विधा

सामाजिक सञ्जालको प्रयोग  !
नवलपरासी (ब.सु.प.), विचार, समाज

सामाजिक सञ्जालको प्रयोग  !

भोजराज पाण्डेयप्रहरी नायव उपरीक्षक २०७९ सालको जेष्ठ महिनामा तनहु जिल्लाको शुक्लागण्डकी नगरपालिका वार्ड नं ५ बस्ने कक्षा ९ मा पढ्दै गरेका एक १५ बर्षीया बालकले आफ्नै माइजु नाता पर्ने एक जना महिलाको पुरानो फेसबुक आइडको पासवर्ड  ह्याक गरि प्रयोग गरि पब्जी खेल्दै आएकोमा एक दिन पब्जी खेल हारेको कारण रिस उठी मेसेज ग्रुपमा अश्लील शब्दहरु लेखि पोष्ट गरेकोमा महिलाका आफन्तहरुबाट किन त्यस्तो गरेको भनि निज महिलालाई सोधखोज हुंदा महिलाले सो अकाउन्ट आफूले प्रयोग नगरेको र को कस्ले प्रयोग गरि यस्तो नचाहिने काम गरेको भनि  भक्कानिदै प्रहरी कार्यालयमा राति ११ बजे आई मौखिक निबेदन गरेकोमा तत्काल प्रहरी सकृयताको कारण सो तथ्य बाहिर आएको र बालकले अन्य साथिहरुको बहकाउमा आएर सो कार्य गरेको भन्ने यथार्थ पत्ता लागेको थियो । २०७९ सालको भाद्र महिनामा नवलपरासी जिल्लाको सुनवल नपामा घर भएका एक अधबैशेको मोबाइ...
बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली
अर्थ, समाचार, सुनवल नगरपालिका

बेरुजु घटाउन सुनवल नगरपालिकाले बनाउदैछ,सार्वजनिक खरिद नियमावली

नवलपरासी,३० पुसअधिकाँस पालिकाहरुले संघिय कानुन अन्तरतग सार्वजनिक खरिद ऐन अनुसार अ आफ्नो खरिद प्रकृया गर्दै आए पनि सुनवल नगरपालिकाले आफ्नै सार्वजनिक खरिद सम्बन्धि कानुन बनाउन लागेको छ । जिल्लाको सुनवल नगरपालिका जिल्लामै सर्वाधिक बेरुजु भएको पालिका देखिए पछि बेरुजु घटाउन नगरपालिकाले सार्वजनिक खरिद नियमावली सुनवल २०८९ ऐनको तर्जुमा गर्नमा जुटेको हो ।नगरपालिकामा विगत बर्षमा मनपरी ढंगले खरिद हुने,प्रकृया नमिलाईने र केही कानुन नबनाई हावादारीले खरिद गर्दा महालेखा परिक्षण हुदा बेरुजु रकम बढि देखिएको थियो । कानुन विना नै हचुँवाको तालमा नगरपालिकाले खरिद गर्ने र भुतmानी दिने गर्दा यस्तो समस्या देखिएको नगरपालिकाका कर्मचारीले बताए । त्यसैलाई अगामी दिनमा नियमन गर्नका लागि नगरपालिकाले नै कानुनद्धारा निर्देशित कार्य मात्र गर्नका लागि सो सार्वजनिक खरिद नियमावली आवश्यक देखिए पछि सार्वजनिक लेखा समितिको परामर्...
प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन
अर्थ, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले शुरु गर्यो गाउसभाको हिउँदे अधिवेसन

नवलपरासी,२८ पुसजिल्लाको प्रतापपुर गाउपालिकाले आफ्नो १३ औ गाउसभाको शुभारम्भ गर्दै हिउँेदे अधिवेशन शुरु गरेका छ । विहिवार लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेशसाँसद) देवकरण कलवारको प्रमुख आथित्यता र जिसस प्रमुख भगौती यादवको विशिष्ठ आथित्यतामा गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले हिउँदे अधिवेशनको एक कार्यक्रम विच शुरभारम्भ गरेका हुन् ।विगत बर्षमा एक दिनमै सभाको अधिवेशन सकाउदै आए पनि यो बर्ष देखी संसदिय अभ्यास गर्ने उदेश्यले लामो समयसम्म सभा सञ्चालन रहने जानकारी समेत अध्यक्ष यादवले गराएका थिए । उनले अधिवेशनको शुभारम्भमा गाउसभाका सदस्य समक्ष विभिन्न २६ बुदे प्रस्तावहरु प्रस्तुत गरेका थिए । प्रस्तुत प्रस्तावबारे सभा सदस्यहरुले केही समय लिएर अध्ययन गर्ने,आफ्ना सुझावहरु प्रस्तुत गर्ने गरि अध्ययनका लागि विहिवारका लागिसभा स्थगित गरिएको समेत जानकारी गराएका थिए । सभामा प्रस्तुत प्रस्तावमा हालसम्मको गाउपालि...
नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका
अर्थ, बर्दघाट नगरपालिका, समाचार

नगरक्षेत्रमा लगानीकर्ता आकर्षित गर्न ‘लगानी संवाद’ गराउदै वर्दघाट नगरपालिका

नवलपरासी,२७ पुसनयाँ नयाँ अवधारणा ल्याउदै काम गर्ने अग्रसरता लिएको जिल्लाको वर्दघाट नगरपालिकाले यहिँ माघ २ गते समृद्ध नगर निर्माणका लागि लगानी संवाद गराउने भएको छ । नगरपालिकालाई नयाँ आयाम दिएर विकास पुर्वाधारमा लगाडी बढाउने उदेश्यले लगानी संवाद गर्न लागिएको हो ।वर्दघाट नगरपालिका पर्ने नवलपरासी प्रतिनिधिसभा क्षेत्र १ का प्रतिनिधिसभा सदस्य (संघिय साँसद)मा निर्वाचित समेत भएका उद्योगपति तथा आर्थिक बिकासका कोच समेत रहेका साँसद विनोद चौधरीको प्रमुख आथित्यतामा सो संवाद गराउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरी नेपालका विभिन्न स्थान र नेपाल बाहिर पनि आर्थिक विकासमा आफ्ना धारणा,बहस र कोचिगँ कक्षा चलाउने गरेका छन्,उनले भने,त्यो वर्दघाट नगरपालिकाले पनि उनकै सहभागितामा बहस चलाएर अवसर छोप्न खोजेको छ । त्यसका लागि सबै सरोकारवालालाई कार्यक्रममा सहभागिता गर...
तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

तत्कालिन जिविसले बनाएको आधा दर्जन सडक जिर्ण

नवलपरासी,२७ पुसजिल्लाको भन्सारनाका देखी पुर्वपश्चिम राजमार्ग जोड्ने महेशपुर—भुतहा सडकको विगत विगत ७ बर्ष देखी मर्मत सम्भार नहुदा जिर्ण भएर समस्या देखिन थालेका छ । संघिय ब्यवस्था पुर्व नै तत्कालिन जिविस मार्फत सो सडक ओटासिल बनाइएको तर पछिल्लो समय सो सडकको मर्मत सम्भार गर्ने दायित्व कुन तहको सरकारसँग हुने अन्यौलताले सडक जिर्ण हुदै गएको हो ।संघियताले जनता नजिक सरकारलाई पुर्यायो,दोश्रो पटक निर्वाचन समेत भई संघियता अभ्यासमा पनि छ । संघियतामा जादा विगतका संरचना मार्फत काम हुदै गरेका निकाय खारेज भए । तर ति निकायले गर्दै आएका कार्यको कार्यभार कुन निकायमा सरेर जाने अन्यौलताले यस्तो समस्या निम्त्याएको तत्कालिन जिविस महासंघका केन्द्रिय सदस्य राजेन्द्र अग्रहरीले बताए । केन्द्रिय शासन प्रणाली अन्तरगत केन्द्र पनि ७५ वटा जिल्लामा जिल्ला विकास समिति(जिविस)मातहतमा रहने गरि नगरपालिका र गाउ विकास समिति(गाविस...
लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

लुम्बिनी प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने

नवलपरासी,२६ पुसलुम्बिनी प्रदेश सरकारद्धारा नवलपरासीको सदरमुकाम परासीमा निर्माण गरिएको प्रदेश स्तरिय पशुरोग अन्वेषण प्रयोगशाला छिट्टै सञ्चालनमा आउने भएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय परिसर भित्र निर्माण भएको उतm प्रयोगशाला लुम्बिनी प्रदेश सरकार नयाँ गठन भए पश्चात चाडै सञ्चालनमा आउने प्रयोगशालाले जनाएको हो ।लुम्बिनी प्रदेश भित्र पशु र माछामा लाग्ने रोगको अनुसंधान अन्वेषण गरि रोगको कारण पत्ता लगाउने र रोग नियन्त्रणका लागि प्रदेश सरकारलाई आवश्यक सुझाव सहितको प्रतिवेदन दिने गरि काम गर्ने प्रयोगशालाका प्रमुख डा.उत्तम अचार्यले बताए । पशुमा लाग्ने रोगको कारण पत्ता लगाउने,उपचारको लागि भेटेनरी अस्पतालहरुलाई सुझाव पेश गर्ने गरि प्रयोगशाला बनेको छ,प्रमुख डा.अचार्यले भने,अहिले कार्यालय सञ्चालनमा ल्याइएको छ,तर प्रयोगशाला सञ्चालनमा आई पुगेको छैन् । नयाँ सरकार गठन पश्चात यसको औपचारिक उद...
माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

माछापालक कृषकसँग पशु सेवा विज्ञ कार्यालयले गर्यो अन्तरक्रिया

नवलपरासी,२६ पुसभेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले जिल्ला स्थित माछापालक कृषक तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कृषकहरुको समस्या तथा सरकारी निकायबाट प्रदान गरिदै आएको सेवाबारे उतm अन्तरक्रिया कार्यक्रम गरिएको हो ।कृषकले अ आफ्नो स्तरबाट माछापालन गर्दै आएको भए पनि उचित र आवश्यक ज्ञान तथा अनुदान लिनका लागि जानकारी नहुदा उनीहरु सरकारी सेवाबाट बन्चित हुन नपरोस भनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको विज्ञ कार्यालयका प्रमुख तथा मत्स्य विकास अधिकृत श्रवण कुमार चौधरीले बताए । उनका अनुसार कृषकको बजार अवस्था,कृषकले माछापालन गर्दा दिने दाना,उपचार आदीको अवस्थाबारे जिज्ञासा राखेका थिए । थोरै क्षेत्रफलमा कसरी बढि उत्पादन लिने,कुन बेला कुन माछाको बजार माग हुने गरेको छ,त्यसको जानकारी समेत किसान मर्कामा पर्ने गरेका छन् । केही भारतिय बजारबाट आउने अस्वस्थ्यकर माछाले बजार ...
प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना
कृषि, प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुर गाउपालिकाले अगाडी सार्दैछ,भारतिय पश्चिमी गण्डक नहर छेउको जलासयमा मत्स्यपालनको योजना

नवलपरासी,२५ पुस (बार्षिक रु.८ करोड १० लाखको माछा उत्पादन गर्न सकिने विज्ञको भनाई)जिल्लाको प्रतापपुर गाउपालिका भित्र रहेको भारतिय मुख्य पश्चिमी नहर सिचाई प्रणालीका किनारका जलासयलाई गाउपालिको ब्यवस्थित गरि मत्स्य पालनमा उपयोग गर्ने भएको छ । बर्षाै देखी खेर गईरहेको उतm जलासयको उपयोग गर्ने गरि नीति कार्यक्रम बनाउने कार्य भई रहेको गाउपालिको जनाएको हो । गाउपालिका भित्रै साधन स्रोत छ,गाउपालिका अध्यक्ष उमेश चन्द्र यादवले भने,तर अहिलेसम्म ध्यान कसैको गएन् । नेपाली भुमि भएर भारतिय नहर बगेको छ । नहर किनारमा जलासय बनेको छ । सो जलासय बर्षाै देखी अलपत्र अवस्थामा छ । रोजगारी खोज्दै स्थानिय युवा विदेशीएका छन्,उनले थपे्,विदेशका माछाले नेपाली बजार लिदैछ । यसबारे स्थानिय युवालाई मत्यस्य पालन योजनामा ल्याउन सकियो भने विदेशी माछाको आयात घटाउछ । नेपाली युवालाई आफ्नै देश र घरमा बसेर रोजगारी दिलाउन सक्छ...
भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै
कृषि, रामग्राम नगरपालिका, समाचार

भुमि माग्ने भुमिहिन नागरिक र ब्यवस्थापन गर्ने भुमि आयोगद्धारा काम हुदै

नवलपरासी,२५ पुससरकार परिवर्तनसँगै राष्ट्रिय भुमि अयोाग नवलपरासीका पदाधिकारीहरु जग्गा निरिक्षणलाई तिब्रता दिएका छन् । सरकार परिवर्तनले अगामी दिनमा पदाधिकारी नै परिवर्तन हुने र आफ्नो बेला काम पनि देखाउन नसकिने भन्दै पदाधिकारीको टोलीले गाउ गाउमा जग्गा निरिक्षणलाई तिब्रता दिएका हुन् ।यता आयोगले जग्गाको नापजाँच र निरिक्षण गर्न थाले पछि वार्ड वार्डमा आई परेका निवेदन उपर छानविन र प्रमाणित गरि सिफारिस गर्ने कार्यले पनि तिब्रता पाएको छ । सोमवार जग्गा प्राप्तीका लागि वार्ड कार्यालयमा परेका निवेदनबारे रामग्राम ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुर सहित वार्ड समिति निवेदनको अध्ययन र प्रमाणिकरणमा ब्यस्त देखिएको थियो । विगत बर्ष देखी नै वार्ड कार्यालयमा परेको निवेदनबारे वार्ड समितिले छानविन र प्रमाणित गर्ने कार्यमा जुटेको वार्ड अध्यक्ष ठाकुरले बताए । नागरिक पनि सेवा लिनका लागि म्याद सकिन लागे पछि मात्र आउने...
सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क
विकास पुर्वाधार, समाचार, सुस्ता गाउँपालिका

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क

नवलपरासी,२५ पुसपटक पटक भारतिय पक्षको अतिक्रमणको चपेटामा पर्ने गरेको नेपाली सुस्ता भुमिमा सुस्ता शहिद पार्क बन्ने भएको छ । सुस्ता गाउपालिका वार्ड नं.५ स्थित नारायणी नदी पारी रहेको सुस्ता भुमिमा केन्द्रिय कार्यक्रम अनुसार नै शहरी तथा भवन कार्यालय मार्फत सो शहिद पार्क बन्न लागेको हो ।करिब पाँच करोडको लागतमा सुस्तामा शहिद पार्क बन्न लागेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । त्यसका लागि सुस्ता स्थित प्रहरी कार्यालय परिसर भित्रकै जग्गा प्रयोग गरिने छ,उनले भने,त्यसको लगानी केन्द्रिय स्तरकै हो । गाउपालिकाले सहजीकरण मात्र गर्दै आएको छ । सुस्ता भुमि बचाउनका लागि बेला बेलामा स्थानियले आन्दोलन गर्दा दर्जन ब्यतिmले ज्यान गुमाई सकेका छन् । एक जनाको काठमाडौँमै आन्दोलन गर्दा ज्यान गएको थियो, सोही क्षेत्रका लुम्बिनी प्रदेश साँसद तथा संविधानसभा सदस्य समेत रहेका दे...