जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी
टिकाराम गैरे
नवलपरासी,५ चैत्रनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवाद सृजना भएको छ । जग्गाको कारोबार गर्दा सझेदार हुन कि मध्यस्थकर्ता भन्ने विषयलाई लिएर विवाद देखिएको हो ।।आफ्नै व्यावसायिक साझेदारसँग छल गरी रकम घोटाला गरेको आरोप लगाउदै भण्डारीका साझेदारले पत्रकार सम्मेलन गरि न्यायको याचना गरेका थिए । साथै उनले कानुनी उपचारको बाटो खोज्दै न्यायिक छानबिन तर्फ पनि अगाडी बढने साझेदारले बताएका थिए । त्यसका लागि आफुले प्रमाण संकलनमा लागेको सम्मेलनमा जानकारी गराएका थिए । उनका अनुसार जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले विहिवार परासी प्रेस क्लबमै आएर पत्रकार सम्मेलन गरि भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप थिए ।ज्ञवालीका अनुसार, सुनवल–४ निवासी देवी गौतम र सरिता भण्डारी...










