देवेश कुमार मिश्रप्रमुख, कृषि ज्ञान केन्द्र नवलपरासीmishradevesh735@gmail.comकृषि मूलश्च जिवनम्
मानवको जीवनको मूल आधार कृषि नै हो । खाने, लगाउने तौर तरिकाहरु समय, स्थान, परिस्थती, संस्कार, रिति, रिवाज अनुसार फरक होला तर जे जस्तो भए तापनि हाम्रो जीवनको मूल आधार खेतीपाती नै हो । हाम्रो पेशा व्यवसाय गर्ने, आय आर्जन गर्ने तरीका फरक होला कोही कृषक, व्यापारी, उद्यमी, उद्योगी, जागिरे, राजनीतिज्ञ, पुरोहित, पण्डित, जो जे भए पनि सवैको भान्सामा पाक्ने भनेको खेतीपाती वाट उत्पादित अन्न, दाल, तरकारी नै हो । धन, संपत्ति जति कमाए पनि हाम्रो भाडोमा पाक्ने भनेको रुपैया, सुन, चादि होईन, पाक्ने भनेको भात, रोटी, तरकारी अचार नै हो ।हाम्रो देशमा कृषि विकासको लागी सरकारी, गैर सरकारी तथा निजी स्तर वाट परापूर्वकाल देखी नै प्रयास भई रहेको छ तै पनि कृषि क्षेत्रले राम्रो गति लिन सकिरहेको छैन । कुनै बेला तराई मधेश व...