परिचयपत्र लिएर मात्र मालपोत कार्यालयमा पस्न लेखापढी कानुन ब्यवसायी नवलपरासीको सुचना

नवलपरासी,२३ पुस
नेपाल लेखापढी कानुन ब्यवसायीहरुले अनिवार्य रुपमा आफ्नो परिचयपत्र भिरेर मालपोत कार्यालयमा जान सुचना जारी गरेको छ । लेखापढी ब्यवसायीहरुको नाँउमा मालपोत कार्यालय नवलपरासीमा अनाधिकृत रुपमा धेरै जसो ब्यतिmहरु पस्दा मालपोत कार्यालयमा जन गुनासो बढन थाले पछि नेपाल लेखापढी ब्यवसायि संघले सुचना जारी गरेको हो ।
मालपोत कार्यालयमा धेरै जसो फाईलहरु हेरेर कर्मचारीलाई समेत सहजीकरण गर्दै आएका लेखापढी कानुन ब्यवसायीहरु जाने गरेका छन् । तर ति ब्यतिmको नाँउमा विभिन्न अनाधिकृत ब्यतिm फाटहरुमा पस्ने र काजगपत्र हेर्ने गरेको हुदा कतिपय अनुसंधानमा रहेका कागजातबारेको सुचना बाहिर जाने,कतिपय कागजात हराउने,केरकार हुन सक्ने खत्तरा पनि हुने भएको हुदा कि सेवाग्राही ब्यतिmहरु कि लेखापढी गर्ने ब्यतिmहरु जान पाउने गरि फाटका कर्मचारीहरुले गुनासो गर्ने गरेको हुदा लेखापढी कानुन ब्यवसायीले यस्तो सुचना जारी गरेको जानकारी गराएको हो ।
यस्ले लेखापढी गर्ने ब्यतिmलाई नै सहज हुने बताउदै नेपाल लेखापढी कानुन ब्यवसायीका केन्द्रिय उपाध्यक्ष अर्जुन बहादुर क्षेत्रीले जानकारी गराए । उनका अनुसार अहिले एउटा ब्यतिmले दाखिला नामसारी,रजिष्ट्रेसन गर्न आउदा लिइने दिईने पक्षकै साक्षी,सधियार,परिवारका सदस्य लगायतका ब्यतिm आउदा मालपोत क्षेत्रमा भिडभाड पनि बढने गरेको देखिएको छ । एउटा ब्यतिmको काम गर्नका लागि कम्तीमा १० जना ब्यतिmको अउपस्थिती हुने गरेको छ,कहिले सर्वर डाउन भएर पनि सेवाग्राही प्रभावित हुने हुदा त्यसले सेवाग्राहीलाई आक्रोसित बनाउने र त्यसको फाईदा विचका केही ब्यतिmहरुले कार्यालयमा पसेर अनाधिकृत काम गर्न सक्ने आशंका समेत हुने हुदा पहिचान सहितको लेखापढी ब्यतिmहरु र सेवाग्राही ब्यतिm मात्र पस्दा अनुशासनमा ल्याउन र मार्यादित तरिकाले काम काज गराउनमा यो सुचनाले काम गर्ने समेत उनले दाबी गरेका थिए । कार्यालय प्रमुख तथा सुचना अधिकारी समक्ष जो सुकै ब्यतिm जान पाउछन्,तर फाट फाटमै पुग्ने हुदा फाटवालाले केही जटिलता महशुस गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *