मल्लाह जातीको गुजाराको सहारा प्राकृतिक जलासयका घोंघी
नवलपरासी,२६ पुसप्राकृतिक घोलमा माछा पाउन छाडे पछि घोलको माछा मारी बेचेर गुजारा चलाउने मल्लाह अहिले घोँघी संकलन गरी बेचेर गुजारा चलाउनु पर्ने अवस्था आएको बताएका छन् । पहिला पहिला प्राकृतिक नदी,घोल,जलासय,पोखरीमा माछा मार्ने र गाँउघर बजार पुगेर माछा बेचेर गुजारा चलाउने मल्लाहको पुर्र्खाैली पेशा छाड्न नसक्नेले माछाको स्थानमा घोघी बेचेर गुजारा चलाउन परेको हो ।प्राकृतिक जलासय नसिदै,पुरिदै जानुका सार्थै खेतीपातीमा बढदो विषादीको प्रयोगले माछा पाउनै छाडे पछि बचेका जलासय र घोलका घोघी नै गुजारा लागि सहारा बनेको मल्लाह समुदायले जनाएको छ । ब्यवसायिक माछा पालन हुन थाल्यो, धेरै पोखरीहरु पुरियो,खोलामा बालुवा जमेर कुण्डहरु पनि पुरियो, भएको जलासयमा माछा पाउनै छाडियो मल्लाहहरुको गुनासो रहेको छ । अहिले पाल्हीनन्दन १ सुनरी चोकमा घर परिवार चलाउनको लागि छोटकी सुनरीका छोटु मल्लाह ले बिहानै देखि नदि र पोखरीवाट घोग...










