भारतिय होचो गेट र नेपाली होचो पुल महेशपुर भन्सारलाई बाधक
नवलपरासी,८ भदौभारतिय होचो प्रवेशद्धार(गेट) र नेपालको होचो पुलले भन्सारलाई राजस्वको लक्ष्य प्राप्तीलाई प्रभावित पारिरहेको महेशपुर भन्सारले जनाएको छ । सो नाकामा रहेको भारतीय ठूठीबारी बजारको गेट र भन्सारबाट नेपाल प्रवेश गर्ने महेशपुर—परासी—सुनवल सडकमा पर्ने भक्सिपुरको होचो पुलले ठूला सवारीसाधनमा लोड गरि आउन नसक्ने हुदा त्यसको असर कम भन्सार उठ्ने भन्सार कार्यालयले जनाएको हो ।
छोटी भन्सार भएकै बेला पुल र गेट दुबै बनेको संरचना ठूलो भन्सार भएको ५ बर्ष वित्दा पनि संरचनाको स्तरोन्नती नहुदा भन्सारलाई असर पारेको भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बताए । भारतबाट आउने ठूला र अग्लो मालवाहक सवारीसाधनलाई पहिला भारतको गेटले नै छेक्छ,उनले भने, कतैबाट प्रवेश गरि नै हाल्यो भन्ने नेपालको झरहीखोला भक्सिपुरको होचो पुल भएर ति गाडी जान नसक्ने अवस्था देखाउदै धेरै ब्यपारीहरुले गुनासो गर्ने गरेको उनले स...










