शिक्षा

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
शिक्षा, समाज

सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम

नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो । विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् । आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभा...
पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा
रामग्राम नगरपालिका, शिक्षा, समाचार, संस्कृति

पहिलो धातुयात्रा निकालेर बुद्ध पुर्णिमा मनाईन स्वम्सेवक परिचालनका लागि विद्यालयमा परिचयात्मक शिक्षा

नवलपरासी २१ बैशाखपहिलो कोलिय अस्तुधातु यात्रालाई ब्यवस्थितका लागि विद्यार्थीलाई स्वम्सेवक बनाउन रामग्रामका विद्यालयमा परिचयात्मक शिक्षा चलाइएको छ । बैशाख पुर्णिमा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुर देखी रामग्राम स्तुपासम्म कोलिय अस्तिधातु जात्रा’ निकालेर मनाउन लागेको बुद्धपुर्णिमालाई भब्य बनाउन र ब्यवस्थित गर्न विद्यालयका विद्यार्थीहरुलाई स्वम्सेवक परिचालनका लागि परिचयात्मक शिक्षा दिइएको छ । अस्तिधातु जात्रा र बुद्धपुर्णिमाबारे जागरण तथा बुद्धस्थल को जानकारी समेत गरिएको हो ।यात्रामा सहभागिहरुलाई गाईडको रुपमा पनि काम गर्न र यात्रा ब्यवस्थित गर्नमा विद्यार्थीको पनि सहभागिता होस भनेर जागरण तथा परिचयात्मक शिक्षा चलाइएको रामग्राम नगरपालिकाका नगर प्रमुख धतपत यादवले जानकारी गराएका थिए । उनका अनुसार रामग्राम स्तुपा क्षेत्रमा उत्तम बालहित माविका कक्षा ९ र १० का विद्यार्थी र प्राचिन को...
सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले शैक्षिक सुधार अभियान अन्तरगत दिलायो सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम

नवलपरासी,१९ बैशाख,जिल्लाको सुस्ता गाउपालिकाले शैक्षिक सुधारका अभियान अन्तरगत सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्चालन गरेको छ । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत नै गाउपालिका भित्रका सामुदायिक तथा मदरसाका शिक्षकहरुलाई ४० दिने आधारभुत तालिम सञ्चालन गरेको हो ।शैक्षिक क्षेत्रको गुणस्तर सुधारका कार्यक्रम गर्दै आएको सुस्ता गाउपालिकाले सुचना प्रविधिको उपयोग गर्नका लागि पनि आधारभुत कम्प्युटर सम्बन्धी ज्ञान हुनु पर्ने आवश्यकता महशुस गरि सो तालिम सञ्चालन गरिएको प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । अहिलेको युग सुचना प्रविधिको युग हो,उनले भने,युग अनुसार नै आफुलाई अपडेट हुनु पर्ने मान्यता अनुसार सबै शिक्षकले पनि आफ्नो कम्प्युटर सम्बन्धि सिप तथा क्षमता विकास गर्न आवश्यक छ । शिक्षकहरुको माग पनि विगत देखी नै रहेको हुदा अहिले सबै शिक्षकलाई आधारभुत कम्प्युटर तालिम सञ्...
निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना
रामग्राम नगरपालिका, शिक्षा

निजी विद्यालयबाट झिकेर सामुदायिक विद्यालयमा भर्ना

नवलपरासी,१२ बैशाखजिल्लाको रामग्राम नगरपालिका ७ स्थित उत्तम बालहित माविको अध्यक्षमा छनौट भए पछि अध्यक्ष डाक्टर यादवले आफ्ना बालबालिकालाई निजी विद्यालयबाट झिकेर सामुदायिक बिद्यालयमा भर्ना गराएका छन् । स्थानिय निजी विद्यालयमा अध्ययन गर्दै आएका यादवका एक छोरा र छोरी आफु अध्यक्ष भएको विद्यालयमा भर्ना गराएका हुन् ।आफ्नो सन्तानका लागि लगानी गरि निजी विद्यालयमा पढाउने तर गाँउकै सामुदायिक विद्यालयमा सुधार आउन नसकेको हुदा विद्यालय ब्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी नगरपालिकाले लगायो । आफ्नो सन्तानका लागि मात्रै नभई समुदायकै हितका लागि विद्यालयमा शैक्षिक सुधारका लागि विद्यालय ब्यवस्थापनमा आएको उनले बताए । त्यसका लागि आफ्ना छोराछोरीको समेत यसै विद्यालयमा भर्ना गराएको उनले जनाए । विभिन्न पद र ओहदामा बस्ने ब्यतिmले सामुदायिक विद्यालयमा आफ्ना छोरा छोरीको भर्ना नगराउन,नपढाउने आरोप पनि लाग्ने गरेको छ ...
प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल
रामग्राम नगरपालिका, शिक्षा, समाचार

प्रदेश साँसद जैसवालले बाँडे छात्रालाई निः शुल्क साईकल

नवलपरासी, ४ बैशाखलुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद बैजनाथ जैसवाल) रामग्राम १५ मा ११ र १२ कक्षामा अध्ययन गर्ने छात्राहरुलाई साईकल वितरण गरेका छन् । बेटी बचाऔ,बेटी पढाऔ अभियान अन्रतगत सो वार्डका २० जना छात्रालाई निशुल्क साईकल वितरण गरेका हुन् ।लुम्बिनी प्रदेश सरकार समाजिक विकास मन्त्रालय,शिक्षा तथा समाजिक विकास निर्देशनालय अन्तरगत समाजिक विकास डिभिजन कार्यालय भैरहवा मार्फत सो साईकल वितरण गरिएको प्रदेश साँसद जैसवालले बताए । वार्डबाट छात्राको छनौट गर्न लगाई वार्ड अध्यक्षले छनौट गरेका छात्राहरुलाई सो साईकल वितरण गरियो,उनले भने,यो लुम्बिनी प्रदेश सरकारकै अभियान हो,यो कार्यक्रम निरन्तर चल्ने हुदा अगामी बर्षमा अन्य वार्डमा पनि छात्राहरु छनौट गरि वितरण हुने छ । यसले छात्राहरुलाई माध्यमिक तथा उच्चा शिक्षा अध्ययनका लागि राहत मात्रै नभई शिक्षा प्रति प्रोत्साहित पनि पर्ने उनको भनाई थियो ।साईकल पाए...
विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’

नवलपरासी,३० चैत्रनगरपालिका भित्र नयाँ नया अभियान सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले दुई वटा अभियान थप गरेको छ । विगत केही महिन देखी नगरक्षेत्रमा चल्दै आएको मुख्य १० अभियानमा वृद्धि गरि दुई वटा अभियान थपिएको हो ।कुनै पनि कार्यक्रम अभियान मुखी रुपमा सञ्चालन गर्दा कार्यक्रम प्रभावकारी हुदै गरेकोले अभियानको रुपमा सञ्चालन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । अभियानको रुपमा घोषणा गरिए पछि सम्बन्धित सरोकारवाला शाखा,जनप्रतिनिधि तथा नागरिकहरुले पनि आफ्नो दायित्वबोध गर्ने गरेको उनले आफ्नो अनुभव सुनाए । बजेट खर्चने र डकुमेण्टटेसन गर्ने उदेश्य राखेर कार्यक्रम गर्ने हुदा त्यस प्रति सहभागिहरुलाई मात्र जानकारी हुन्छ,उनले भने,तर त्यही कार्यक्रमलाई निरन्तताका लागि अभियानको रुपमा घोषणा गर्ने,निरन्तर फ्लो गर्ने कार्य गरियो भन्ने ति कार्य दिर्घाकालि...
सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल

नवलपरासी,२३ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल सहयोगी हुने हदा डिजिटल प्रोफाईल निर्माण गरिएको हो ।शैक्षिक प्रोफाईल निर्माण गरि त्यसको डिजिटल (विद्युतिय) प्रति वेभसाईट र मोवाईल एम मार्फत जहाँ तहीबाट हेर्न र अध्ययन गर्ने गर्न सक्ने गरि सो प्रोफाईलको निर्माण गरिएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । पालिका भित्रका सबै सामुदायिक,धार्मिक,निजी विद्यालयहरुले नियमित रुपमा भर्ने गरेका शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा भर्ने सुचनाको आधारमा शैक्षिक प्रोफाईल अपडेट हुदै जाने गरि प्रोफाईलको निर्माण भई सकेको छ, उनले भने, त्यसमा थप सुझाव लिएर परिमार्जन सहितको प्रोफाईल रिलिज गर्नका लागि प्रधानाध्य...
प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफा...
जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता

नवलपरासी, ३ चैत्रजिल्ला समन्वय समिति (जिसस)ले जिल्लामा शैक्षिक सुधारका लागि जिल्ला स्थित सरोकारवालाको प्रतिवद्धता कार्यक्रम चलाएको छ । शिक्षा संसोधन विधेयकबारे कुरा उठिरहेको बेला संघिय संसद प्रतिनिधिसभा सदस्य (साँसद) तथा कानुन तथा न्याय मन्त्रालयका पुर्व मन्त्रि ध्रुव बहादुर प्रधानको प्रमुख आथित्यतामा जिससले सो कार्यक्रम चलाएको हो ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता लिई शैक्षिक गतिविधि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको जिसस प्रमुख भगौती यादव( रुदल)ले जानकारी गराए । शिक्षक,प्रअ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष,स्थानिय तहका जनप्रतिनिधि,शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख र संघिय साँसद सहितको कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा गरिएको थियो । शिक्षा क्षेत्रमा रहेका समस्या प्रति कसरी एकताबद्ध भएर निराकरण गर्ने ? ...
स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साधन...