शिक्षा

नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान
शिक्षा, समाचार, सुनवल नगरपालिका

नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान

नवलपरासी,२५ फागुनक्याम्पसको विधान अनुसार नै अहिले नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पस संचालक समितिको रुपमा सम्बन्धित क्षेत्रको संघिय सांसदलाई पदेन सदस्यको रुपमा गरिएको ब्यवस्था अनुसार हाल नवनिर्वाचित सासद गुप्तालाई कायम राख्दै क्याम्पसले उतm प्रमाणपत्र प्रदान गरेको हो ।क्याम्पसले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सदस्यता ग्रहण गर्दै सांसद गुप्ताले क्याम्पसको विकासमा सहयोग गर्ने बताए । उनले समग्र क्षेत्रको विकास र समृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै क्षेत्रको समग्र शैक्षिक विकासमा आफ्नो निरन्तर प्रयास रहने बताएका थिए । क्याम्पस सञ्च...
पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

पाल्ही बहुमुखी क्याम्पसको छैठौ साधारणसभा सम्पन्न

नवलपरासी,२१ मंसिरजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पस परासीले आफ्नो छैठौ क्याम्पससभा सम्पन्न गर्दै नयाँ योजना अगाडी सारेको छ । मुलुक भरि धेरै जसो क्याम्पसहरु बन्द हुने अवस्थामा पुगेको तर विगत बर्षको तुलनामा सो क्याम्पसमा विद्यार्थीको आकर्षण बढदै गई रहेको जानकारी गराउदै क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले ९ सुत्रिय अगामी कार्य गर्नु पर्ने आवश्यकता औल्याएका हुन् ।उनले प्रस्तुत गरेका प्रतिवेदन अनसार क्याम्पसले उपभोग गर्दै आएको ७ विघा ६ कट्ठा जग्गा क्याम्पसकै नाममा दर्ता गर्नका लागि आवश्यक प्रकृया पुरा गर्ने,गुणस्तरिय शिक्षाका लागि आवश्यक पुर्वौधार थप गरिनु पर्ने,गुस्तरिय शिक्षाका लागि योग्य शिक्षक,सक्षम,दक्ष जनशतिmको दिगो ब्यवस्थापन गर्नु पर्ने भएकोले आवश्यक ब्यवस्थापकिय कार्य गर्नु पर्ने,गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्युएए) प्रकृयामा रहेको अवस्थामा आवश्यक मापदण्ड तत्कालै पुरा गरि क्य...
पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै
रामग्राम नगरपालिका, शिक्षा, समाचार

पाल्ही क्याम्पसको शिक्षा संकायमा समाजिक विषयसँगै डेढ बर्षे अधिस्नातक तह थपिदै

नवलपरासी,२३ कातिकजिल्लाकै पुरानो पाल्ही बहुमुखी क्याम्पसमा अध्यापन गराईदै आएको चार बर्षे (विएड) ब्याचलर अफ एजुकेसन(शिक्षा संकाय)मा थप आवश्यकता पहिचान गरि विषय र कार्यक्रम थपिने भएको छ । चार बर्षे वि एडमा समाजिक अध्यक्ष शिक्षा विषय थपिने निर्णय भएको र त्यसको जानकारी जिल्ला स्थित सर्वदलिय तथा जनप्रतिनिधिहरुलाई समेत जानकारी गराइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष राधेश्याम पाठकले जानकारी गराएका हुन् ।उनका अनुसार विगत बर्षमा खारेज भएको एक बर्षे विएडको स्वरुप परिवर्तन भई अहिले तिन समेस्टरमा परिक्षा दिइने गरि डेढ बर्षे अधिस्थानक तह पनि थपिने निर्णय भएको छ । एक बर्षे विएड गर्न खोव्ने जुन सुकै संकाय र विषयका विद्यार्थीले उतm कार्यक्रममा भर्ना लिई पढन पाउने भएका छन् । क्याम्पसमा अहिले ब्यवस्थापन संकायको विविएस र शिक्षा संकाय(विएड) को अध्ययन अध्यापन हुदै आएको छ । मानविकिय संकाय.विए) को सम्बन्धन भए ...
प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकामा शैक्षिक समस्याबारे छलफल र अन्तरक्रिया

नवलपरासी,१६ कातिकजिल्लाको प्रतापपुर गाउपालिकाले शिक्षा सम्बन्धि समस्याबारे छलफल र अन्तरक्रियात्मक कार्यक्रम सञ्चाल गरेको छ । दुई साता पहिला गाउपािलकाले करार कर्मचारीको करार सम्झौता रद्दा गरे पश्चात सृजना भए पछि सो अन्तरक्रियाको आयोजना गरेको हो ।शैक्षिक सत्रको विचमै करारमा राखिएका शिक्षकहरु हट्ने अवस्थाले शैक्षिक क्षेत्रमा समस्या सृजना भएको अन्तरक्रियामा उपस्थित विद्यालयका प्राधानाध्यापकहरुले गुनासो राखेका थिए । गाउ शिक्षा समितिका सदस्य समेत रहेका त्रिभुवन मावि बेलाटारीका प्रधानाध्यापक नारद ठाकुरले शैक्षिक सत्रको विचमै करार शिक्षक हटाउनाले शैक्षिक गुणस्तरमा समस्या आउने बताएका थिए । दरबन्दी कम भएका विद्यालयमा करारका शिक्षकहरुबाट राहत पुगेको थियो,उनले प्रश्न गदौ भने,तर अहिले तिनै शिक्षक हटाइए पछि ति शिक्षकले पढाउदै आएका पाठ्क्रम कस्ले पढाईदिइने हो ? पािलका भित्रका अधिकाँस विद्यालयमा दरबन्दी अ...
सरावलको शैक्षिक क्षेत्र विकासका लागि जापानी सस्थाद्धारा साढे चार करोड बढिको सहयोग
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावलको शैक्षिक क्षेत्र विकासका लागि जापानी सस्थाद्धारा साढे चार करोड बढिको सहयोग

नवलपरासी,१४ कातिकजिल्लाको सरावल गाउँपालिका भित्र शैक्षिक क्षेत्रमा दिगो विकास गर्ने उद्देश्यले जापानका एक गैरसरकारी सस्थाले आर्थिक लगानी गर्न साझेदारी गर्ने भएको छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाल कोष जापानले सो सहयोग गर्ने सहमति गरेको गाउपालिकाले जनाएको हो ।उतm सस्थाले ४ करोड ५९ लाख ५४ हजार ९ सय २७ रुपियाँ बराबरको आर्थिक साझेदारी गर्ने साझेदारीपत्रका हस्ताक्षर भएको गाउपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले जानकारी गराए । गुणस्तरीय शिक्षामा सबैको पहुँच विस्तार गर्ने लक्ष्यका साथ उक्त सहयोगका लागि बिहीबार बाल कोष जापान र सरावल गाउँपालिका बिच औपचारिक सम्झौता भएको थियो । गाउँपालिकाका अध्यक्ष चौधरीका अनुसार, यो शैक्षिक सहयोग कार्यक्रम गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि परेका, तर उच्च सम्भावना बोकेका विभिन्न चार विद्यालयहरूमा सञ्चालन गरिने छ । सहयोग कार्यक्रम मार्फत विद्यालयहरूमा भौति...
जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो
-, नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिल्लाकै पुरानो पाल्ही बहुमखी क्याम्पसमा विद्यार्थीको आकर्षण बढदो

नवलपरासी,५ भदौजिल्ला सदरमुकाम परासी स्थित पाल्ह्ी बहुमुखी क्याम्पसमा अहिले विद्यार्थी आर्षण बढदै गएको क्याम्पसले जनाएको छ । जिल्लाकै पुरानो क्याम्पसमा विद्यार्थी आकर्षण बढन थाले पछि केही स्वार्थ समुहले क्याम्पसबारे गलत टिकाटिप्पणी गर्दै आएकोबारे कुरा खण्डन गर्दै विहिवार क्याम्पसले पत्रकार सम्मेलन गरि क्याम्पसको अवस्था जानकारी गराएको हो ।देशभरिका विभिन्न सामुदायिक क्याम्पसमा विद्यार्थी सँख्या घटदै गए पनि पाल्ही क्याम्पसमा विद्यार्थीको आर्षण बढेको क्याम्पसका अध्यक्ष राधेश्याम पाठकले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन् । उनले विद्यार्थीको अवस्था,भौतिक पुर्वाधार,विद्यार्थीले उत्र्तिण गर्ने अवस्थाबारे समेत उनले तथ्याँक प्रस्तुत गरेका थिए । विगत ३ बर्षको तथ्याँक प्रस्तुत गर्दै उनले बर्षेनी विद्यार्थी संँख्या बढदै गएको जानकारी गराएका थिए । तथ्याँक अनुसार आर्थिक बर्ष २०७९÷०८० मा छात्र ९...
शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान सराहनिय ः सुनवल नगरपालिकाकी मेयर अर्याल
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

शैक्षिक क्षेत्रमा निजी विद्यालयको योगदान सराहनिय ः सुनवल नगरपालिकाकी मेयर अर्याल

नवलपरासी,२२ साउनजिल्लाको सुनवल नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले शैक्षिक क्षेत्रमा निजी विद्यालयहरुको योगदान सराहनिय रहेको बताएकी छिन् । शैक्षिक ऐक्यबद्धताको समूह नेपाल(जिसन) नवलपरासीको २३ औं स्थापना दिवसका अवसरमा बिहीबार सुनवलको रिवर्न रिसोर्टमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् ।अन्तराष्ट्रिय बजारमा नेपाली विद्यार्थी पुगेर अँग्रेजी माध्यमबाट प्रतिस्पर्धा गर्न सक्ने र आफ्ना ज्ञान र सिपको प्रयोग गरि काम गर्न सक्ने अवस्थामा निजी विद्यालयको योगदान सराहनिय रहेको बताउदै अब निजी विद्यालयले सिपमुलक,दक्ष र कार्यमुलक शिक्षा योजना ल्याउनु पर्ने औल्याएकी थिईन् । अब अँग्रेजी भाषामा शिक्षा दिईने कार्य सामुदायिक विद्यालयहरुले समेत गर्न थालेका छन् । निजी विद्यालयहरुले अब अग्रेजी भाषाको शिक्षा देखाएर सञ्चालनमा चुनौती थपिदै गएका छन् । अब निजी विद्यालयले आफ्ना अस्तित्व जोगाउनलाई स...
समाजिक सञ्जालबारे साक्षरता कार्यक्रम चलाउदै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

समाजिक सञ्जालबारे साक्षरता कार्यक्रम चलाउदै पाल्हीनन्दनकी उपाध्यक्ष सकिना

नवलपरासी,१० असारजिल्लाको पाल्हीनन्दन गाउपालिकाले गाउपालिका भित्रका विद्यालय लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन थालेको छ । विद्यालयका नियमित पठन पाठनसँगै अतिरितm जानकारीमुलक कार्यक्रम गर्दै ज्ञान र थप शिक्षाका कार्यक्रम गर्न थालेको हो ।विद्यालयका बालबालिकालाई सुचना,मिडिया र समाजिक संजालबारे साक्षरता कार्यक्रम चलाएकी छिन् । केही महिना पहिला पनि उनी बालबालिकालाई गाउपालिकाको सेवा सुविधा लिन शुरु देखी नै जानकारी हुने र अ आफ्ना अभिभावकहरुलाई पनि सेवा लिन सहज बनाउने उदेश्यले उतm कार्यक्रम गाउपालिका उपाध्यक्ष फातुमा खातुन अंसारी(सकिना)ले शुभारम्भ गरेकी थिईन् । गत बर्ष विद्यालयसँग उपाध्यक्ष कार्यक्रम गरि उपाध्यक्षका काम कर्तब्य र अधिकारबारे जानकारी गराउदै आएकी उपाध्यक्ष सकिनाले गरेकी थिईन् । समुदायसँगै विद्यालयमा कार्यक्रम गरियो भन्ने त्यसको प्रभावकारिता राम्रो देखिएको उनले बताईन् ।विद्यार्थीलाई ...
सरावल ७ का बालसंजालका बालबालिकालाई नेतृत्व विकास सम्बन्धित तालिम
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल ७ का बालसंजालका बालबालिकालाई नेतृत्व विकास सम्बन्धित तालिम

नवलपरासी,१३ बैशाखजिल्लाको सरावल गाउपालिका वार्ड नं.७ ले स्थानिय बाल समुह संजाललाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । बाल समुह संजालको माग अनुसार नै वार्ड कार्यालयले बालसँजालका बालबालिकालाई दुई दिइने नेतृत्व विकास सम्बन्धि तालिम प्रदान गरेको हो ।स्थानिय नन्दन मिडिया हाउस प्रालिको सहजीकरणमा उतm तालिम प्रदान गरिएको वार्ड अध्यक्ष ह्यात खाँनले जानकारी गराए । बालबालिका देखी नै नेतृत्व गर्न सक्ने क्षमताको विकास गराउनमा यो तालिम महत्वपुर्ण हुने विश्वास लिइएका छौ, उनले भने, आवश्यकता अनुसार मागको आधारमा पुनःअन्य भाषणकला,उद्यघोषण र शसतिmकरण क्षमता विकासका लागि पनि गराउदै जाने सोचमा छौ । आजका बालबालिका भोलीका कर्णधार हुन्,यसले गर्दा बालबालिकामा गरिएको लगानी दिर्घकालिन प्रभाव पार्ने उनले बताएका थिए । उतm तालिममा सायदा खातुनले सहजीकरण गरेकी थिईन् ।...
नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

नवलपरासीमा एसईई परिक्षा केन्द्र प्रति असन्तुष्टि

नवलपरासी,२७ फागुनजिल्लामा कायम गरिएको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा केन्द्र तोक्ने कार्यमा रामग्राम नगरपालिका भित्रका केही विद्यालयका अध्यक्षले असन्तुष्ठि ब्यतm गरेका छन् । शिक्षा विकास तथा समन्वय इकाईले कुन आधारमा एउटा विद्यालयमा परासी बजारकै निजी विद्यालयहरुको परिक्षा केन्द्र तोकेको हो ? भन्द्र जिल्ला समन्वय समितिमा गुनासो पुगेको हो ।चैत्र ७ गते देखी १९ गतेसम्म हुने एसईई परिक्षा २०८१ सञ्चालनका लागि अहिले शिक्षा विकास तथा समन्वय इकाईले जिल्ला भरिका परिक्षा केन्द्र सार्वजनिक गरेको छ । सो परिक्षा केन्द्र निर्धारण प्रति अहिले टिकाटिप्पणी हुन थालेको छ । आदर्श नमुना माध्यमिक विद्यालय परासीका अध्यक्ष समेत रहेका सामुदायिक विद्यालय ब्यवस्थापन समिति नगर समन्वय समितिका अध्यक्ष लक्ष्मण यादव सोमवार जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवसँग गुनासो गर्न पुगेका थिए । परासी बजारकै पवन माध्यम...