परासी हाट बजारको डिपिआर नपाए पछि जिसस गुहार्दै ब्यवसायी
नवलपरासी,२ मंसिरजिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी हाटबजारमा केही ब्यतिmले अतिक्रमण गरिरहेको भन्दै ब्यवसायीले बजारको विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) माग गर्दा नपाए पछि जिल्ला समन्वय समितिलाई गुहारेका छन् । हाट बजार ब्यवसायी राधेश्याम अग्रहरीले रामग्राम नगरपालिकासँग बजारको डिजाईन सहितको डिपिआर कातिक १५ गते नै माग गरेको तर हालसम्म उपलब्ध नभए पछि उनी सोमवार जिससमा निवेदन दर्ता गराएका हुन् ।अतिक्रमण नरोक्ने डिपिआर र डिजाइन पनि सार्वजनिक नगर्ने नगरपालिकासँग लिखित निवेदन दिई आफुले बजारको डिपिआर माग गरिएको तर नगरपालिकाले सो डिपिआर उपलब्ध नगाए पछि आफुले जिससमा निवेदन दर्ता गराएको अग्रहरीले बताए । सार्वजनिक सम्पतिको सुरक्षा र संरक्षण गर्ने निकाय नगरपालिका नै हो, उनले भने,तर संरक्षण भन्दा अहिले अतिक्रम्ण भई राख्दा मौन देखिएको छ । कानुनी प्रकृया अपनाई अतिक्रमण रोकाउनका लागि आफु बजारको डिपिआ...









