Author: Bechu Gaud

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न

नवलपरासी,२८ मंसिररामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको हो ।विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए । उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी ...
रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

रामग्राम स्तुपमा रहेको भगवान गौतमबुद्धको अष्टधातुको विशेष पुजाको अयोजना गर्दै रामग्राम विकास कोष

नवलपरासी,२७ मंसिररामग्राम विकास कोषले भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा समारोहको आयोजना गर्ने भएको छ । विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा गरिने कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका हुन् ।उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले डिसेम्बर ११ र १२ २०२४ (मंसिर २७ र २८ गते) रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गर्न लागेको छ । यो एकता, शान्ति, र भक्ति समारोह हो, जसमा विश्वभरका गुरूहरू, भिक्षुहरू, र आध्यात्मिक नेताहरू उपस्थित भएर विशेष अनुष्ठान गर्ने र आफ्नो ज्ञान बाँड्ने छन् । सो दिनलाई महत्वपुर्ण र विशेष बनाउनका लागि हुने प्रमुख आकर्षणहरूमा, विश्वकै ठूलो नाग पूजा समारोह गरने छ । जस्को दिव्य शक्तिलाई सम्मान गर्दै आशीर्वाद प्राप्त गर्ने गहन अनुष्ठान गर...
करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो
कृषि, नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

करोडको सिचाई आयोजनाका पर्खाल सञ्चालनमा नआउदै चर्कियो

नवलपरासी,२५ मंसिरजिल्लाको रामग्राम ८ स्थित झरहीखोला लिफ्ट सिचाई आयोजना सञ्चालनमा नआउदै भास्सिएर जग चर्किएको छ । सञ्चालनमा नआउदै जग चक्रिनु सिचाई डिभिजन कार्यालयले तयार गरेको उतm आयोजनाका कामको गुणस्तर माथि प्रश्न उठेको र यसको अनुसंधान गरि समाधान खोज्न समेत लुम्बिनी प्रदेश सभा सदस्य(प्रदेश साँसद) बैजनाथ जैसवालले माग गरेका हुन् ।उतm आयोजनामा प्राविधिक कमजोरी हो,कि निर्माण कम्पनीको लापर्वाही हो ? त्यसको अनुसंधान हुनु पर्छ,उतm आयोजनाको अवलोकन गर्दै प्रदेश साँसद जैसवालले भने, दोषीलाई कारवाही र आयोजनाको मर्मत सम्भार गराउन आफु सरकारसँग माग गर्छु । सो आयोजनाका लागि यो बर्ष पनि बजेट बिनियोजन गरिएको समेत उनले जानकारी गराएका थिए । स्थानिय किसानलाई सिचाई गर्न सहज होस,सिचाई समस्या समाधान होस भनेर आफुले लिफ्ट सिचाईको पहल गरेको थिए,प्रदेश साँसद जैसवालले भने,तर यसमा इन्जिनियर,प्राविधिक र सिचाई डिभिजन कार्...
रामग्राम कुष्टरोग प्रभावित नागरिकका लागि स्वम्सेवक समुह गठनका लागि अभिमुखीकरण
रामग्राम नगरपालिका, समाचार, स्वास्थ्य

रामग्राम कुष्टरोग प्रभावित नागरिकका लागि स्वम्सेवक समुह गठनका लागि अभिमुखीकरण

नवलपरासी,२५ मंसिरलुम्बिनी प्रदेश सरकारले उपेक्षित उष्णप्रदेशिय रोग(कुष्टरोग र हात्तिपाईले रोग) प्रभावित नागरिकका लागि स्वाम् हेरचाह समुह गठन,ब्वस्थापन तथा परिचालन सम्बन्धि कार्यविधि २०८१ पास गरे पछि त्यसको कार्यान्वयनका लागि स्थानिय तहलाई अभिमुखीकरण गर्ने कार्य भएको छ । रामग्राम नगरप्रमुख धनपत यादवको अध्यक्षतामा भएको उतm अभिमुखीकरण कार्यक्रममा कार्यविधि बने अनुसार वास्तविक पिडित परिवार समक्ष सेवा प्रवाहका लागि स्थानिय सरकारलाई जानकारी गराउने कार्य भई रहेको संविधानसभा सदस्य विक्रम खनालले जानकारी गराएका हुन् ।सो कार्यविधि अनुसार कुष्टरोग र हात्तिपाईले रोग लागेका विरामी तथा उनका परिवारको घरदैलोमा पुगेर सेवा प्रवाह गर्नु पर्नेछ । त्यसको दायित्व स्थानिय सरकारको समेत रहेको छ । संविधानसभा सदस्य खनालका अनुसार कार्यविधि अनुसार स्थानिय तहमा प्रमुख संयोजक,उपप्रमुख सहसंयोजक,समाजिक विकास समितिको संयोजक...
प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगरमा पनि फेला पर्यो लोपोन्मुख कोलवृक्ष
पर्यटन, रामग्राम नगरपालिका, समाचार

प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगरमा पनि फेला पर्यो लोपोन्मुख कोलवृक्ष

नवलपरासी, २५ मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा समेत लोपोन्मुख कोलवृक्ष फेला परेको छ । कोलवृक्षले नै कोलिय गणराज्यको नामाकरण भएको र उतm गणराज्यको राजधानी क्षेत्रमा दुर्लभ मानिने कोलवृक्ष कुलोहरुमा रहेको झाडीमा भेटिएको हो।स्थानियले समान्य झाडी भन्दै काट्दै फाल्दै गरेको तर अहिले कोलवृक्ष नै रहेको पहिचानमा आएको स्थानियले देखाए । यहाँका स्थानियबासीलाई यो झाडीबारे जानकारी नै थिएन्, त्यही भएर विगत बर्ष देखी नै उतm झाडी काट्दै पाल्दै आउने गरेका थिए । अहिले ति राजधानी क्षेत्रमा पुरातत्व विभागले उत्खनन समेत गरिरहेको छ । उत्खननको क्रममा सो स्थानको पहिचय गराउदा कोलवृक्षको समेत परिचयात्मक कार्य गर्दा त्यस्ता झाडीदार रुदहरु कुलो किनारमा भएको देखाए पछि ति क्षेत्रका कोलवृक्ष संरक्षण गर्नु पर्ने स्थानियले महशुस गरेका छन् । रुखको आधा भाग काट्दा समेत बचेका भाग देखाउदै एक स्थान...
नेपाल गण्डक नहरमा हिउँदेबालीलाई पानी प्रवाह नहुने
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

नेपाल गण्डक नहरमा हिउँदेबालीलाई पानी प्रवाह नहुने

नवलपरासी,२४ मंसिरनेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीले हिउँदे बालीका लागि पानी प्रवाह नहुने जनाएको छ । नहरको मुहानमा सिल्टबेसिनका संरचनाहरु निर्माणाधिन अवस्थामा रहेको हुदा हिउँदे बालीका लागि पानी बन्द गरेर ति संरचना बेलामै सम्पन्न गर्ने भएकाले पानी प्रवाह नहुने सिचाई ब्यवस्थान कार्यालय सेमरीले जनाएको हो ।नहरको मुहानमा सिल्ट रिजेक्ट गर्ने गरि सिल्टबेसिन (पोखरी) निर्माणका कार्य भई रहेको र पानी प्रवाह गर्दा उतm निर्माण कार्य रोकिनु पर्ने अवस्थाका कारण हिउँदेबालीलाई किसानले पानी नपाउने अवस्था देखिएको ब्यवस्थापन कार्यालयका प्रमुख तिलक बुढाथोकीले बताए । नहरमा पानी प्रवाह गरियो भन्ने पुनः नहर पुक्न दुई तिन महिना लाक्ष्न सक्छ, उनले भने, सिल्टबेसिनको काम गर्ने निर्माण कम्पनीको म्याद असार मासन्तसम्म सकिनु पर्ने अवस्था छ । ३० महिनामा सकिने गरि भएको सम्झौता अनुसार झण्डै २४ महिना सकिदै छ । बाकी ६ महि...
पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस
पाल्हिनन्दन गाउँपालिका, समाचार, स्वास्थ्य

पाल्हीनन्दनमा स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस

नवलपरासी,२० मंसिरजिल्लाको पाल्हीनन्दनका स्वास्थ्य सेविकाहरुले मनाए अन्तराष्ट्र्रिय स्वम्सेवक दिवस मनाएका छन् । पाल्हीनन्दन गाउपालिकाले पालिका भित्रका सम्पुर्ण महिला स्वास्थ्य स्वम्सेविकाहरुको क्षमता अभिवृद्धि गराउदै अर्धबार्षिक समिक्षा समेत गरेका हुन ।अन्तराष्ट्र्रिय स्वम्सेवक दिवसको अवसर पारेर स्वास्थ्य स्वम्सेविकाहरुलाई क्षमता अभिवृद्धि,सेवा प्रतिवद्धतासँगै अर्धबार्षिक समिक्षा कार्यक्रम गरेर उनीहरुलाई प्रोत्साहित समेत गरेको हो । स्वम्सेविकाहरुके आत्मसम्मान वृद्धि गर्नका लागि पनि गाउपालिकाले उनहरुलाई प्रोत्साहन गरेको पालिका स्वास्थ्य शाखा प्रमुख हरिशंकर गुप्ताले जनाए । उनका अनुसार दुई दिनसम्म कार्यक्रम गरे पनि स्वम्सेविकाहरुले आफुले गर्ने सेवाबारे प्रतिवद्धता गरि हस्ताक्षर समेत गरेकी थिईन् । जस्मा उनीहरुले स्वम्सेवी भावले समुदायको स्वास्थ्य अधिकार र पहुँचलाई मुलमन्त्र मानी नैतिकता,इमानदार...
पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम
कृषि, नवलपरासी (ब.सु.प.), समाचार

पशु किसानको समस्या बुझ्न पशु चिकित्सकद्धारा डोर टु डोर कार्यक्रम

नवलपरासी,२१ मंसिरगत बर्ष पशुपालक किसानको समस्या बुझ्न र निदान गर्न गरिएको डोर टु डोर कार्यक्रम प्रभावकारी भए पछि यो बर्ष पनि सो कार्यक्रमले निरन्तरता पाएको छ । कार्याक्रमको निरन्तता दिदै जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले पशुपालक कृषकको घरदैलोमै पुगेर पशुपालनका समस्या बुझ्नका लागि सुनवल नगरपालिकाको भुमहीबाट शुभारम्भ गरेको हो ।घरदैलो अर्थात डोर टु डोर सेवा सञ्चालन गरि पशु पालनमा देखिएको समस्याहरुको अध्ययन गर्ने र पशुपालक किसानलाई आवश्यक सेवा परामर्श समेत दिने कार्यको शुभारम्भ नगरप्रमुख विमला अर्यालले गरेकी थिईन् । उनले कार्यक्रमको शुभारम्भ गर्दै मानिस स्वास्थ्य समस्या प्रति मानिस आफै सचेत हुने भएको तर पशुमा त्यो अवस्था नहुने हुदा यो डोर टु डोर कार्यक्रमले पशुको स्वास्थ्य समस्या बुझ्नमा सहयोगी बन्ने उनले बताएकी थिईन् । उतm कार्यक्रमा पशुपालक किसानका फर्म र घरमा रहेका ...
कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)
पर्यटन, रामग्राम नगरपालिका, समाचार, संस्कृति

कोलिय गणराज्यको राजधानी कोलनगरमा उत्खनन्ले भेटिन थाल्यो प्राचिन पुर्वाधार(स्ट्रक्चर)

नवलपरासी, २० मंसिरप्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको उत्खननले भुभौतिक सर्वेक्षणमा गरिएका अनुमान अनुसारका पुर्वाधार(स्ट्रक्चर) भेटिन थालेको छ । पुरातत्वविद भाष्कर ज्ञवालीको नेतृत्वमा उत्खनन गर्दै आएको टोलीले भुभौतिक सर्वेक्षण अनुसारको पुर्वाधार भेटिन थालेको जानकारी गराएको हो ।पुरातत्व विभाग र दुराम विश्वविद्यालयका प्राविधिक टोलीले गत बर्ष भुभौतिक सर्वेक्षण गरि प्रतिवेदन बुझाएको थियो, पुरातत्वविद ज्ञवालीले भने,सो प्रतिवेदनको आधारमा उत्खनन गर्न थालिएपछि पुर्वाधार भेटिन थालेको छ,यद्यपी यसको विस्तृत अध्ययन अझै पनि गर्नु पर्नेछ । अहिले एउटा मात्रै ट्रेन्च उत्खनन गर्दा इटको पर्खाल भेटिएको देखाउदै उनले अझै ति पर्खाल मुनि केही छ,भन्ने थप उत्खनन गर्न आवश्यक पर्छ । पुरातत्व विभागको कार्यक्रम अनुसार एक महिनासम्म उत्खनन गरिने बताउदै उनले थप उत्खननका लागि यदि स्थानिय स...
चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

चुनौती बन्दै किसोरीहरुको प्रजनन स्वास्थ्य,२० बर्ष मुनिका चार सय किसोरी गर्भवती

नवलपरासी,१९ मंसिरजिल्लामा किसोरीको प्रजनन स्वाीस्थ्य समस्या चुनौतीपुर्ण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएको छ । विहाबारी विस बर्ष पारी,नारा बनाई किसोर किसोरीको प्रजनन स्वास्थ्यमा करोडौ खर्चेर विभिन्न कार्याक्रम सञ्चालन हुदै आए पनि कार्यक्रमहरु प्रभावकारी नहुदा किसोरी प्रजनन स्वास्थ्यको समस्या देखिएको हो ।किसोरीहरु गर्भवती हुने संख्यामा वृद्धि हुदै जादा प्रजनन स्वास्थ्यमा अझै चुनौती कायम नै रहेको तथ्याँकले देखाएको हो । स्वास्थ्य कार्यालयको तथ्याँक अनुसार गत आर्थिक बर्ष २०८०÷०८१ मा जिल्ला भित्र कुल ४ सय जना (२० बर्ष मुनि) का किसोरी गर्भवती भएका छन् । एका तर्फ किसोरी अवस्थामै २० बर्ष मुनि नै गर्भवती हुन र आर्को तिर प्रोटोकल अनुसार गर्भवती किसोरीहरुले गर्भ परिक्षणको पहुँचमा नहुनुले चुनौती देखिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याँकले देखाएका छ । चार जना गर्न किसोरी गर्भवती मध्य...