सुनवलको जनउदय सामुदायिक बनमा बैज्ञानिक बन ब्यवस्थापन हुदै
नवलपरासी,१५ चैत्रविगत बर्ष देखी रोकिएको बैज्ञानिक बन ब्यवस्थापन कार्य जिल्लाको सुनवल ३ किर्तिपुर स्थित जनउदय सामुदायिक बन उपभोतmा समुहले शुरु गरेको छ । डिभिजन बन कार्यालयले स्वीकृति प्रदान गरे पछि सो सामुदायिक बन समुहले बन ब्यवस्थापनका कार्य अगाडी बढाएको हो ।सामुदायिक बनले तयार गरेको बैज्ञानिक बन ब्यवस्थापन कार्ययोजना अनुसार डिभिजन बन कार्यालयले फागुन ३० गते स्वीकृति प्रदान गरेको थियो । अनुमति पश्चात कम्पार्टमेन्ट(सि) १,सपकम्पार्टमेन्ट(एस) १ प्लटमा ब्यवस्थापन कार्य अन्तरगत नै रुख कटान गर्ने कार्र्य भई रहेको बन समुहका अध्यक्ष बल बहादुर थापाले जानकारी गराए । उनका अनुसार पुर्वमा तिलकना खोला,पश्चिममा बनदेवी सा.ब.,उत्तरमा चुरे रहेको उतm क्षेत्रमा माँउ रुख बाहेकका अन्य रुख काट्ने कार्य भई रहेको छ । सो क्षेत्रबाट पुर्नउत्पादन कटान गर्ने रुख ९९ वटा रहेको र ढलापडा रुख ७९ वटा रहेको छ ।
ति रुख...










