बर्दघाट नगरपालिका

वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

वर्दघाटको संसारकोटलाई पर्यटकिय क्षेत्र चिनाउन थपिदै जैविक पर्यटन पुर्वाधार

नवलपरासी,२५ जेठ,जिल्लाको वर्दघाट नगरपालिकाले ससाँरकोट पर्यटकिय क्षेत्रको रुपमा चिनाउदै पर्यटन क्षेत्रको विकासका लागि जैविक पर्यटकिय पुर्वाधार बनाउने कार्य गर्न थालेको छ । संसारकोट सामुदायिक बन क्षेत्र भित्रका जलासयहरुलाई सिमसार क्षेत्रको रुपमा विकास गर्ने र त्यसलाई पर्यटकिय गन्तब्य बनाउन जैविक पुर्वाधार थप्ने कार्य गर्न थालेको हो ।विभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्ने कार्य भई रहेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाए । यसका लागि प्राकृतिक सौन्र्यतालाई नविग्रिने गरि अतिआवश्यक बाहेक अधिकाँस पुर्वाधार जैविक हुने उनले बताए । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको छ ।जलासयमा बन्ने पुल,कलभर्ट समेत काठ र बाँसको प्रयोग गर्ने गरिएको छ,उनले भ...
सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

सँसारकोटलाई पर्यटन तथा आर्थिक क्षेत्रको रुपमा विकास गर्न वर्दघाट सरकार सक्रिय

नवलपरासी,२० जेठविभिन्न नयाँ र रचनात्मक कार्य गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले पहाडी क्षेत्र सँसारकोटलाई पर्यटन तथा पहाडी आर्थिक क्षेत्रको रुपमा विकास गर्न सक्रिय भएको छ । नगरक्षेत्रको सँसारकोट एक छुट्टै पहिचान बोकेको क्षेत्र रहेको हुदा सो क्षेत्रको विकासमा क्रियाशिलता देखाएको हो ।तराई मधेश र पहाड तिनवटै भुगोल जोडिएको वर्दघाट नगरपालिकाले क्षेत्रगत रुपमा साधन स्रोत र सामथ्र्यको अवस्था विश्लेषण गरि योजनबद्ध तरिकाले काम गर्दै आउने क्रममा पहाडी क्षेत्रलाई पनि आर्थिक क्षेत्रसँग जोडिन सकिने आधार तयार गरि सो क्षेत्रमा पुर्वाधारको पहुँच पुर्याउन लागिएको नगरपालिकाले जनाएको छ । नगरको सन्तुलित विकास गरेर मात्र नगर समृद्ध हुने मान्यता राखेर नगरपालिकाले काम गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठ र उपप्रमुख रुद्रप्रकाश उप...
वर्दघाटमा छात्रवृति दिवसको घोषणा
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

वर्दघाटमा छात्रवृति दिवसको घोषणा

नवलपरासी,१९ जेठजिल्लाको वर्दघाट नगरपालिकाले प्रत्येक बर्ष विश्व बालश्रम विरुद्धको दिवस जेठ २९ गते जुन महिनाको १२ तारेखलाई नगरपालिकाको छात्रवृति दिवसको रुपमा मनाउने घोषणा गरेको छ । नगरक्षेत्र भित्रका बालबालिकालाई छात्रवृति पनि वितरण गर्ने र दिवस पनि मनाउन सक्ने भएको हुदा सो घोषणा गरिएको हो ।छात्रवृति वितरण कार्यविधिले समेटने विद्यार्थीको छनौट गर्ने र छावृति वितरण गरिने गरि दिवसको घोषणा गरिएको प्रमुख प्रशासकिय अधिकृत कृृष्ण प्रसाद सापकोटाले जानकारी गराए । शिक्षा,युवा तथा खेलकुद शाखासँग समन्वय गरि सम्बन्धित सबै विद्यालयले विवरण उपलब्ध गराउने छन् । सो कार्यकाका लागि जनप्रतिनिधि,कर्मचारी र शिक्षासँग सम्बन्धित विभिन्न समितिहरुले छात्रवृति वितरण गर्नेको अनुगमन समेत गर्ने छन् । जिल्लामा सम्भवतः पहिलो नगरपालिका हो,जस्ले एकै दिन दिवस पनि मनाउने र छात्रवृति वितरण गर्नेछ । यसले अन्य नगरपालिका र गाउपाल...
वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र
कृषि, बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले सञ्चालनमा ल्यायो कृषि उपज संकलन तथा विक्रि केन्द्र

नवलपरासी,३ जेठजिल्लाको वर्दघाट नगरपालिकाले सम्भवतः जिल्लामा पहिलो पटक किसानको उत्पादन आफै खरिद गरिदिइने गरि कृषि उपज संकलन तथा विक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । नगरक्षेत्र भित्र तरकारी फलफूल लगायतका कृषि जन्य उत्पादन गर्ने कृषकहरुलाई राहत पुग्ने गरि सो केन्द्र सञ्चालनमा ल्याएको हो । कृषकको उत्पादन खेर नजाओस र कृषकलाई प्रोत्साहित गर्ने गरि कार्यविधि कानुन नै पास गरेर यस्तो कृषि उपज संकलन केन्द्र सञ्चालनका लागि बुधवार देखी संकलन कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । जिल्लाको सम्भवतः पहिलो पालिका हो,उनले भने,विधि पुर्वक किसानको उत्पादन नगरपालिकाले उचित मुल्यमा खरिद गरिदिइने र उपभोतmालाई विक्रि वितरण गरिदिईने गरि काम अगाडी बढाएको छ । रेडक्रसको भवन भाडामा लिई तत्काललाई संकलन केन्द्र सञ्चालनमा ल्याएको बताउदै उनले अगामी दिनमा यसलाई ब्यवस...
हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा
पर्यटन, बर्दघाट नगरपालिका, समाचार

हल्लिदावसन नगर(बुद्धमँगल) तालमा शुभारम्भ गरियो ढुगाँ परिक्रमा

नवलपरासी,१० बैशाख,जिल्लाको वर्दघाट नगरपालिका १२ दबिला स्थित बुद्ध मंगल तालमा खुट्टाले चलाउन मिल्ने डुगाँ चलाएर ताल भित्र बुद्ध दर्शन र परिक्रमणको ब्यवस्थापन नगरपालिकाले गरेको छ । स्थानिय स्तरमा बुद्धमंगल ताल भनेर चिनिने प्राचिन कोलिय गणराज्य अन्तरगतको हल्लिदावसन नगर क्षेत्रमा पर्यटक आकर्षित गर्न बुद्धमंगल तालमा ढुगाँले बुद्ध परिक्रमा गर्ने ब्यवस्थान गरिएको हो ।प्राचिन इतिहास बोकेको उतm ताल क्षेत्रमा आउने पर्यटक टाढाबाट मात्र बुद्ध दर्शन गरेर फर्कने समस्या भएको र तालमा पनि केही क्षण रमाईलो गर्ने उदेश्यले दुई वटा ढुगाँ हालिएको नगरपालिको जनाएको छ । एक कार्यक्रम विच वर्दघाट नगरपालिकाका नगरप्रमुख सम्भुलाल श्रेष्ठले सो ढुगाँको शुभारम्भ गरेका थिए । पर्यटकिय तथा अध्यात्मिक क्षेत्र रहेको उतm ताल क्षेत्रलाई गत बर्ष तत्कालिन नगरप्रमुख धिरज बस्यालले बौद्ध भिच्छुहरुको उपस्थितीमा प्राचिन हल्लिदावसन नगर ...
बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट
अर्थ, बर्दघाट नगरपालिका, समाचार

बजेट अधिवेशन गर्न नगरसभाको तयारीमा जुट्दै वर्दघाट

नवलपरासी,९ बैशाख,जिल्लाको वर्दघाट नगरपालिकाले अगामी नगरसभाको तयारीसँगै नगरसभामा प्रस्तुत गरिने आर्थिक बर्ष २०८०÷०८१ का लागि बजेट कार्यक्रम र त्यसको लागि योजना तजुर्मा गर्ने कार्यसुचि सार्वजनिक गरेको छ । नगरकार्यपालिकाको निर्णय अनुसार सो कार्ययोजनाले आम जनसमुदायको बढी भन्दा बढी सहभागिता गराउने उदेश्यले सार्वजनिक गरेको हो ।लोकतान्त्रिक मुल्यमान्यता र पार्दर्शिता अभिवृद्धि गराउने र जनसहभागिता बढाउनका लागि कार्यसुचि सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जनाकारी गराए । कार्यसुची अनुसार सबै नगरबासीले कुन दिन के हुदैछ,भनेर थाहा पाउनेछन्,उनले भने,त्यसमा सहभागि भई आफ्नो सुझावहरु राख्ने छन् । यसले नगरसभामा प्रस्तुत गरिने कार्यक्रमहरु बढि भन्दा बढि प्रभावकारी हुने विश्वास लिईनेको उनको भनाई थियो । नगरको विकासमा नगर सरकारको नेतृत्व हो,तर विकासमा नगरराज्यका नागरिक स...
विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

विद्यालय शैक्षिक सुधारका लागि वर्दघाटमा थपियो‘आत्मसम्मानका लागि शिक्षण सिकाई अभियान’

नवलपरासी,३० चैत्रनगरपालिका भित्र नयाँ नया अभियान सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले दुई वटा अभियान थप गरेको छ । विगत केही महिन देखी नगरक्षेत्रमा चल्दै आएको मुख्य १० अभियानमा वृद्धि गरि दुई वटा अभियान थपिएको हो ।कुनै पनि कार्यक्रम अभियान मुखी रुपमा सञ्चालन गर्दा कार्यक्रम प्रभावकारी हुदै गरेकोले अभियानको रुपमा सञ्चालन गर्दै आएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । अभियानको रुपमा घोषणा गरिए पछि सम्बन्धित सरोकारवाला शाखा,जनप्रतिनिधि तथा नागरिकहरुले पनि आफ्नो दायित्वबोध गर्ने गरेको उनले आफ्नो अनुभव सुनाए । बजेट खर्चने र डकुमेण्टटेसन गर्ने उदेश्य राखेर कार्यक्रम गर्ने हुदा त्यस प्रति सहभागिहरुलाई मात्र जानकारी हुन्छ,उनले भने,तर त्यही कार्यक्रमलाई निरन्तताका लागि अभियानको रुपमा घोषणा गर्ने,निरन्तर फ्लो गर्ने कार्य गरियो भन्ने ति कार्य दिर्घाकालि...
बजार सुन्दर सफा बनाउन विद्युत पोलमा देखिने केबुल तारका गुजुल्टा हटाउदै वर्दघाट नगरपालिका
बर्दघाट नगरपालिका, समाचार, समाज

बजार सुन्दर सफा बनाउन विद्युत पोलमा देखिने केबुल तारका गुजुल्टा हटाउदै वर्दघाट नगरपालिका

नवलपरासी,२५ चैत्रजिल्लाको वर्दघाट नगरपालिकाले वर्दघाटका विभिन्न बजारमा अब्यवस्थित रुपमा रहेका इन्टरनेट,केबुल,टलिकल लगायतका तारहरु पोलमा ब्यवस्थित गर्न अग्रसरता देखाएको छ । पटक पटक नगरपालिकाले ति तारहरु ब्यवस्थित गर्न सम्बन्धित संस्था र कार्यालयहरुलाई आग्रह गर्दा पनि अटेरी गर्न थाले पछि आफ्नै नगर प्रहरी खटाएर ब्यवस्थापनमा जुटेको हो ।तारको गुजुल्टोले नगरका बजारहरु फोहोर देखिन थालेको हुदा त्यसलाई ब्यवस्थापकिय जिम्मेवारी लिई ब्यवस्थापन गर्ने कार्य शुभारम्भ गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । तारको गुजुल्टोबारे बेला बेला सार्वजनिक सुनुवाईमा पनि नागरिकले कुरा उठाउदै आएका थिए,उनले भने, तार ब्यवस्थित गर्नका लागि ६ महिना पहिला देखी नै पटक पटक लिखित पत्राचार गर्ने कार्य पनि भएको थियो । सम्बन्धित संघसस्थालाई नगरपालिकामा उपस्थित गराएर ब्यवस्थापन गर्न आग्रह गरिएको थ...
वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान
बर्दघाट नगरपालिका, समाचार, संस्कृति

वर्दघाट नगरमा प्राज्ञिक गतिविधिमा अग्रसर प्रज्ञा प्रतिष्ठान

नवलपरासी,१३ चैत्रजिल्लाको वर्दघाट नगरपालिकाले यसै बर्ष गठन गरेको वर्दघाट प्रज्ञा प्रतिष्ठानले पाएको जिम्मेवारी अनुसार आफ्नो कार्यक्षेत्रमा अग्रसरता बढाएको हो । मासिक रुपमा वर्दघाट नगरपालिकाले प्रकासित गर्ने गरेको मासिक प्रगति प्रतिवेदनमा समेत प्रज्ञा प्रतिष्ठानले गर्ने गरेको कार्यक्रम तथा निर्णय गरि कार्यान्वन गर्दै आएका योजनाहरु समावेश गराएको हो ।वर्दघाट नगरपालिकाले प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन नै बनाएर गठन गरि कामको जिम्मेवारी प्रदान गरेको झण्डै पाँच महिनामै प्रज्ञा प्रतिष्ठानले गाँउ गाँउ र टोल टोलमा आफ्नो प्राज्ञिक कार्यलाई तिब्रता दिइएको प्रतिष्ठानले जनाएको छ । प्रज्ञा प्रतिष्ठानले विभिन्न विधागत रुपमा जिम्मेवारी र संयोजक समेत तोकेर काम गर्ने गरिएको प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमिीले जानकारी गराएका थिए । प्रज्ञा प्रतिष्ठान गठन भएको एक बर्ष पनि भएको छैन्,उनले भने,तर प...
प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क
बर्दघाट नगरपालिका, शिक्षा, समाचार

प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय चिटिक्क

नवलपरासी,९ चैत्र,जिल्लाको वर्दघाट नगरपालिकाका विद्यालयहरुमा ‘हाम्रो दुई मिनेट’ ले विद्यालय चिटिक्क बनेको छ । सफा वर्दघाट हरियाली बर्दघाट अभियान अन्रतगत नै नगरपालिका भित्र विद्यालयहरुमा हाम्रो विद्यालयको सुन्दरताका निम्ति प्रत्येक दिन ‘हाम्रो दुई मिनेट’ कार्यक्रमले विद्यालय सफा चिटिक्क बनेका हुन् ।दुई महिना देखी नियमित रुपमा सामुदायिक तथा सस्थागत धार्मिक मदरसा जस्ता सबै शैक्षिक सस्थालाई पनि सफा सुग्घर बनाउने सफाई गरिएको छ । फूल,विरुवाले सजावट गर्दै हराभार बनाउने कार्य गर्नका लागि विद्यालय लक्षित ‘हाम्रो दुई मिनेट’ कार्यक्रम लागु गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । गरे हुदोरहेछ,उनले भने,यस्को उदाहरण विद्यालयलाई हेर्न सकिन्छ । पहिला बालबालिकालाई केही गर्न लगाउनु हुदैन् भन्ने मान्यता तोड्दै यस्ता कार्यमा बालबालिकालाई नै अभिप्रेरित गर्नु पर्छ । सरसफा...