महेशपुर भन्सारलाई थप गतिशिल बनाउन संसदको उद्योग तथा बाणिज्य समितिद्धारा अवलोकन
नवलपरासी, ५ बैशाखजिल्ला स्थित महेशपुर भन्सारलाई थप गतिशिल बनाउन संघिय संसद प्रतिनिधि सभाको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्त हित समितिको टोलीले स्थलगत अवलोकन र सुझाव संकलन गरेको छ । मुल भन्सार भए पनि चाहे जति गतिशिल हुन नसकिरहेको अवस्थामा मिनि सँसदको रुपमा हेरिने सरोकारवाला संसदयि समितिको टोलीले स्थलगत अध्ययन तथा सुझाव संकलन गरेको हो ।
समितिका सभापति पुर्व मन्त्री समेत रहेका साँसद अब्दुल खान सहितको उक्त संसदिय समितिले अध्ययन र सुझाव संकलन गरेको भन्सार कर्मचारी तथा सरोकारवाला संघसस्थासँग सुझाव संकलन गरेको थियो । उक्त टोलीमा साँसदहरु कान्तिका सेजुवाल, गणेश पराजुली, रणेन्द्र बराली, रमा कोईराला पौड्याल, रुक्मिणी राना बराईली, रेखा यादव, हेमराज राई सहित संसद सचिवालयका शाखा अधिकृत प्रविन राई,माईक सञ्चालक सागर दाहाल सहितको टोली आएको थियो । सो टोलीले पहिला उद्योग बाणिज्य संघका पदाधिकारीह...










