Author: Bechu Gaud

करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

करिब ३६ लाख रुपिया लागत बचाउन ठेकेदारले सडक किनारमा खनेर खाल्टो बनाउदै, स्थानियद्धारा विरोध

नवलपरासी, ८ चैत्रसडक निर्माणमा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने प्रावधान भए पनि ठेकेदारले सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध गरेका छन् । दशक देखी ओझेलमा रहेको जिल्लाको बरमपुरवा—बैरहवा— विसुनपुरवा सडकको स्तरोन्नी गर्ने कार्य गर्दा सडकमा बाहिरबाट माटो ल्याई पुर्ने कार्य गर्नु पर्ने स्टिमेट भए पनि सम्बन्धि ठेकेदारले आफ्नो लागत घटाउन सडक किनारकै माटो खन्ने कार्यको स्थानियले विरोध जनाएका हुन् ।लुम्बिनी प्रदेश सरकारका प्रदेश साँसद बैजनाथ कलवारको पहलमा सो सडक स्तरोन्नती गर्ने गरि बजेट विनियोजन भई ठेक्का समेत लागेको थियो । गत पुस महिनामा औपचारिक रुपमा स्तरोन्नती गर्ने कार्य शुभारम्भ भएको र त्यो बेला स्थानियले सडक किनारको माटो खनेर पुर्नु भन्र्दा बाहिरबाट माटो ल्याई पुर्नु पर्ने कुरा उठाएका थिए । त्यो बेला ठेकेदारले स्टिमेटमै बाहिरबाट माटो ल्याउने कार्य हुने प्रतिवद्धता जनाएको थियो । सड...
धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन
कृषि, समाचार, सरावल गाउँपालिका

धनेवा झरही नदीले हुने डुबान क्षेत्रको अवलोकन

नवलपरासी,७ चैत्रजिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबान क्षेत्रको कारक धनेवा खोलाको सरोकारवालाद्धारा स्थलगत अवलोकन गरिएको छन् । डुबान नियन्त्रणका लागि गर्न सकिने कार्यहरुको र सरोकारवाला निकायको जिम्मेवारीबारे स्थलगत गरि यकिन गर्न अवलोकन गरेका हुन् ।नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकी,सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चौधरी,पाल्हीनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र स्थानिय वार्डका वार्डअध्यक्ष तथा अन्य सरोकारवाला संघसस्था स्थानियबासीको समेत सहभागि भएका थिए । झरही धनेवा दोभान क्षेत्रबाट उतm क्षेत्रको अवलोकन गरिएको थियो । गत बर्ष सरावल गाउपालिकाले डुबान रोक्न आफै अग्रसरता देखाउदै पालिका स्तरबाटै लगानी गरेर भए पनि धनेवा बाँधको उचाई थप्ने कार्य थालनी गरेर थियो ।धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ...
झरही पिडिुरा दोभान कुण्डका गोही संरक्षणमा चाँसो लिदै बातावरण बचाउ अभियान
पर्यटन, रामग्राम नगरपालिका, समाचार

झरही पिडिुरा दोभान कुण्डका गोही संरक्षणमा चाँसो लिदै बातावरण बचाउ अभियान

नवलपरासी,७ चैत्रजिल्ला स्थित झरही पिडुरा दोभान कुण्डको गोही संरक्षणमा बातावरण बचाउ अभियानले पनि चाँसो देखाएको छ । झरहीमा विभिन्न उद्योग कलकारखानाबाट बगाउदै आएको प्रदुषित जल नियन्त्रण नगरिए संरक्षित गोहीलाई असर पार्न सक्ने जनाउदै गोहीको संरक्षणसँगै प्रदुषण समेत नियन्त्रण गर्नु पर्ने आवश्यकता औल्याएको हो ।अभिायानका अध्यक्ष रामभवन यादव सहितको सदस्यहरु गोही आरक्ष क्षेत्रमा अवलोकन गर्दै यसलाई सरकारले आरक्ष क्षेत्र घोषणा गरि संरक्षण गर्नु पर्ने बताएका थिए । गोही पनि एक प्रकृति जलचर हो,उनले भने,पृथ्वीमा यस्को अस्तित्व पनि बचाई राख्नु पर्ने हो,तर बाहिरी प्रदुषणले उनीहरुको अस्तित्व नै खत्तरा बन्ने देखिएको छ । अभिायनले गोहीको संरक्षणसँगै सो क्षेत्रमा बग्ने झरही र पिडुरा खोलामा स्वच्छ जल बग्ने वातावरण बनाउन आवश्यक छ, त्ससका लागि खोलामा जथाभावि हुने गरेको प्रदुषित पानी लगायतका बस्तु रोक्नु पर्छ ।तिन प...
पाल्हीनन्दनमा निशुल्क तथा अनिवार्य शिक्षाबारे छलफल
पाल्हिनन्दन गाउँपालिका, शिक्षा, समाचार

पाल्हीनन्दनमा निशुल्क तथा अनिवार्य शिक्षाबारे छलफल

नवलपरासी,६ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले अनिवार्य तथा निशुल्क शिक्षाबारे सरोकारवालासँग छलफल अगाडी बढाएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि पालिका भित्रका सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यपकहरुसंग अन्तरक्रिया छलफल गरेको हो ।गाउपालिका अध्यक्षले आफ्नै कार्यकक्षमा बैठक डाकेर विद्यालयको गुणस्तरबारे छलफल चलाएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश गौडले जानकारी गराएका हुन् ।सरकारले लगानी गर्ने पालिकाले समेत विद्यालयका माग अनुसारको आवश्यक शैक्षिक समाग्रि,यातायताका साधनहरु समेत उपलब्ध गराउदा पनि शिक्षक तथा ब्यवस्थापन समितिले सोचे जस्तो नतिजा निकाल्न नसकेको प्रति गाउपालिकाले चिन्ता ब्यतm गरेको छ । विद्यार्थी र अभिावक तथा शिक्षक र ब्यवस्थापन समिति यि चारै खम्बा मिलेमा मात्र गुणस्तरिय शिक्षा दिन सकिन्छ । यस्ले विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने छ ।गाउपालिकामा रहेका सामुदायिक...
अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन
अर्थ, रामग्राम नगरपालिका, समाचार

अवस्था बुझ्न उद्योग बाणिज्य संघको टोलीद्धारा उद्योगहरुको अवलोकन

नवलपरासी,६ चैत्रउद्योग बाणिज्य संघ नवलपरासीको टोलीले जिल्लामा स्थापित उद्योगको उत्पादन,निर्यात अवस्थाबारे जानकारी लिइने उदेश्यले खोजी कार्यमा लागेको छ । जिल्लामा खर्ब बढि लगानी भई दर्जनौ उद्योग स्थापना भएर सञ्चालन हुदै आएको भए पनि धेरै उद्योगहरुले आफ्ना मालबस्तु निर्यात गर्दा उत्पातिको प्रमाणपत्र जारी अन्य जिल्लाबाट लिइने भएको हुदा त्यसको खोजमा संघ लागेको हो ।संघका अध्यक्ष ओम प्रकाश अग्रहरी र उपाध्यक्ष राजेश कुमार गुप्ता सहितको टोलीले जिल्ला भित्रै तिन बर्ष देखी सञ्चालन हुदै आएको द सगतानी स्टिल प्रालि रामग्राम १६ र सोही स्थानमा सञ्चालन हुदै आएको गोल्ड स्टार स्ट्राइट लिमिटेड तथा रामग्राम १५ सुक्रौली स्थित सिद्धिबिनायक स्टिल प्रालि र सिद्धिबिनायक आयल प्रालिको स्थलगत अध्ययन अवलोकन गर्दै उद्योगको उत्पादन,निर्यातबारे जानकारी लिइएको थियो । उत्पतिको प्रमाणपत्र जारी गर्ने अधिकार उद्योग बिभागले उद्...
स्थानिय प्रशासनको वेवास्ताले करोडौको नोक्सानी
नवलपरासी (ब.सु.प.), विकास पुर्वाधार, समाचार

स्थानिय प्रशासनको वेवास्ताले करोडौको नोक्सानी

नवलपरासी,६ चैत्रस्थानिय प्रशासनको वेवास्ताले परासी क्षेत्रका विद्युतको ४० हजार ग्राहकले २२ करोड नोक्सानी ब्यहोर्नुका साथै कम भोल्टेजका विद्युत बाल्न बाध्य भएका छन् । स्थानिय प्रशासनको गैर जिम्मेवारीपनले सो नोक्सनी र सास्ती ब्यहोनु परेको सरोकारवालाले बताएका हुन् ।गत आर्थिक बषै नै निर्माण कार्य सम्पन्न हुनु पर्ने विद्युत प्रसारणलाईनको कार्य अहिलेसम्म अवरुद्ध हुदा उपभोतmाहरुले करोडौ नोक्सानी ब्यहोनु पर्ने अवस्था हुदा हुदै पनि काम गराउनमा स्थानिय प्रशासनले काम गर्न सकेको छै्रन् । सरकारी शुरक्षा निकाय नै गैरजिम्मेवार बनेका कारण जनताले करोडौ रुपियाको नोक्सानी ब्यहोर्नु परिरहेको स्वम् विद्युत प्राधिकरण परासी वितरण शाखाका कर्मचारीले स्वीकार गरेका छन् । विद्युत आपुर्ति सहज बनाउन जिल्लाको सुनवल ८ क्षेत्रमा निर्माणाधिन ३२ केभिए प्रसारणलाईन आयोजनामा केही स्वार्थ समुहले अवरोध गर्दै आएका छन् ।तर स्थानिय...
नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

नवलपरासीको बन क्षेत्र भित्रै एक लाख श्रमदिनको रोजगारी

नवलपरासी,६ चैत्रडिभिजन बन कार्यालयले बन क्षेत्रमा नै एक लाख श्रमदिनको रोजगारी सृजना भएको जानकारी गराएको छ । बुधवार पत्रकारसँग बन कार्यक्रमको अर्धबार्षिक समिक्षा कार्यक्रम गर्दै बन क्षेत्र भित्र भई रहेको बन संवर्धन कार्यक्रम अन्तरगत सो रोजगारी सृजना भएको जानकारी गराइएको हो ।उतm कार्यक्रम अन्तरगत बुद्ध शान्ति साझेदारी बन समुह र दर्जन बढि सामुदायिक बन भित्र बैज्ञानिक तरिकाले बनको ब्यवस्थापन र उपयोग गर्ने गरि कार्ययोजना अनुसार काम हुदा उतm रोजगारी सृजना भएको डिभिजन बन अधिकृत राजु क्षेत्रीले जानकारी गराएका थिए । यो कार्यक्रम प्रदेश भरि नै लागु छ, उनले भने,यो जिल्लामा सबै क्षेत्रको गरि एक लाख श्रमदिन काम स्थानियबासीले पाएको जनाउदै रोजगारीसँगै राजस्व संकलन हुने आधार पनि बन्दै गएको छ । बन संवद्र्धन कार्यक्रमले राजस्व र रोजगारीसँगै दिगो बन विकास समेत जोडिएको उनको भनाई थियो ।एक लाख श्रमदिन सृजना हुद...
नवलपरासीको रतm सञ्चार केन्द्रमा रगत अभाव
नवलपरासी (ब.सु.प.), समाचार, स्वास्थ्य

नवलपरासीको रतm सञ्चार केन्द्रमा रगत अभाव

नवलपरासी ६ चैत्रजिल्लामा अहिले रगत अभाव भई रहेको नेपाल रेडक्रस सोसाईटी नवलपरासीद्धारा सञ्चािलन रतm सञ्चार केन्द्रले जनाएको छ । रगतको माग अनुसारको रतmदाताहरु रतmदान गर्न नसक्दा रगत पुर्याउन चुनौती थपिदै गएको हो ।कुनै बेला नवलपरासी रतm सञ्चार केन्द्रले रतm संकलन गरि भैरहवा,बुटवल र नारायणघाटका अस्पतालसम्म पुर्याउदै आएको थियो । तर अहिले आफ्नै जिल्लामा पुर्याउन समस्या भई रहेको रेडक्रसका दैवीप्रकोप उद्धार उपसमितिका संयोजक अर्जुन बहादुर क्षेत्रीले बताए । यस्का लागि बेला बेला रतmदानको महत्व सम्झाउदै रतm सञ्चार केन्द्रले जनचेतना मुलक कार्यक्रम समेत गर्दै आएको छ, उनले भने,तर मागको आधारमा रतmदान हुन सकिरहेको छैन् । यसले गर्दा रगत अभावको अवस्था देखिन थालेको हो ।दैनिक १५ पोका रगतको माग आउने गरेको छ,केन्द्रका कर्मचारीले भने,कुनै कुनै बेला तँ रतmदातालाई प्रत्यक्ष फोन सम्पर्क गरि आग्रह गरेर रगत दिलाउनु पर...
जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी
अर्थ, नवलपरासी (ब.सु.प.), समाचार

जग्गा कारोबारमा विवादित बन्दै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य भण्डारी

टिकाराम गैरे नवलपरासी,५ चैत्रनेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशव प्रसाद भण्डारी जग्गा कारोबारको विषयलाई लिएर विवाद सृजना भएको छ । जग्गाको कारोबार गर्दा सझेदार हुन कि मध्यस्थकर्ता भन्ने विषयलाई लिएर विवाद देखिएको हो ।।आफ्नै व्यावसायिक साझेदारसँग छल गरी रकम घोटाला गरेको आरोप लगाउदै भण्डारीका साझेदारले पत्रकार सम्मेलन गरि न्यायको याचना गरेका थिए । साथै उनले कानुनी उपचारको बाटो खोज्दै न्यायिक छानबिन तर्फ पनि अगाडी बढने साझेदारले बताएका थिए । त्यसका लागि आफुले प्रमाण संकलनमा लागेको सम्मेलनमा जानकारी गराएका थिए । उनका अनुसार जग्गा कारोबारको साझेदार दावी गरीएकी देवी गौतमका पति झविन्द्र ज्ञवालीले विहिवार परासी प्रेस क्लबमै आएर पत्रकार सम्मेलन गरि भण्डारीले जग्गा कारोबारका क्रममा छलकपट गरी साझेदारलाई मारमा पारेको आरोप थिए ।ज्ञवालीका अनुसार, सुनवल–४ निवासी देवी गौतम र सरिता भण्डारी...
पाल्हीनन्दन गाउपालिकाको दोश्रो चौमासिकमा ७० प्रतिसत प्रगति
पाल्हिनन्दन गाउँपालिका, विकास पुर्वाधार, समाचार

पाल्हीनन्दन गाउपालिकाको दोश्रो चौमासिकमा ७० प्रतिसत प्रगति

नवलपरासी,३ चैत्रजिल्लाको पाल्हीनन्दन गाउपालिकाले चालु आर्थिक बर्षको प्रगति अहिले ७० प्रतिसत पुर्याएको छ । विगत बर्षमा प्रमुख प्रशासकिय अधिकृत नबस्ने,कर्मचारी र पदाधिकारी विचको आन्तरिक द्धन्द्ध भई राख्दा काम नभएर बजेट फ्रिज गराउने पालिकाको रुपमा वदनामी कमाएको पाल्हीनन्दन गाउपालिकाले अहिले चैत्र पहिलो साता भित्रै ७० प्रतिसत कार्य सम्पन्न भएको जानकारी गराएको हो ।चालु आर्थिक बर्षमा पालिकाबाट केही कर्मचारी सरुवा भएर अनयत्र गएको र पालिकामा यहिँकै प्रमुख प्रशासकिय अधिकृत दिनेश गौड र रामग्राम नगरपालिकाबाट लेखा अधिकृत सञ्जय शर्मा हाजिर भएका थिए । पदाधिकारी र कर्मचारीको आपसी समझदारी भए पश्चात अधिकाँश काम कर्मचारीहरुले नै गर्ने गर्दा बेलामै कार्य सम्पन्न हुने गरेको देखिएको छ । विगत बर्ष देखी यो पालिकामा काम नहुने वदनामी थियो,प्रमुख प्रशासकिय अधिकृत गौडले भने,तर अहिलेको कार्य प्रगति देखिदा आफैलाई आश्च...