खोलानिकासी रोकिदा विकास निर्माणका लागि निर्माण समाग्रि अभाव
नवलपरासी,८ जेठजिल्लामा खोलानालाबाट खोलाजन्य निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रि अभाव देखिएको छ । बन क्षेत्र भित्र रहेका खोलाहरुका खोलाजन्य समाग्रिको निकासी गर्ने अधिकार स्थानिय सरकारलाइ नभएको भन्दै सुनवल नगरपालिका स्थित खोला निकासी रोकिदा विकास निर्माणका लागि आवश्यक निर्माण समाग्रिको आपुर्तिमा समस्या देखिएको हो ।जिल्ला भित्र खोलाजन्य समाग्रि(ग्राभेल,गिट्टि र बालुवा र ढुगाँ) निकासीमा अवरोध सृजना भए पश्चात यस्तो समस्या देखिएको निर्माण ब्यवसायीले बताएका छन् । जिल्लाको सिमावर्ति क्षेत्रमा करोडौको सडक आयोजना निर्माणाधिन छन् तर समाग्रि अभावले ति सडकका काम गर्ने समस्या देखिन थालेको जिल्ला स्थित निर्माण ब्यवसायी रविन्द्र पटेलले बताए । ति आयोजनाहरुमा स्थानिय समाग्रि प्रयोग गर्ने गरि स्टिमेट गरिएका छन्, उनले भने, नजिकका खोलानालाबाट निकासी नहुदा निर्माण समाग्रिको प्राप्ती गर्न स...










