शिक्षा

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ताले बनायो डिजिटल शैक्षिक प्रोफाईल

नवलपरासी,२३ चैत्रजिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको शैक्षिक गतिविधि तथा शैक्षिक अवस्थालाई समेटेर डिजिटल शैक्षिक प्रोफाईल निर्माण गराएको छ । शिक्षा क्षेत्रको विकासका लागि आवश्यकता पहिचान गरि काम गर्नमा सो प्रोफाईल सहयोगी हुने हदा डिजिटल प्रोफाईल निर्माण गरिएको हो ।शैक्षिक प्रोफाईल निर्माण गरि त्यसको डिजिटल (विद्युतिय) प्रति वेभसाईट र मोवाईल एम मार्फत जहाँ तहीबाट हेर्न र अध्ययन गर्ने गर्न सक्ने गरि सो प्रोफाईलको निर्माण गरिएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । पालिका भित्रका सबै सामुदायिक,धार्मिक,निजी विद्यालयहरुले नियमित रुपमा भर्ने गरेका शिक्षा ब्यवस्थापन सुचना प्रणालीमा भर्ने सुचनाको आधारमा शैक्षिक प्रोफाईल अपडेट हुदै जाने गरि प्रोफाईलको निर्माण भई सकेको छ, उनले भने, त्यसमा थप सुझाव लिएर परिमार्जन सहितको प्रोफाईल रिलिज गर्नका लागि प्रधानाध्य...
प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफा...
जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता
नवलपरासी (ब.सु.प.), शिक्षा, समाचार

जिससले गरायो सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता

नवलपरासी, ३ चैत्रजिल्ला समन्वय समिति (जिसस)ले जिल्लामा शैक्षिक सुधारका लागि जिल्ला स्थित सरोकारवालाको प्रतिवद्धता कार्यक्रम चलाएको छ । शिक्षा संसोधन विधेयकबारे कुरा उठिरहेको बेला संघिय संसद प्रतिनिधिसभा सदस्य (साँसद) तथा कानुन तथा न्याय मन्त्रालयका पुर्व मन्त्रि ध्रुव बहादुर प्रधानको प्रमुख आथित्यतामा जिससले सो कार्यक्रम चलाएको हो ।सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिमा सरोकारवालाको प्रतिवद्धता लिई शैक्षिक गतिविधि तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको जिसस प्रमुख भगौती यादव( रुदल)ले जानकारी गराए । शिक्षक,प्रअ,विद्यालय ब्यवस्थापन समिति अध्यक्ष,स्थानिय तहका जनप्रतिनिधि,शिक्षा विकास तथा समन्वय कार्यालयका प्रमुख र संघिय साँसद सहितको कार्यक्रम रामग्राम नगरपालिकाको सभाहलमा गरिएको थियो । शिक्षा क्षेत्रमा रहेका समस्या प्रति कसरी एकताबद्ध भएर निराकरण गर्ने ? ...
स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका
बर्दघाट नगरपालिका, विचार, शिक्षा

स्थानीय शिक्षाको उन्नयनका लागि स्थानीय तहको भूमिका

विषय प्रवेश : नेपालको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको माध्यमबाट दिगो विकास, शान्ति, सुशासन र समृद्विको लक्ष्य प्राप्तिका लागि नागरिकको शिक्षा पाउने अधिकारलाई मौलिक अधिकारकोरुपमा प्रत्याभूत गरेको छ । समतामूलक, सीपमूलक, व्यवहारिक र गुणस्तरीय शिक्षा नै समृद्व नेपालको आधारशीला हो भने व्यक्ति, परिवार, समुदाय र राष्ट्रको समुन्नतीको जग हो । संविधानको मर्म र भावना हो । विश्वमा नेपाल, नेपालमा लुम्विनीदार्शनिक,ऐतिहासकि सम्पदा,परम्परा र मौलिक चिन्तन,अलौकिक हावापानी, विविधताका दृष्टकोणबाट समृद्व छ । हामीले हाम्रो सम्पदा र समृद्वि भित्र लुकेका क्षमता र सम्भावनाहरुलाई उजार गरेर नागरिकलाई त्यसको अनुभूति दिलाउन र शिक्षाको माध्यमबाट समाजमा विद्यमान हुने र नहुने बीचको खाडल कम गर्ने गरी कार्यसम्पादन गर्नु जरुरी छ । सीमित स्रोतको बाबजुद पनि दृढइच्छा शक्ति र लगाव हुने हो भने विद्यमान स्रोत साधन...
सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने
शिक्षा, समाचार, सुस्ता गाउँपालिका

सुस्ता गाउपालिकालाई इस्लामिक सहित धार्मिक अध्ययन केन्द्रको रुपमा चिनाईने

नवलपरासी,१६ फागुनजिल्लाको सुस्ता गाउपालिकालाई अन्तराष्ट्रिय स्तरकै इस्लामिक अध्ययन केन्द्रको रुपमा चिनाउने प्रतिवद्धता सुस्ता गाउपालिकामा आयोजित तहफ्फुजे हुकुके मुस्लिम सम्मेलनका सहभागिहरुले जनाएका छन् । नेपालमै एक इस्लामिक प्राचिन अध्यात्म केन्द्र समेत रहेको मदारबाबा स्थान सुस्तामै भएको र मदारबाबा मेलामा बर्षेनी लाखौ हिन्दु÷मुस्लिम समुदायले भाग लिने गरेको जनाउदै इस्लामिक धार्मिक पर्यटनसँगै इस्लामिक शिक्षाको केन्द्र बनाउने र चिनाउने गरि काम गर्न सहभागिहरुले प्रतिवद्धता जनाएका हुन् ।ओल्मा काउन्सिल नेपालको आयोजनामा भएको उतm सम्मेलनमा सुस्ता आफै राष्ट्रिय पहिचान बोकेको गाउपालिका हो,त्यसमा पनि नेपालमा एक मात्र प्राचिन इस्लामिक धर्म गुरुको तपस्या स्थल रहेको मदारबाबामा देशी विदेशीको आगमन बढने गरेको छ । धार्मिक रुपमा मेला हुने भए पनि यसलाई एक पर्यटन केन्द्र र इस्लामिक शिक्षा अध्ययन केन्द्र बनाएर ...
सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना
शिक्षा, समाचार, सरावल गाउँपालिका

सरावल गाउपालिकाको भुजहवामा इस्लामिक शिक्षाको स्नातक तह अध्ययन केन्द्र स्थापना

नवलपरासी,१४ माघजिल्लाको सरावल ७ भुजहवामा नेपाल खुल्ला विश्वविद्यालय स्लामिक अध्ययन केन्द्रको स्थापना भएको छ । शनिवार एक समारोहका विच सो अध्ययन केन्द्रको सुभारम्भ गरिएको हो । परेवा उठाएर सुभारम्भ गरिएको उतm इस्लामिक शिक्षामा स्नातक अध्ययन गरि परिक्षा दिईने सम्भवतःयो पहिलो अध्ययन केन्द्र बनेको बताइएको थियो । खुल्ला विश्व विद्यालयमा अध्ययन गर्ने विद्यार्थी मध्ये स्लामिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले विश्व विद्यालयले लिईने परिक्षा केन्द्र समेत भुजहवामै रहने जानकारी गराइएको थियो । ओल्मा काउन्सिल नेपाल नवलपरासको आयोजनामा र मदरसा अरबिया रजाउल ओलुमको सहआयोजनामा सम्पन्न भएको थियो । सो समारोहमा सो क्षेत्रमा योगदान पुर्याउने केन्द्रका ब्यवस्थापक अब्र्दुर उफ खान र सरावल गाउपालिकाका पुर्व अध्यक्ष राधेश्याम चौधरी लगायतलाई समारोहका प्रमुख अथिती शुखाडी चौधरीले सम्मानपत्र प्रदान गरि सम्मान समेत ग...
वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार, स्वास्थ्य

वर्दघाट नगरपालिकामा गर्भवती महिलालाई गर्भसस्कार शिक्षा

नवलपरासी,१४ माघनयाँ नयाँ कार्यको थालनी शुरु गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले नगरक्षेत्रमा रहेका गर्भवती महिला तथा नव विवाहित दम्पतीलाई गर्भ शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । कुनै पनि ब्यतिmको सिकाई गर्भबाटै शुरु हुने मान्यताका साथ गर्भदेखी नै सक्षम र सबल बालबालिकाको जन्म होस भनि गर्भवति महिलालाई गर्भ संस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरेको हो ।वर्दघाट नगरपालिका वार्ड नं.८ र ९ मा रहेकी ४५ जना गर्भवती महिलालाई सो शिक्षा प्रदान गर्दै गर्भसंस्कार शिक्षा कार्यक्रम शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यस्तो शिक्षाको आवश्यकता बजेट बन्ने अवस्थामा नै नगरउपप्रमुख रुद्र प्रसाद उपाध्यायले बजेट बिनियोजन गर्न लागएका थिए । सो कार्यक्रम कार्यान्वनका लागि गर्भ सँस्कार शिक्षाको अभियान चलाउदै आएका अभियन्ता तथा प्रशिक्षक रामप्रसाद पाण्डेले प्रशिक्षण दिदै गर...
वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटका महिलालाई तिन दिने महिला आधारभुत तालिम

नवलपरासी,१० माघजिल्लाको वर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखाले स्थानिय महिलाहरुलाई तिन दिने महिला आधारभुत तालिम दिने कार्य शुरु गरेको छ । महिलाहरुलाई संगठित गर्ने,शसतिmकरण गर्ने उदेश्यले सो तालिमा दिने कार्य शुरु गरेको हो । महिलाहरुलाई समुहमा आवद्ध गर्दै महिलाका आधारभुत आवश्यकतालाई आधार बनाउने र शसतिmकरण मार्फत राज्यको मुलप्रवाहीकरणमा ल्याउने उदेश्यले तालिम दिन लागिएको महिला तथा बालबालिका शाखाकी प्रमुख अप्सरा सुवेदीले जानकारी गराईन् । वर्दघाट नगरपालिकाको वार्ड नं.९ बाट शुरु गरिएको उतm तालिममा महिलाहरुको जनजिविकाका सवाल,प्रजनन स्वास्थ्य अधिकार,महिला अधिकार प्राप्तीमा सो तालिमले महिलाहरुलाई शसतm बनाउनेमा विश्वासका साथ तालिम शुरु गरिएको शाखा प्रमुख सुवेदीले भनिन्,महिलाहरु आफै पनि अग्रसर भएर आउनु पर्छ । नगरपालिकामा महिलाहरु संगठित भई आफ्नो अधिकार र उपस्थिती देखाउनु पर्ने बताएकी ...
रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव
रामग्राम नगरपालिका, शिक्षा, समाचार

रामग्राम भित्रको सर्वाधिक विद्यार्थी भएको विद्यालयमा भौतिक पुर्वाधार अभाव

नवलपरासी,२४ पुसजिल्लाको रामग्राम नगरपालिका २ स्थित पवन माध्यमिक विद्यालयले विद्यार्थी संख्या उल्लेख्य वृद्धि गर्दा पनि भौतिक पुर्वाधार नहुदा विद्यालय सञ्चालनमा समस्या देखिएको जनाएको छ । नगरपालिकाकै सर्वाधिक विद्यार्थी संख्या भएको विद्यालय भए पनि आवश्यक पुर्वाधार नहुदा पठन पाठन र ब्यवस्थापनमा समस्या देखिएको हो ।रामग्राम नगरपालिका भित्र सञ्चालिन माध्यमिक तहका विद्यालय मध्ये बसै भन्दा बढि विद्यार्थी भर्ना गरि पठन पाठन गराउने पवन मावि मात्रै भएको विद्यालयले जनाएको छ । पठन पाठन र अनुशाशित विद्यार्थी बनाउने हुदा अभिभावकको पहिलो रोजाईमा पवन मावि नै पर्ने गरेको विद्यालयका प्रधानाध्यापक अरबिन्द कुमार पाठनले बताए । अभिभावकको विश्वास जितिएको भए पनि सरकारी लगानी भित्रयाउन नसक्दा पुर्वाधार अभाव देखिएको उनको भनाई थियो । उनका अनुसार हाल सो विद्यालयमा २ हजार २३ जना विद्यार्थी अध्ययनरत छन् । बालविकास कक्षा...
प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट
प्रतापपुर गाँउपालिका, शिक्षा, समाचार

प्रतापपुर गाउपालिकाको महेन्द्र मावि सोमनीमा स्थानिय युवा अनोज यादव अध्यक्ष छनौट

नवलपरासी,१९ पुसजिल्लाको प्रतापपुर गाउपालिका वडा न ३ सोमनी स्थित महेन्द्र माध्यमिक बिद्यालयमा नयाँ विद्यालय ब्यवस्थापन समितिको छनौट भएको छ । स्थानिय अनोज यादवको नेतृत्वमा विद्यालय ब्यवस्थापन समिति छनौट भएको विद्यालयले जानकारी गराएको हो ।मंगलवार बिद्यालयमा विद्यालय ब्यवस्थापन समितिका सदस्यहरुको बैठकले सर्वसम्मतले यादवलाई अध्यक्ष छनौट गरेको थियो । विद्यालयले स्थानिय समाजसेवी युवा यादवलाई अध्यक्षमा छनौट गरेको हुदा विद्यालयमा परिवर्तन हुने विश्वास लिएको बिद्यालयका प्राधानाध्यापक अजय शर्माले बताए । यसै गरि सदस्यहरुमा रेखा कोहार ,बुधिया देवी चौधरी ,लालचन पासि ,कलावति देबी हरिजन र गौतम कहार रहेका छन् । अध्यक्ष पदमा चयन हुनभएको यादव बिद्यालयलाई नमुना बनाउने प्रतिबद्धता ब्यक्त गरेका थिए । शैक्षिक बिकास आजको आवश्यकता रहेको ले नमुना बनाउनु पर्ने योजना रहेको उनले बताएका थिए । विद्यालयको विकास,स्...