खोरेत रोग उन्मुलनका लागि अभियान सञ्चालन गर्दै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय
नवलपरासी,५पुसराष्ट्रिय रुपमा पशुमा लाग्ने ‘खोरेत रोग उन्मुलन कार्यक्रम’लाई निरन्तरता दिदै जिल्ला भित्रका गाईभैसीमा खोरेत भ्याक्सिन लगाउने अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले सो अभियान सञ्चालन गर्न तयारीमा जुटेको हो ।खुल्ला सिमानाका कारण यो जिल्ला खोरेत रोगबाट प्रभावित हुने जिल्ला भएको हुदा कार्यालयले नेपाली किसानका गाईभैसी सबैलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाईने छ । भ्याक्सिन बाहेक किसानमा जनचेतना जगाउन पनि आवश्यक रहेको विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जानकारी गराए । जिल्ला भित्रका सबै किसानको घरमा भएका गाईभैसी र बाच्छाबाच्छी पाडापाडीलाई भ्याक्सिन लगाउने उनको भनाई छ । सिमावती जिल्ला भएको कारण भारतबाट पनि अनियन्त्रित रुपमा पशुहरु भित्रिने गरेका छन्,प्रमुख चौधरीले भने,त्यसका लागि सिमावर्ति किसानलाई जनचेतना पनि जगाउन आवश्यक छ ...










