विधा

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना
रामग्राम नगरपालिका, शिक्षा

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना

नवलपरासी,१२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भए पछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानिय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।आफ्नो सन्तानका लागि लगानी गरि निजी विद्यालयमा पढाउने तर गाँउकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । विभिन्न पद र ओहदामा बस्ने ब्यतिmले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउन,नपढाउने आरोप पनि लाग्ने गरेको छ ...
सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल
पर्यटन, समाचार, सुनवल नगरपालिका

सुनवल बुद्ध हिलपार्कको अवधारणाले स्वरुप पाउदै ः नगरप्रमुख अर्याल

नवलपरासी,१२ बैशाखजिल्लाको सुनवल गाउ विकास समिति हुदा नै अगाडी सारिएको सुनवल बुद्ध हिल पार्क अवधारणा पुरा गर्न डेढ करोड बजेट बराबरको शहरी विकास मन्त्रालय मार्फत ठेक्का भएको सुनवल नगरपालिकाले जनाएको छ । सुनवल खानेपानी ट्याँकीको माथिल्लो भागमा रहेको उतm हिलपार्कमा गाविस हुदा देखी नै ट्याक खोल्ने काम गर्दाै अहिले पार्कको स्वरुपमा ल्याउनका लागि निरन्तर काम भई रहेको र अहिले शहरी डिभिजन कार्यालयबाट पनि बजेट विनियोजन भई ठेक्का समेत भई सकेको सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले जानकारी गराएकी हुन् ।तत्कालिन गाविस अध्यक्ष थान प्रसाद गैरे हुदा देखी नै गाविसले अवधारणा ल्याएको र थोरै भए पनि आफ्नो स्रोतबाट बजेट विनियोजन गर्दै आएको थियो । पछिल्लो समयमा सुनवल गाविसबाट नगरपालिका भए पछि केही बजेट थपेर पहिलो कार्यकालको नगरसभाले पनि त्यसलाई निरन्तरता दिदै आयो,अहिले संघिय सरकारबाट पनि बजेट कार्यक्रम हाले...
१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै
नवलपरासी (ब.सु.प.), समाचार, समाज

१३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा नवलपरासीबाट ७८ खेलाडी सहभागि हुदै

नवलपरासी,११ बैशाखलुम्बिनी प्रदेश स्तरिय हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड प्रतियोगितामा भाग लिनका लागि नवलपरासी खेलकुदा विकास समितिले ७८ जना विभिन्न विधाका खेलाडीलाई पठाएको छ । मंगलवार देखी शुरु हुने १३ औ राष्ट्रपति रनिगँ सिल्ड लुम्बिनी प्रदेश छनौट प्रतियोगितामा सहभागि खेलाडीहरुलाई शुभकामना कार्यक्रमको आयोजना गरि भाग लिनका लागि खेलाडीलाई पठाएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवको प्रमुख आथित्यतामा सो कार्यक्रमको आयोजना गरि खेलाडीलाई खेलमा सक्रिय रुपमा भाग लिइने,अनुशासित भई खेल्ने र उत्साह पुर्ण तरिकाले राष्ट्रिय स्तरको खेलमा लुम्बिनीको खेलाडी भई भाग लिइने गरि खेल्नका लागि खेलका विभिन्न प्रशिक्षक कोचहरुले उत्साह भरेका थिए । खेलाडीमा अधिकाँश छात्राहरु नै सहभागि रहेको र अहिले सिमावर्ति क्षेत्रबाट पनि मधेशी थारु,जनजाती समुहबाट खेलाडीको उत्साह जनक सहभागिता रहेको जिसस प्र...
गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका
समाचार, सुस्ता गाउँपालिका, स्वास्थ्य

गर्भवति महिलालाई विभिन्न सन्देश सहितको गर्भवति प्रमणपत्र वितरण गर्दै सुस्ता गाउपालिका

नवलपरासी,११ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य परिक्षण गर्न तर्फ प्रोत्साहित गर्न पहिलो गर्भ परिक्षणका दिन गर्भवति प्रमाणपत्र(प्रेगनेन्सि सर्टिफिटेक) जारी गर्ने भएको छ । गर्भ परिक्षण गराएर गर्भवती भएको हजार दिनसम्म जिवनको विशेष दिन,विशेष ढंगले विताउनका लागि सन्देश सहितको सो गर्भवतित प्रमाणपत्र जारी गर्ने जनाएको हो । स्वास्थ्य सन्तति जन्माउने मात्र नभई एक स्वस्थ्य नागरिक बनाउने उदेश्यले सो योजना गर्भावस्था देखी नै तयारीमा जुट्नका लागि यस्तो योजना स्वास्थ्य शाखाले बनाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । सुनौलो हजार दिनका सबै भौतिक स्वास्ँथ्यका मापदण्ड पालना गर्न गराउन स्वास्थ्य शाखाले तयारी गरेको छ,उनले भने,मानसिक र संंस्कारित शिशुको जन्मका लागि पनि गाउपालिकाले अगामी बर्ष देखी सबै गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा क...
हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा

नवलपरासी,१० बैशाख,जिल्लाको वर्दघाट नगरपालिका १२ दबिला स्थित बुद्ध मंगल तालमा खुट्टाले चलाउन मिल्ने डुगाँ चलाएर ताल भित्र बुद्ध दर्शन र परिक्रमणको ब्यवस्थापन नगरपालिकाले गरेको छ । स्थानिय स्तरमा बुद्धमंगल ताल भनेर चिनिने प्राचिन कोलिय गणराज्य अन्तरगतको हल्लिदावसन नगर क्षेत्रमा पर्यटक आकर्षित गर्न बुद्धमंगल तालमा ढुगाँले बुद्ध परिक्रमा गर्ने ब्यवस्थान गरिएको हो ।प्राचिन इतिहास बोकेको उतm ताल क्षेत्रमा आउने पर्यटक टाढाबाट मात्र बुद्ध दर्शन गरेर फर्कने समस्या भएको र तालमा पनि केही क्षण रमाईलो गर्ने उदेश्यले दुई वटा ढुगाँ हालिएको नगरपालिको जनाएको छ । एक कार्यक्रम विच वर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सो ढुगाँको शुभारम्भ गरेका थिए । पर्यटकिय तथा अध्यात्मिक क्षेत्र रहेको उतm ताल क्षेत्रलाई गत बर्ष तत्कालिन नगरप्रमुख धिरज बस्यालले बौद्ध भिच्छुहरुको उपस्थितीमा प्राचिन हल्लिदावसन नगर ...
बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट
अर्थ, बर्दघाट नगरपालिका, समाचार

बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट

नवलपरासी,९ बैशाख,जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो ।लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता अभिवृद्धि गराउने र जनसहभागिता बढाउनका लागि कार्यसुचि सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाकारी गराए । कार्यसुची अनुसार सबै नगरबासीले कुन दिन के हुदैछ,भनेर थाहा पाउनेछन्,उनले भने,त्यसमा सहभागि भई आफ्नो सुझावहरु राख्ने छन् । यसले नगरसभामा प्रस्तुत गरिने कार्यक्रमहरु बढि भन्दा बढि प्रभावकारी हुने विश्वास लिईनेको उनको भनाई थियो । नगरको विकासमा नगर सरकारको नेतृत्व हो,तर विकासमा नगरराज्यका नागरिक स...
धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका
विकास पुर्वाधार, समाचार, सरावल गाउँपालिका

धनेवा नदीको किनारमा सडक करिडोर बनाउन डिपिआर बनाउदै सरावल गाउपालिका

नवलपरासी,८ बैशाखबर्षेनी डुबानको समस्या खेप्दै आएको सरावल गाउपालिकाका चार वटा वार्डको बाढी नियन्त्रणका लागि संघिय सरकार र लुम्बिनी प्रदेश सरकारको भर नपर्ने सरावल गाउपालिकाले जनाएको छ । डुबानको समस्या विगत चार दशक देखी रहदै आए पनि तत्कालिन केन्द्रिय सरकार र हालका संघ र प्रदेश सरकारले डुबान समस्या हल गर्लान भन्ने आशा नलागेर सरावल गाउपालिकाले धनेवा झरही नदी ब्यवस्थापनका लागि आफै कस्सिएको हो ।धनेवामा लगाईएको बाँध अग्लो नहुनु,विगत तिन दर्शक देखी भत्किएको चार वटा साईफन अहिलेसम्म मर्मत सम्भार हुन नसक्नु,कुलो सफाई तथा धनेवा र झरही खोलाको सिल्ट सफाई गरि नदि गहिरो नबाउदा डुबान समस्या जस्ताको तस्तै छ । तिनै कारणले गाउपालिकाका चार वार्डका नागरिकले बर्षेनी डुबानको समस्या झेल्दै आएको निष्कर्ष निकाल्दै गाउपालिकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गराउन लागेको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले...
एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा
राजनीति, समाचार, सुनवल नगरपालिका

एक बर्षमै तिन जना प्रमुख प्रशासकिय अधिकृतको सरुवाले सेवाग्राही मर्कामा

नवलपरासी,जिल्लाको सुनवल नगरपालिकामा संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले आर्थिक बर्षको विचमा प्रमुख प्रशासकिय अधिकृतको सरुवा गरेर हस्ताक्षेप गरेको नगरप्रमुख विमला अर्यालले बताएकी छिन् । मन्त्रालयका मन्त्री केही ब्यतिmको प्रभावमा परेर नगरको विकास निर्माणमा नै प्रभाव पार्ने गरि प्रमुख प्रशासकिय अधिकृतको सरुवा प्रति उनले आफ्नो ध्यानाकर्षण भएको जनाउदै मन्त्रालयले सरुवा गरि पठाएका प्रमुख प्रशासकिय अधिकृत रमेश गौतमलाई हाजिर समेत नगराई आफ्नो प्रतिकृया देखाएकी हुन् ।कर्मचारी सरुवा गर्नु संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको अधिकार क्षेत्र हो,तर आर्थिक बर्षकै बिचमा दुई÷दुई पटक प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीको सरुवाले नगरको विकास निर्माण कार्यमा समेत असर परेको जानकारी गराईन् । नगरपालिकामा काम गर्ने जो सुकै प्रमुख प्रशासकिय अधिकृत सरुवा भएर आउन तर कम्तीमा पनि एक आर्थिक बर्ष पुरै ...
साँसद चौधरीले पेश गर्दै छन् १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना सहित १०२ योजना
नवलपरासी (ब.सु.प.), समाचार, समाज

साँसद चौधरीले पेश गर्दै छन् १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना सहित १०२ योजना

नवलपरासी,७ बैशाखआफ्नो निर्वाचन क्षेत्रबाट विभिन्न योजना छनौट गरि प्राथमिकीकरण गरेर संघिय सरकारमा पेश गर्ने जानकारी नवलपरासी संघिय सँसद प्रतिनिधीसभा सदस्य(सँसदिय) क्षेत्र १ का साँसद विनोद चौधरीले बताएका छन् । जिल्ला समन्वय समितिको सभाहलमा पत्रकार भेटघाट तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरु समक्ष उनले सो जानकारी गराएका हुन् ।आफ्नो क्षेत्रबाट प्रत्येक वार्ड,पालिका र क्षेत्रिय तथा जिल्ला स्तरलाई छुने खालका १ सय २ वटा योजना छनौट भएको जस्मा १५ वटा योजना राष्ट्रिय गौरवका आयोजना रहेको उनले बताएका थिए । आफु निर्वाचित भए देखी नै प्रत्येक महिनामा तिन देखी एक साता बसेर स्थानियको समस्या बुझ्ने र कुन निकायबाट कसरी समस्या समाधान गर्ने निष्कर्ष निकाल्दै आएको कार्यलाई निरन्तरता दिदै आएका छन् । आफ्ना सचिवालयका कर्मचारीलाईै नियमित परिचालन गरेर विभिन्न समस्याको खोजी नीति गर्ने र समाधानका हल निकाल्नका लागि ...
प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल
रामग्राम नगरपालिका, शिक्षा, समाचार

प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल

नवलपरासी, ४ बैशाखलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।साईकल पाए...