सरावलले सञ्चालन गर्यो विद्यार्थी भर्नासँगै आमा अभिभावकलाई अभिभावक शिक्षा कार्यक्रम
नवलपरासी,२७ बैशाख,जिल्लाको सरावल गाउपालिकाले विद्यालयमा भर्ना अभियानसँगै आमा अभिभावक शिक्षा कार्यक्रम समेत सञ्चालन गरेको छ । बालबालिकासँग सबै भन्दा नजिक रहने आमा अभिभावकलाई नै जागरुक बनाउदै शैक्षिक सुधारका अभियान चलाउन सकिने निष्कर्ष निकाल्दै गाउपालिकाले सो अभियान सञ्चालन गरेको हो ।
विद्यालयमा बालबालिका भर्ना गरे पनि सामुदायिक विद्यालयका अभिभावकहरु आफ्नै बालबालिकाको आवश्यकता पठन पाठन प्रति निगरानी लगायतका कुरामा ध्यान नदिईने हुदा यस्तो आमा अभिभावक शिक्षा सञ्चालन गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । पहिलो चरणमा अभिभावक मध्ये आमा अभिभावकहरुको छनौट गरि एक दिने कक्षा सञ्चालन गरिएको हो,अध्यक्ष चौधरीले भने,यसले आमाहरु आफ्नो बालबालिका प्रति पठन पाठन तथा शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने गरि प्रतिवद्धता समेत जनाएका छन् ।
आमा अभिभावक शिक्षा कक्षा कार्यक्रममा सहभा...










