होलीमा डिजे बजाउन प्रशासनद्धारा प्रतिबन्ध लगाउदै सुचना जारी

नवलपरासी,२६ फागुन
फागुपुर्णिमामा मनाई होलीलाई लक्षित गरि जिल्ला प्रशासनले डिजे नबजाउन प्रतिबन्ध लगाएको छ । होली मार्यादापुर्वक मनाउने सुचना जारी गर्दै सो सुचनामा डिजेलाई नबजाउन निर्देशनात्मक आग्रह गरेको हो ।


होली पर्व मनाउने क्रममा कसैको इच्छा विपरित जबरजस्ती रँग लगाउने,लोला वा पानी लगायत दुषित पदार्थ छ्याप्ने,नसालु पदार्थ सेवन गरि सवारी साधन चलाउने,सार्वजनिक स्थलहरुको रँग रुप बिगार्ने,चर्को आवाजका डिजे बजनाउने,हो हल्ला गर्ने,कुनै ब्यतिmको निजी जिवनमा असर पर्ने गरि साम्प्रदायिक वा धार्मिक सदभावमा असर पर्ने खालका गतिविधि नगर्न गराउन सार्वजनिक सुचना जारी गरिएको छ । सुचना विपरितका कार्य गर्ने जो कोही,ब्यतिm वा समुहलाई कानुन अनुसार कारवाही गरिने चेतावनी समेत दिइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *