सुस्ताको रैपुरवा खोला निकासी रोक्न सामुदायिक बन समुहको माग
नवलपरासी,२६ बैशाखजिल्लाको सुस्ता गाउपालिकाले अनाधिकृत रुपमा गैरकानुनी ढंगले सामुदायिक बन भित्र रहेको रैपुरवा खोला ठेक्का लगाएको आरोप लगाउदै त्यसलाई रोक्न स्थानियले माग गरेका छन् । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभए पनि सुस्ता गाउपालिकाले खोलाको ठेक्का लगाउन लागेको विरोध गर्दै सुस्ताका समुदायिक बन उपभोतmाहरु डिभिजन बन कार्यालयमा गुनासो लिएर आएका हुन् ।सुस्तामा रहेको रैपुरवा खोलाको ठेक्का नलाउन स्थानिय कालिका सामुदायिक बन उपभोतmा समुहले गत मंसिर २५ गते नै बैठक बसेर निर्णय गरि गाउपालिका लगायनका सरोकारवाला निकायमा जानकारी गराएको तर गाउपालिकाले त्यसबारे वेवास्ता गर्दै ठेक्का निकालेको हुदा रोक्न माग गरिएको निर्णय समेत डिभिजन बन कार्यालयमा बुझाएका थिए । सामुदायिक बन उपभोतmा समुहको यहिँ बैशाख ७ गते बसेको बैठकले सो ठेक्का बदर गराउन सरोकारवाल...










