थारु साँस्कृतिक पार्कमा थपिदै पुर्वाधार,उत्साही थारु समुदाय
नवलपरासी,१० भदौस्थानियको सक्रियतामा शुरु भएको जिल्लाको सरावल २ मनरी स्थित थारु साँस्कृति पार्कमा पुर्वाधार थपिदै गएको छ । संघिय सरकारको लागनी भएर उतm थारु साँस्कृतक पार्कमा थारु एकेडेमी सहितको दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
स्थानियबासीसँगै सरावल गाउपालिकाले समेत पार्क ब्यवस्थित गराउन लगानी गर्न थाले पछि संघिय सरकारबाट समेत बजेट लगानी भएर अहिले दुई वटा भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउपालिकाले जनाएको थियो ।शुरुमा चरन क्षेत्र रहेको उतm स्थानमा स्थानियबासी वृक्षारोपण गरेका थिए, अहिले त्यही वृक्षारोपण क्षेत्र पार्कमा परिणत हुन थालेकोले स्थानियबासी उत्साही पनि बन्दै गएका छन् । पार्कमा पुर्वाधार बन्दै छ, गाउपालिकाका अध्यक्ष सुखाडी चौधरीले भने, पुर्वाधार विकासका लागि लगानी हुन थाले पछि मुर्तरुप पाउने भएको छ ।पार्क ब्यवस्थानमा स्थानिय सक्रिय भए पछि अहिले संघि...










