परासी बजार डुबानबाट बचाउन झरही खोलाको सफाई गराउदै रामग्राम नगरपालिका
नवलपरासी,३० जेठगत बर्ष डुबानमा परेर अर्बाैको क्षति पुर्याएको परासी बजार डुबानबाट जोगाउन रामग्राम नगरपालिकाले झरही नदी सफाई अभियानमा जुटेको छ । झरही खोलामा बर्षाै देखी जम्मा भई थुप्रिएको माटो,बालुवा(सिल्ट) सफाई गर्न नगरप्रमुख धनपत यादवले आफ्नो चुनावी एजेण्डा बनाएको र नगरपालिकामा विजयी भए पछि पहिलो निर्णय नै गरेर झरही नदी सफाई अभियान थालेका हुन् ।
नदी सफाई गर्दा केही प्रकृयागत समस्याका कारण सफाईमा ढिलाई भए पनि अहिले सफा गर्ने कार्य द्रुत गतिमा भई रहेको नगरप्रमुख यादवले बताए । नगरपालिकाको पहिलो कार्यपालिका बैठकमा खोला सफा गर्ने निर्णय गरेका थियौ,उनले भने, तर सफाईका लागि जिल्ला दैवि प्रकोप ब्यवस्थापन समितिको निर्णय समेत गर्नु पर्ने भएको हुदा सो निर्णय गर्न केही ढिलाई हुन गयो । दुई दिन देखी खोलामा दुई वटा एक्साभेटर काममा लगाईएको छ । हाटबजार नजिकको पुल देखी उत्तर तर्फ अहिले काम भई रहेको छ । प...










