Author: Bechu Gaud

शान्ति शुरक्षाको माग गर्दै सिमावर्ती नेपाल र भारतीय पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन
रामग्राम नगरपालिका, समाचार

शान्ति शुरक्षाको माग गर्दै सिमावर्ती नेपाल र भारतीय पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन

नवलपरासी,५ भदौभारत नेपाल मैत्री पत्रकार संघले प्रहरीद्धारा पत्रकार माथि दुब्यर्वहार भएको र तस्करले धम्कि दिने गरेको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सिमाक्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारहरु माथि प्रहरी र तस्करबाट अशुरक्षा बढेको र पत्रकारहरुलाई शान्ति शुरक्षाको प्रत्याभुती गराउन माग गर्दै सो ज्ञापनपत्र बुझाइएको हो ।आईतवार संघका अध्यक्ष अरुणकुमार बर्मा सहित भारत नेपालका पत्रकारहरुले संयुतm रुपमा ज्ञापनत्र बुझाएका थिए । शुक्रवार प्रहरीकै सामुन्ने सरावल गाउपालिका ७ स्थित भुजहवा नाका र भारतिय बजार लक्ष्मिपुर खर्द बाँध नजिकबाट तस्करले मालसमान ओसार्दै गरेको अवस्थामा पत्रकारले तस्विर खिच्न खोज्दा नेपालको शसस्त्र प्रहरीका जवानबाट पत्रकार माथि कुर्सि फालेर दुब्र्यवहार गरेको कुरा उल्लेख । त्यसै गरि तस्करीमा संलग्न तस्करहरुले नेपालमा भारतिय पत्र...
सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी
रामग्राम नगरपालिका, समाचार

सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी

नवलपरासी,४ भदौजिल्ला सदरमुकाम परासीमा निर्माणाधिन बसपार्क सञ्चालनमा नआउदै पर्खाल भत्किएर क्षतिग्रष्त भएको छ । प्राविधिक कमजोरी र ठेकेदारको लापर्वाहीले रामग्राम ४ केरवानी स्थित उतm बसपार्कको उत्तर पुर्वको पर्खाल भत्किएको हो ।खोला किनारमा रहेको उतm बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । विगत तिन बर्ष देखी उतm बसपार्क निर्माणाधिन छ । बजार देखी किनारमा बन्दै गरेको उतm बसपार्कको निर्माण गर्दा कमसल समाग्रिको प्रयोगले भत्किएको हो,कि प्राविधिक डिजाईनको कमजोरीले भत्किएको त्यसबारे खोज अनुसंधान हुनु पर्ने माग स्थानिय समाजसेवी रामभवन यादवले गरे । रामग्राम नगरपालिकाका तत्कालिन र हालका दुबै मेयरहरु बसपार्कमा जाने तस्विर खिचाउने तर यस्तो भत्किएको अवस्था किन देखाउन चाहेनन ? यादवले भने, सबै जना मिलिभगत छन् । तत्कालिन मेयरले स्थान छनौट गर्दा उचित स्थानमा बसपार्क नभएको पनि सो स्थानमा बसपार्क बनाउने सहम...
तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार
समाचार

तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार

नवलपरासी,३ भदौजिल्लाको भारतिय सिमावर्ती लक्ष्मीपुर नाकाबाट ठूलो परिमाणमा तस्करी भई रहेको र त्यसको रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारहरु प्रति तस्कर र स्थानिय प्रहरीले दुब्र्यवहार गरेका छन् । शुक्रवार सिमासँग जोडिएको लक्ष्मीपुर बजारमा तस्करीबारे रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारलाई तस्कर र त्यहाँ उपस्थित स्थानिय प्रहरीले दुब्र्यहार गरेको नेपाल भारत मैत्री पत्रकार संघले जानकारी गराएको हो ।बजारमा राखिएका ठूलो परिमाणमा चिनी,लतकपडा नेपाली बजार भुजहवा तर्फ लग्ने क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई शसस्त्र प्रहरीले दुब्र्यवहार गरेका थिए । प्रहरी दुब्र्यवहार गरेको भन्दै संघका अध्यक्ष अरुण बर्मा सहितको पत्रकारको टोलीले ठूठीबारी स्थित प्रहरी कोतवालीमा अरोपितलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाएको १० मिनेट भित्रै प्रहरी कोतवालीले आरोपित माथि मुद्दा दर्ता गरेको छ । ज...
रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाले बनायो बजेट कार्यान्वयन क्यालेण्डर

नवलपरासी,२ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिकाले कार्यायोजना निर्माण गरेको छ । नगरपालिकाले बनाएको उतm कार्ययोजना योजना क्यालेण्डरको रुपमा प्रकाशित समेत गरेको हो ।गत साता नगरपालिकाका नगरप्रमुख धनपत यादवले कार्यायोजना बनाउन माग गरे पनि प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले सबै शाखाहरुलाई अ आफ्नो कार्ययोजना बनाउन निर्देशन दिएका थिए । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको थियो । नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका े...
बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै
समाचार, सुनवल नगरपालिका

बाबा वर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगरपालिकाले काम गर्दै

नवलपरासी,१ भदौमहाभारतकालिन इतिहास बोकेको सुनवल नगरपालिकामा पर्ने बर्दगोरिया मेला ब्यवस्थित गर्न सुनवल नगपालिकाले विभिन्न संघसस्थासँग समन्वय गर्ने कार्य अगाडी सारेको छ । कोभिड १९ को महामारीमा प्रत्येक बर्ष हरितालिका तिजको बेला लाग्ने उतm मेला रोकिएको भए पनि यो बर्ष मेला लाग्ने भएकोले मेला ब्यवस्थापनका लागि अहिले देखी नै नगरपालिकाले पहल थालेको हो ।वर्दगोरियाको इतिहाससँगै सुनवलको नाम जोडिएको हुदा यो प्राचिन,ऐतिहासिक,पुरातात्विक र धार्मिक महत्व बोकेको बर्दगोरिया स्थानमा स्थानिय समितिले पनि काम गर्दै आएका छ । विगत बर्षमा भारतको उत्तर प्रदेश र विहारबाट पनि हजारौ दर्शनार्थीहरु वर्दगोरियामा आउने र लाख भन्दा बढि आन्तरिक पर्यटक दुई तिन दिनमै आउने भएकोले पनि त्यसको ब्यवस्थापनमा नगरपालिका सहित अन्य सघसस्था लागेको सुनवल नगरपालिकाका उपप्रमुख(उपमेयर) सुर्य दुबेले जानकारी गराए । सुनवल नगरपालिकाको यो प्रमु...
विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक
रामग्राम नगरपालिका, समाचार

विद्यालयकबाट सुचना लिन वार्ड अध्यक्षले प्रयोग गरे सुचनाको हक

नवलपरासी, ३१ साउनरामग्राम नगरपालिकाका वार्डअध्यक्षले नै विद्यालयको सुचना पाउन सुचनाको हक प्रयोग गरि सुचना माग गरेका छन् । विगतमा विद्यालय भवनको टेण्डर प्रकृयामा भएको अनियमितताबारे जानकारी लिनका लागि रामग्राम नगरपालिका वार्ड नं.२का वार्ड अध्यक्ष निरज रौनियारले सुचनाको हक प्रयोग गरि सुचना माग गरेका हुन । आफ्नै वार्ड भित्र रहेको पवन माविमा विगत बर्षमा टेण्डर प्रकृयामा तत्कालिन वार्ड अध्यक्ष र प्रधानाध्यापक मिलेर अनियमितता गरेको स्थानियले आरोप लगाए पछि उनले सोबारे जान्न खोज्दा विद्यालयले वेवास्ता गरेको थियो । अहिले विद्यालयको टेण्डरसम्बन्धि सुचना र कागजात उपलब्ध गराउनका लागि वार्ड कार्यालयकै लेटरप्याड प्रयोग गरि सुचना माग गरेका हुन् । सुचना अधिकारीलाई सम्बोधन गरि वार्ड अध्यक्ष रौनियारले रामग्राम न.पा. वार्ड नं.२ को वडा कार्यालयलाई सुचना आवश्यक भएकोले सुचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३...
दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का
रामग्राम नगरपालिका, समाचार

दैनिकबाजर र हाटबजारका सटरलाई उपयोगमा ल्याइनेः प्रमुख प्रशासकिय अधिकृत खड्का

नवलपरासी,३१ साउनबर्षाै देखी अलपत्र रहेको परासी हाटबजारको सटरलाई रामग्राम नगरपालिकाले ठेक्का लगाई उपयोगमा ल्याउने भएको छ । सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासी हाटबाजरको ब्यवस्थापन गर्ने क्रममा ५६ वटा सटर समेत निर्माण भएको दुई बर्ष देखी प्रयोगमा नआएकोले अहिले नगरपालिकाले सो सटर उपयोगमा ल्याउने गरि निर्णय गरेको हो ।हाटबजारको सटरसँगै परासी बजार भित्रै रहेको दैनिक बजारलाई समेत सञ्चालनमा ल्याउने राजश्व समितिले निर्णय गरेको प्रमुख प्रशाकिय अधिकृत मान बहादुर खड्काले बताए । बजार र सटर सञ्चालन नहुदा जनतालाई सेवा,ब्यवसायिहरुले काम गर्न नपाउने अवस्थाा मात्रै नभई नगरपालिकाको लाखौ रुपिया राजश्व समेत नोक्सानी हुदै आएको उनले जनाए । आफु नगरपालिकामा आएर यस्तो राजश्वको स्रोतहरु यत्रतत्र अलपत्र परेको देखे,उनले भने, एक तिर संघ र प्रदेशको सरकारसँग बजेटका लागि हार गुहार गछौ,आर्को तिर आफ्नै राजश्वको स्रोत ब्यव...
सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता
समाचार, सुनवल नगरपालिका

सुनवलमा पढ्दै कमाउदै कार्यक्रम, कृषिलाई प्राथमिकता

नवलपरासी,३० साउनजिल्लाको सुनवल नगरपालिकाले नगरक्षेत्रका विद्यालयका बालबालिकालाई कमाउदै पढदै कार्यक्रम कृषिसँग जोडेर लैजाने योजना अगाडी सारेको छ । नगरक्षेत्रमा रहेका सार्वजनिक जग्गा, विद्यालयका जग्गा,सामुदायिक बन भित्र रहेका खाली जग्गालाई उपयोग हुने गरि सो योजना अगाडी सारेका हो ।संघिय सरकारले नै नीति कार्यक्रममा कमाउदै पढदै कार्यक्रम राखेको र सो कार्यक्रमका लागि आफुले पहल गरि सुनवल नगरपालिका भित्र लागु गराउने अग्रसरता लिई काम गरिरहेको नगरपालिकाकी नगरप्रमुख(मेयर) विमला अर्यालले जानकारी गराईन् । कमाउदै पढदै कार्यक्रमका लागि पहिलो चरणको सर्वपक्षिय छलफल भई रहेको छ, उनले भनिन्,अब खेती गर्ने स्थानको छनौट,बालीको छनौट,खोती हुने स्थानको माटो परिक्षणका कार्य हुनेछ । तत्पश्चात युवा विद्यार्थीलाई रोज्न लगाईने र त्यसमा काम गरिने उनको भनाई थियो । संघिय सरकारका प्रतिनिधिहरु लगानी गर्न उत्सुक देखिएका छन्,म...
गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी
समाचार, सुस्ता गाउँपालिका

गण्डक नहर सिचाई प्रणालीले खनाउदैछ,४६ करोड लागतको एउटै पोखरी

नवलपरासी,२९ साउनपोखरी खनाउदा कति खर्च लाग्छ ? होला,तपाईले सुन्नु भए होला,एक लाख,पाँच लाख वा दश लाख बढि भए एक करोडसम्मको सुन्नु भए होला । तर नवलपरासीमा अहिले ४६ करोडको पोखरी खनिने भएको छ । पोखरी के का लागि ? तपाईलाई माछापालन नै गर्नलाई लाग्न सक्छ,तर यो पोखरी बालुवा जम्मा गर्नका लागि खन्न लागिएको हो । नेपाल गण्डक पाश्चिमी नहर सिचाई प्रणाली सेमरीले अहिले गण्डक नहरको मुहान नजिकै खनाउनका लागि लागत स्टिमेट गराई सकेको छ । एक साता भित्रै टेण्डर आह्वान पनि हुने सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । ४ सय ७० मिटर लम्बाई र ५६ मिटर चौडाईको उतm एउटा पोखरी बनाउने लागत ४६ करोड पर्ने उनले जनाए । उनका अनुसार सिचाई प्रणालीमा बर्षाै देखी सिल्ट (बालुवा जम्मा हुदा पानीको परिमाणमा कमी आउने गर्दा सिचाईमा समस्या देखिन थाले पछि मुहानमै सिल्ट सफाई गरेर मात्र नहरमा पानी प्रवाहका लागि उतm पो...
परासी बजार सफाई गराउदौ वडाध्यक्षद्वय यादव न्यौपाने
रामग्राम नगरपालिका, समाचार

परासी बजार सफाई गराउदौ वडाध्यक्षद्वय यादव न्यौपाने

परासी, २९ श्रावण । जिल्लाको सदरमुकाम परासी बजारको सरसफाईमा रामग्राम नगरपालिका भिडेको छ । परासी बजारका सडक तथा सार्वजनिक स्थलहरुको सरसफाईका लागि पालिकाका जन प्रतिनिधि तथा कर्मचारीहरु आफै उपस्थित भई सफाई कार्य गराई रहेका छन् । आज रामग्राम नगरपालिका वडा ५ झरही खोलादेखि जिल्ला प्रहरी कार्यालय सम्मको मुल सडकमा फालिएको फोहोर मैला, ढुङ्गा, गिट्टिबालुवा लगायतका फोहोरहरु पालिकाको फोहोर फ्याक्ने टयाक्टरमा लोड गरि डम्पिङ्ग साईटमा बिर्जन गरिएको वडा ५ का अध्यक्ष रामबृक्ष यादवले जानकारी दिनु भयो । बजारको मुख्य सडमा फालिएका प्लास्टिक लगायतका फोहोरले सडक फोहोर देखिनु र सडकको छेउछाउमा छितिरबिरि रहेको स–साना ढुङ्गागिट्टिले दुर्घटनाको जोखिम बढने सम्भावना देखिएकाले ति विकार वस्तुहरुलाई सफाई गरिएको वडा अध्यक्ष यादवले बताउनु भयो ।वडा ५ को मुख्य सडक सफाई पछि वडा नम्बर ३ को क्षेत्रमा पनि सफाई गरिएको वडा ३ ...