले लेखा अधिकृत वृहस्पती घिमिरेसँग सो विवरण माग गरेका हुन् ।कर्मचारीले खर्च गर्नैै पाउने होईन्,तर खर्चको औचित्यता पुष्टि हुने खालको प्रतिवेदन पेश गर्नु पर्छ,उनले भने, जथाभावि एउटा बहानामा कार्यालयको काम भनेर ब्यतिmगत काममा जाने तर खर्च कार्यालयको देखाउने गरिएको केही कर्मचारीबाटै गुनासो आए पछि अध्ययनका लागि सो विवरण माग गरेको छु । खर्च गर्नेले कामको औचित्यता पुष्टि हुने गरि भ्रमणको प्रतिवेदन समेत दिनु पर्छ । होईन भने कार्यालयको प्रशासनिक खर्च किन बढाउने ? भ्रमणमा पनि पहुँच हुनेले विना ...
मुलपानीमा बन समुहमा सम्पन्न गरियो बन डढेलो सचेतना सप्ताह
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

मुलपानीमा बन समुहमा सम्पन्न गरियो बन डढेलो सचेतना सप्ताह

नवलपरासी, ७ चैत्र,डिभिजन बन कार्यालयले आफ्ना विभिन्न कार्यक्रम गर्दै बन डढेलो सचेतना सप्ताह कार्यक्रम सम्पन्न गरेको छ । चैत्र १ देखी ७ गतेसम्म बन क्षेत्र भित्र र सामुदायिक बन मार्फत डिभिजन कार्यालयले विभिन्न जनचेतना,आगो निभाउने प्रयोगात्मक अभ्यास,विद्यालय शिक्षा कार्यक्रम गर्दै सप्ताह मनाउने कार्य सम्पन्न गरेको हो ।उतm कार्यक्रम सुनवल ४ स्थित मुलपानी सामुदायिक बन उपभोतmा समुहको बन क्षेत्र भित्र जिल्लाका सरोकारवाला विच सो कार्यक्रमको समापन गरिएको थियो । बन डढेलो सप्ताह सकिए पनि बन डढेलो रोक्ने कार्य निरन्तर जारी नै रहने डिभिजन बन अधिकृत महेन्द्रराज बाग्ले तथा मुलपानी सामुदायिक बन उपभोतmा समुहले प्रतिवद्धता जनाएका थिए । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादव (रुदल)को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उतm कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक लगायत सुरक्षा निकायको समेत सहभागि...
सुस्ताले बनाउदैछ, प्रकोप पुर्वतयारी तथा प्रतिकार योजना
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले बनाउदैछ, प्रकोप पुर्वतयारी तथा प्रतिकार योजना

नवलपरासी,७ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले विपत पुर्व तयारी तथा प्रतिकार योजना निर्माण गराउन लागेको छ । दक्षिण एशियामै डुबान क्षेत्रको रुपमा संकटापन्न क्षेत्र रहेको सुस्ता गाउपालिकाले स्थानिय स्तरबाट भए पनि विपतको बेला आफ्ना नागरिकलाई सुरक्षा प्रदान गर्ने र उचित ब्यवस्थापन गर्ने गरि सो प्रतिकार योजना बनाउन लागेको हो ।पुर्वमा गण्डकी नदी,चारै तिरबाट गण्डकीले घेरिएको सुस्ता भुमि तथा चुरे पहाडबाट बग्ने आधा दर्जन खोलानाला,गण्डक बाँध अन्तरगत पर्ने विभिन्न स साना बाँध,साईफन तथा जलनिकास नाला र जलासयले भरिएको सुस्ता गाउपालिका क्षेत्रलाई प्रकोपबाट बचाउने र त्यसका लागि प्रतिकार योजना बनाउन आवश्यकता महशुस गरेर यसतो योजना बनाउन लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । स्थानिय स्तरबाट तत्काल राहतका लागि यो योजनामा आवश्यक अन्तरबस्तुका कुरालाई समेटिने उनले जनाए । गण्डक नदी ...
परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने
रामग्राम नगरपालिका, विकास पुर्वाधार, समाचार

परासी बसपार्क पिपिपि अवधारणामा सञ्चालन गरिने

नवलपरासी, ५ चैत्रजिल्लाको सदरमुकाम परासी स्थित निर्माणधिन बसपार्क निर्माण अन्तिम चरणमा पुगेसँगै रामग्राम नगरपालिकाले त्यसलाई सार्वजनिक निजी साझेदारी (पिपिपि)को अवधारणामा सञ्चालन गर्ने योजना बनाउदै छ । बसपार्क निर्माण गरेको शहअरी तथा आवास कार्यालयले बसपार्क छिट्टै सञ्चालनमा आउने जनाए पछि नगरपालिकाले सो बसपार्क पिपिपी अवधारणामा सञ्चालनका लागि गृहकार्य भई रहेको जनाएको हो ।विगत चार बर्ष देखि निर्माणाधिन अवस्थामा रहेको बसपार्क निर्माण कार्य अन्तिम चरणको काम सकिना साथ सञ्चालनमा आउने भएको छ । रामग्राम नगरपालिका वार्ड नं.४ केरवानी स्थित झरहीखोला किनारमा निर्माण भई रहेको बसपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हुदा सञ्चालनका लागि नगरपालिकाले गृहकार्य शुरु गरेको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । यातायात ब्यवसायि वा उद्योग बाणिज्यसँघसँग सहकार्य गरि बसपर्का सञ्चालन गर्नु पर...
सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन
राजनीति, समाचार, सुनवल नगरपालिका

सुनवल न्यायिक समितिमा छिटो छरितो न्याय सम्पादन

नवलपरासी,५ चैत्रजिल्लाको सुनवल नगरपालिकाको न्यायिक समितिले न्याय सम्पादन कार्य छिटो छरितो बनाउनमा कृयाशिलता देखाएको छ । न्यायिक समितिमा आउने विभिन्न विवादहरुलाई जति सक्दो छिटो टुगँयाउने गरी काम गर्न थालिएको न्यामिक समितिले जनाएको हो ।उजुरी दर्ता गरेको धेरै समय नलगाई विवाद समाधन छिटो भन्दा छिटो गर्नका लागि न्यायिक समिति न्यायिक समितिले काम गर्दै आएको छ । न्यायिक समितिसँगकाम गर्ने सुचिकृत मेलमिलापकर्ताहरुले सक्रियता बढाएको न्यायिक समितिका संयोजक समेत रहेका नगरपालिकामा नगर उपप्रमुख सुर्य दुबेले जानकारी गराए । न्यायका लागि आएका पिडितहरुलाई छिटो भन्दा छिटो न्यायको अनुभुति गराउने कार्य गर्दै आएका छौ,उनले भने,त्यसका लागि न्यायिक समिति मात्रै नभई न्यायिक समितिसँग मिलेर मेलमिलापका कार्य गर्दै आएका मेलमिलापकर्ताहरुलाई पनि सक्रिय बनाइएको छ ।ढिलो न्याय सम्पदान गर्नु पनि एक प्रकारको अन्याय हो,भन्ने मान...
सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण
पर्यटन, समाचार, सरावल गाउँपालिका

सरावलको जावामा प्राचिन ककरपत्त नगरको प्रवेशद्धार निर्माणले थपियो आकर्षण

नवलपरासी,४ चैत्रजिल्लाको सरावल २ जावा गाउ स्थित बौद्धकालिन प्राचिन ककरपत्त नगर तथा कोलवृक्ष बगैचा क्षेत्रमा गाउपालिकाद्धारा बनाइएको प्रवेशद्धारले आकर्षण थपेको छ । पर्यटकिय स्थलको रुपमा विकास गरिदै आएको प्राचिन ककरपत्त नगर जाने बाटोमा बुट्टेदार प्राचित बौद्ध संस्कृति झल्किने प्रवेशद्धारले सो पर्यटकिय क्षेत्रमा जाने पर्यटकलाई थप आकर्षण थपेको हो ।प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको गाँउपालिकाले घोषणा गरि गौरवको आयोजना भित्र राखेर विकास तथा पर्यटन प्रवद्र्धनमा लागेर विभिन्न पुर्वाधारहरु थपिदै आएको गाउपालिकाले जनाएको हो । तत्कालिन गाउपालिका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकास पौडेलले बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने गरि यस क्षेत्रको पुर्वाधार विकासका लागि पनि परिकल्पना गरेका थिए । सोही अनुसार बौद्ध अध्ययेता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले बौद...