क्रसर उद्योगमा प्रशासनको ’एक्सन’
नवलपरासी,२५ चैत्रलुम्बिनी प्रदेशका अवैध क्रसर उद्योगहरू तत्काल बन्द गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै जिल्ला भित्र सञ्चालिन क्रसर प्रति स्थानिय प्रशासनले निगरानी बढाएको छ । मन्त्रालयको परिपत्र पछि स्थानीय प्रशासनले जिल्लामा सञ्चालित साना तथा ठूला क्रसर उद्योगहरूमाथि निगरानी बढाएकोे हो ।जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीपक राज नेपालले जिल्लामा सञ्चालित क्रसर उद्योगहरूले कानुनी मापदण्ड पूरा गरे÷नगरेको विषयमा सूक्ष्म निगरानी सुरु गरिएको जानकारी गराए । प्रजिअ नेपालका अनुसार “हामीले जिल्लाका सबै क्रसर उद्योगहरूको कागजात र सञ्चालन प्रक्रिया माथि निगरानी बढाएका छौँ,“ उनले भने, “अनुगमनका क्रममा नियम विपरीत सञ्चालन भएको पाइएमा कानुन बमोजिम तत्काल कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’द काउन्सिल अफ जेन्जी लुम्बिनी’ ले लुम्बिनी प्रदेशका १२ जिल्लामा ठूलो संख्यामा अवैध क्रसर उद्योगहरू सञ्चालन ...










