गण्डक नहरको मुहानमा ३५ करोड लागतको बालुवा छान्ने पोखरी बन्दै
नवलपरासी,२० पुसनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीमा निरन्तर बालुवा जम्ने(सिल्टेसन)को समस्या समाधान गर्ने गरि बालुवा छान्ने पोखरी (डि—सेल्टिगँ बेसिन) बन्ने कार्य शुरु भएको छ । सिचाई ब्यवस्थापन कार्यालयले सो कार्यका लागि ठेक्का गर्नका लागि टेण्डर गरेको र टेण्डर स्वीकृत भई ठेकेदारले काम समेत शुरु गरे पछि नहरमा बालुवा जम्ने समस्या हल हुने भएको हो ।सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहको निरन्तरको पहलले बालुवा जम्ने समस्या हल गर्नका लागि सिचाई विभाग तयार भए पछि अहिले सो कार्य सम्भव भएको ब्यवस्थापन कार्यालयले जनाएको हो । नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयको प्रमुखमा शाह हाजिर भए देखी केही न केही नौलो कार्य गर्दै आएका छन् । आउने बर्ष नै विगत ४० बर्षको परम्परा तोड्दै भारतिय नहर भन्दा नेपाली नहरमा एक महिना पहिला पानी प्रवाह गर्न लगाएका थिए ।दोश्रो बर्ष गण्डक परियोजन...










