पण्डितपुरमा उत्खनन हुदा भेटियो स्क्वायर दरबारको भग्नावेश
नवलपरासी,२९ पुसप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबार भेटिन थालेको छ । गत पुस १३ गते देखी पुरातत्व विभागको टोलीले शुरु गरेको दोश्रो चरणको उत्खनन गर्दा प्राचीन स्क्वायर दरबारको भग्नावेश भेटिन थालेको हो ।
दुई साता देखी निरन्तर भई रहेको उत्खननमा अहिले पनि उत्खनन स्थलको दक्षिण,पश्चिम र उत्तर क्षेत्रको भुमि भित्र दरबारको मोटा मोटा पर्खाल रहेको संकेत पनि गरेको उत्खनन टोलीले देखाएको थियो । करिब डेढ कट्ठा क्षेत्रफलमा उत्खनन गर्दा सो क्वायर भवनहरु मेटिन थालेका छन् । करिब सो भवनको ५ कट्ठा क्षेत्रफलमा फैलिएको हुन सक्ने अनुमान गरिएको छ । पण्डितपुरमा उत्खनन गर्दा अहिलेसम्मकै ठूलो क्षेत्रफलमा फैलिएको भवनको भग्नावेश भेर्टिएको टोली प्रमुख समेत रहेका पुरातत्व विद भास्कर ज्ञवालीले बताए । रामग्राम नगरपालिकाले यो क्षेत्रला...










