अर्थ

बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

बाणिज्य तथा बैंकिँग मुद्दा मिलाउन उबासंघद्धारा समिति गठन

नवलपरासी,२३ जेठउद्योग बाणिज्य संघ नवलपरासीले बाणिज्य तथा बैकिँग प्रकृतिका मुद्दाहरु मेलमिलापको माध्यमले समाधान गर्न मेलमिलाप समिति गठन गरेको छ । संघका अध्यक्ष ओम प्रकाश अग्रहरीको नेतृत्वमा उतm समिति गठन गरिएको हो ।उतm समितिमा अध्यक्ष सहित बरिष्ठ उपाध्यक्ष नगेन्द्र अग्रहरी,बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र कार्यकारिणी सदस्यबाट दुई जना थपेर समिति गठन गरिएको अध्यक्ष अग्रहरीले जानकारी गराएका थिए । उतm समितिले आवश्यक परे अन्य विज्ञ तथा जानकार समेत राख्ने सक्ने उनको भनाई थियो । बाणिज्य तथा बैकिँक क्षेत्रमा लेनदेन समस्या,मालबस्तु अथा अन्य सरोकार राख्ने विषयसँग सम्बन्धि रहने उनको भनाई थियो । बाणिज्य क्षेत्रका कतिपय समस्या समाधान गर्न प्रहरी,नगरपालिका,गाउपालिका तथा अदालतसम्म पुग्ने गरेकोमा अब उतm मुद्दा मेलामिलाप गराई मिलापत्र गराई न्यायको अनुभुति गराउन सक्ने अख्तियारी संघलाई आए पछि ब्यवसायिले ...
निर्माण समाग्रि अभाव हुन नदिन डिभिजन बन कार्यालयद्धारा बैकल्पिक ब्यवस्था
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

निर्माण समाग्रि अभाव हुन नदिन डिभिजन बन कार्यालयद्धारा बैकल्पिक ब्यवस्था

नवलपरासी,८ जेठजिल्लामा खोलाजन्य समाग्रिको आपुर्ति अभाव हुन नदिन डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था मिलाएको छ । खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको निर्माण ब्यवसायीले गुनासो गरे पछि डिभिजन बन कार्यालयले बैकल्पिक ब्यवस्था गरेको हो ।डिभिजन बन कार्यालयले जिल्लाका ५ वटा सामुदायिक बन क्षेत्र भित्रका खोला ब्यवस्थापन सहितको निकासी ब्यवस्था मिलाइएको डिभिजनल बन अधिकृत जिवन पंगेनीले बताए । उनका अनुसार वर्दघाट नपा वार्ड नं.१० सिथत सँसार कोट सामुदायिक बन,दाउन्नेदेवी सामुदायिक बन,पारिजात सामुदायिक बन,चिसापानी सामुदायिक बन र सुनवल नपा ११ स्थित कोटहीदेवी सामुदायिक बनका निकासीका लागि स्वीकृति प्रदान गरिएको छ । ति सामुदायिक बनबाट दैनिक ५० घन मिटर अनलोड थप गरि निकासीको ब्यवस्था मिलाईएको डिभिजन बन अधिकृत पंगेनीले जनाए ।दैनिक ५ सय घन मिटर निर्माण समाग...
खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव
अर्थ, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव

नवलपरासी,८ जेठजिल्लामा खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको छ । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको भन्दै सुनवल नगरपालिका स्थित खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रिको आपुर्तिमा समस्या देखिएको हो ।जिल्ला भित्र खोलाजन्य समाग्रि(ग्राभेल,गिट्टि र बालुवा र ढुगाँ) निकासीमा अवरोध सृजना भए पश्चात यस्तो समस्या देखिएको निर्माण ब्यवसायीले बताएका छन् । जिल्लाको सिमावर्ति क्षेत्रमा करोडौको सडक आयोजना निर्माणाधिन छन् तर समाग्रि अभावले ति सडकका काम गर्ने समस्या देखिन थालेको जिल्ला स्थित निर्माण ब्यवसायी रविन्द्र पटेलले बताए । ति आयोजनाहरुमा स्थानिय समाग्रि प्रयोग गर्ने गरि स्टिमेट गरिएका छन्, उनले भने, नजिकका खोलानालाबाट निकासी नहुदा निर्माण समाग्रिको प्राप्ती गर्न स...
महेशपुर भन्सारमा आवश्यक पुर्वाधार निर्माणका लागि अर्थमन्त्री पौडेलसँग उद्योग बाणिज्य महासंघको आग्रह
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

महेशपुर भन्सारमा आवश्यक पुर्वाधार निर्माणका लागि अर्थमन्त्री पौडेलसँग उद्योग बाणिज्य महासंघको आग्रह

नवलपरासी,२९ बैशाखउद्योण बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा उबासंघ नवलपरासीका पुर्व अध्यक्ष केशव भण्डारीले नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलाई नवलपरासीका उद्योग,ब्यवसाय तथा महेशपुर भन्सार लगायतका समस्याबारे अवगत गराएका छन् । अर्थमन्त्रालयमै पुगेर अर्थ मन्त्री पौडेलसँग जिल्ला स्थित महेशपुर भन्सारलाई गतिशिल बनाउन आवश्यक पुर्वाधार सहित भन्सार देखी पुर्वपश्चिम राजमार्ग जोड्ने सडको स्तरोन्नती र उद्योग ब्यवसायको समस्याबारे जानकारी गराएका हुन् ।मुल भन्सार नाका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले २०७५ असोज ७ गते शुभारम्भ गरेका थिए । तर हालसम्म भन्सार विभागले सो भन्सार नाकामा प्लान्ट क्वारेन्टाईन सञ्चालनमा ल्याउन सकेको छैन्,जस्ले गर्दा किसानलाई विउँ विजन, तरकारी लगायतका बनस्तीजन्य पदार्थको क्वारेन्टाईन चेक नभएको कारण देखाउँदै भन्सार हुन नसकिरहेको अवस्थाबारे केन्द्रिय सदस्य भ...
सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग
अर्थ, समाचार, सुस्ता गाउँपालिका

सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग

नवलपरासी,२६ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले अनाधिकृत रुपमा गैरकानुनी ढंगले सामुदायिक बन भित्र रहेको रैपुरवा खोला ठेक्का लगाएको आरोप लगाउदै त्यसलाई रोक्न स्थानियले माग गरेका छन् । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभए पनि सुस्ता गाउपालिकाले खोलाको ठेक्का लगाउन लागेको विरोध गर्दै सुस्ताका समुदायिक बन उपभोतmाहरु डिभिजन बन कार्यालयमा गुनासो लिएर आएका हुन् ।सुस्तामा रहेको रैपुरवा खोलाको ठेक्का नलाउन स्थानिय कालिका सामुदायिक बन उपभोतmा समुहले गत मंसिर २५ गते नै बैठक बसेर निर्णय गरि गाउपालिका लगायनका सरोकारवाला निकायमा जानकारी गराएको तर गाउपालिकाले त्यसबारे वेवास्ता गर्दै ठेक्का निकालेको हुदा रोक्न माग गरिएको निर्णय समेत डिभिजन बन कार्यालयमा बुझाएका थिए । सामुदायिक बन उपभोतmा समुहको यहिँ बैशाख ७ गते बसेको बैठकले सो ठेक्का बदर गराउन सरोकारवाल...
नारायणीमा नदीजन्य पदार्थको अनुगमन गर्न पुग्यो लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोली
अर्थ, समाचार, सुस्ता गाउँपालिका

नारायणीमा नदीजन्य पदार्थको अनुगमन गर्न पुग्यो लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोली

नवलपरासी, २५ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भए पनि सरोकारवाला निकाय मौन भएको स्थानियको आरोप पछि लुम्बिनी प्रदेश सरकारको वातावरण विज्ञ टोलीले स्थलगत अध्ययन गरेको छ । नदीबाट अध्याधिक मात्रामा दोहन भई रहेको भन्दै स्थानियले विरोध गर्दा पनि जिल्लाका सरोकारवाला निकाय मौन रहेको आरोप स्थानियले लगाए पछि अहिले प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको विज्ञ टोलीले स्थलगत अनुगमन गरेको हो ।वातावरण विद निर्मल चौधरीको नेतृत्वमा उतm टोलीले अनुगमन गरेको स्थानियले बताएका थिए । अनुगमनबारे अध्ययन गरि सोको प्रतिवेदन लुम्बिनी प्रदेश सरकार तथा बन तथा वातावरण मन्त्रालयलाई बुझाईने वातावरण विद चौधरीले बताएका थिए । अत्याधिक र अनियन्त्रित दोहनले गण्डक बाँध नै खत्तरामा पर्ने र बाँध भत्कियो भन्ने स्थानिय गाँउ डुबानमा पर्ने जस्ता स्थानिको गुनासो गर्दै आएका थिए । जिल्लाको सुस...
नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको निकासी अनुगमनमा विवाद

नवलपरासी,१३ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन भएको आरोप स्थानियले लगाए पछि अहिले अनुगमनमा विवाद सृजना भएको छ । जिल्ला अनुगमन समितिको अनुगमन पछि गाउपालिकाले आफै अनुगमन गरेको र अहिले स्थानियले गाउपालिकाको अनुगमनमा पनि आँशका गरे पछि आउदो सोमवार पुनः जिल्ला,गाउपालिका सहितको टोलीले अनुगमन गर्ने भएको हो ।सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको भन्दा बढि नदीजन्य पदार्थको दोहन गरिए पछि अनुगमनकारी निकाय प्रति नै आशँका जन्माउदा एक अर्का नियामक निकाय मै विवाद हुने देखिएको स्थानियले जनाएका छन् । नदीबाट अध्याधिक नदीजन्य पदार्थ दोहन भए पछि गाउपालिका बचाउमा लागेको स्थानियले आरोप लगाएका छन् । ठेकेदारको प्रलोभनमा परेर अहिले ठेकेदारलाई बचाउन गाउपालिकाले शुक्रवार अनुगमन गरेको थियो । गाउपालिकाको अनुगमन टोलीले ठेकेदारलाई तोकिएको परिमाणको ९० प...
औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

औद्योगिक क्षेत्रको डुबान समस्याले त्रसित

नवलपरासी,१२ बैशाखजिल्ला स्थित औद्योगिक क्षेत्रका उद्योगबाट हुने बायु प्रदुषण लगायतका समस्या समाधान गर्न तर्फ लागे पनि औद्योगिक क्षेत्रमा अहिले देखिएको डुबान समस्याले उद्योगहरु त्रसित बनेका छन् । सरोकारावाला निकायसँग उद्योग तथा उद्योग बाणिज्य संघका प्रतिनिधिहरुले समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गर्दै आए पनि सुनुवाई नहुदा बर्षायाममा डुबान हुने त्रास उद्योगीहरुमा देखिन थालेको हो । उद्योगबाट निस्कने धुवाँ र धुलोको आन्तरिक ब्यवस्थापन गरिए पनि उद्योग बाहिरबाट हुने डुबान समस्या समाधानको पहल नभएको औद्योगिक क्षेत्रमा लुम्बिनी पेपर मिल्स प्रालिका कर्मचारीले बताए । यसका लागि उद्योग बाणिज्य संघका प्रतिनिधिसँग पनि डुबान नियन्त्रणका लागि आवश्यक जलनिकास बनाउन आग्रह गरेका थिए । त्यसका लागि उद्योगबाट गर्न सकिने सहयोग गर्न तयार रहेको उनीहरुको भनाई रहेको थियो । केही महिना पहिला उद्योग र संघ...
नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको अत्याधिक दोहन,सरोकारवाला निकाय मौन
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नारायणी(गण्डक) नदीबाट नदीजन्य पदार्थको अत्याधिक दोहन,सरोकारवाला निकाय मौन

नवलपरासी,११ बैशाखजिल्लाको नारायणी (गण्डकी) नदीबाट अनियन्त्रित रुपमा नदिजन्य पदार्थ दोहन हुदा पनि सरोकारवाला निकाय मौन रहेको स्थानियले बताएका छन् । सुस्ता गाउपालिकाले नदीजन्य पदार्थ झिक्नका लागि निकास ठेक्का लगाएको ५० गुना बढि नदीजन्य पदार्थको दोहन गरिएको दाबी स्थानियको रहेको छ ।सुस्ता गाउपालिकाले ठेक्का लगाउदा विभिन्न ४ वटा ठेक्का मध्ये १ वटा ६ र ३ वटा ठेक्का १६ नम्बर ठोक्कर नजिकै बाट झिक्न ठेक्का लगाएको छ । सबै ठेक्का मार्फत झिक्नका लागि पनि एक लाख घन फिट भन्दा केही बढि होला,एक स्थानियले भने, तर ठेकेदारहरु र केही स्थानिय खोला तस्करहरु मिलेर ६० लाख घन फिट भन्दा बढि समाग्रि झिकिएका छन् । उनले झिकिएका मालबस्तु भण्डारण नै नगरि सिधै सडक र बाँधका पठाउने हुदा कति परिमाणको झिकियो भन्ने यकिन गर्न गाह्रो छ । तर उनले वि ग्याप बाँध र नेपाल बाँध विचको लिँक बाँधमा मात्रै राखिएको ढुगाँ,गिट्टि र रोडाको य...
कबाडी बोतलको चोरी निकासी नरोकिदा जिल्ला स्थित प्लाष्टिक दाना उद्योग संकटमा
अर्थ, रामग्राम नगरपालिका, समाचार

कबाडी बोतलको चोरी निकासी नरोकिदा जिल्ला स्थित प्लाष्टिक दाना उद्योग संकटमा

नवलपरासी,७ बैशाखनेपालकै पहिलो प्लाष्टिक बोतलबाट दाना बनाउने रामग्राम १० स्थित गणेश ओभरसिज प्रालिको उद्योगमा अहिले कच्चा पदार्थ अभाव हुदा संकटमा परेको छ । सो उद्योगका लागि आवश्यक पर्ने पुरानो पानीको बोतल (कच्चा पदार्थ) को रुपमा चाहिने तर तस्करी भएर भारत तर्फ जादा उद्योग संकटमा रहेको उद्योग ब्यवस्थापनले जनाएको हो ।नेपाल सरकारकै आग्रहमा आफुले नेपालमा ७० करोड लगानी गरि उद्योग लगाइएको जानकारी उद्योगका प्रबन्धक सुधिर शर्माले गराए । उद्योग बाणिज्य संघद्धारा उद्योगका समस्या तथा सुझव संकलन अभियान अन्तरगत उद्योग उपाध्यक्ष गिरीराज पाण्डे तथा बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्त र पत्रकार महासंघका सहसचिव सद्दा हुनेस सहितको टोली उद्योग परिसरमा पुगेर छलफल गर्दा उद्योग ब्यवस्थापनले सो जानकारी गराएको थियो । सरकारको आग्रहमा कम्पनीले पहिला नेपालमा सर्वेक्षण गरेको थियो, उनले भने, सर्वेक्षणमा मासिक २ हजार मे.ट...