रामग्राम स्तुपमा मनाईयो बुद्धको महारिनिर्वाण घोषणा दिवस
नवलपरासी,४ फागुनमाघ पुर्णिमाको अवसर पारेर रामग्राम स्तुपमा भगवान गौतम बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुप क्षेत्रमा दिप प्रज्वलन गरि सो दिवस मनाइएको हो ।
भगवान बुद्धले तत्कालिन बैशाली नगरमा हुदा माघ पुर्णिमाकै दिन आफु तिन महिना पछि बैशाख पुर्णिमाका दिन देह त्याग गर्ने(महापरिनिर्वाण लिने) घोषणा गरेका थिए । घोषणा गरे अनुसार नै आउने बैशाख पुर्णिमाकै दिन उनले कुशिनगरमा महापरिनिर्वाण लिए । त्यस पछि उनको अन्त्येष्टि पछि बचेको अस्थि धातु विभिन्न राजाहरुले विभाजन गरि अ आफ्नो राज्यमा स्तुपको निर्माण गराएका थिए । त्यही क्रममा कोलिय राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । यि सबै कुरा त्रिपिटकको महारिनिर्वाण सुत्तमा उल्लेख पाइन्छ । यिनै कुरालाई स्मरण गर्दै महापरिनिर्वाण दिवस मनाइएको क्लबका अध्यक्ष सम्भु उपाध्यायल...










