थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार
नवलपरासी,७ साउनजिल्लाको सरावल गाउपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययनमा लागेको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययनमा लागेको हो ।थारु साँस्कृतिक पार्क निर्माणका लागि विगत डेढ दशक देखी खिचडी महोत्सव हुने गरेको सरावल २ मनरी गाँउ नजिकै पार्क बनाउने गरि स्थानको खोजी र सम्भाब्यता अध्ययन भई रहेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । उनले विगत बर्ष देखी थारुको महत्वपुर्ण चाडपर्वको रुपमा माघी खिचडी मनाउने र सो अवसरमा मेला महोत्सव समेत मनरी स्थित जनता माध्यमिक विद्यालयको परिसर भित्र हुदै आएको छ । तर अहिले मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न...










