भारतिय पश्चिमी गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्न स्थानियको माग
नवलपरासी,१२ पुसनेपाल गण्डक बाँध अन्तरगत भारतिय मुख्य पश्चिम गण्डक नहरको सडक मर्मत तथा फराकिलो गर्नु पर्ने माग स्थानियले गरेका छन् । नहरको छेउमा रहेको सडकहरुको मर्मत सम्भार नहुदा र सडक फराकिलो नगर्दा दुर्घटना हुने क्रम बढेको हुदा सरोकारवालासँग स्थानियले माग गरेका हुन् ।भारतयि गण्डक नहर नेपालको गण्डकी प्रदेशको त्रिवेणीधाम देखी सुस्ता गाउपालिका हुदै प्रतापपुर गाउपालिकाको झुलनीपुरसम्म झण्डै १९ किलोमिटर दुरी नेपाली भुमि भएर भारतको उत्तर प्रदेश जान्छ । नहर निर्माण हुदा नहरको डिलमा र नहरको छेउ भएर दुई÷दुई लैनको पक्कि सडक थियो,तर अहिले नहर छेउको सडक पुर्णतः जिर्ण भई सकेको सुस्ता गाउपालिकाका स्थानिय रामु अर्यालले बताए । माथिल्लो डिलको सडक पनि मर्मत भएको दशक भयो,उनले भने,धेरै स्थानमा सो सडक पनि भत्किसेको छ । जिर्ण भई सकेको छ । यसले दुर्घटना निम्त्याएको छ । सडककै कारण दर्जनौ ब्यतिm दुर्घटनामा परेर ज्...










