रामग्राम नगरपालिकामाः चैत्रभित्रै बजेट खर्च गरिने
नवलपरासी,२८ साउनजिल्लाको रामग्रामन नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को बजेट चैत्र भित्र नै खर्च गरिसक्नु पर्ने गरि नगरपालिका भित्रका शाखाहरुलाई निर्देशन दिएको छ । विगतका बर्षहरुमा ढिलो गरि योजना सम्झौता गर्ने,कार्यान्वयनमा ढिलाई गर्ने गर्दा बजेट खर्ज नहुने हुदा फ्रिज र अल्या गराई आर्को बर्षमा सार्ने पद्यतीको अन्य गर्ने गरि योजना बनाउन शाखाहरुलाई निर्देशन गरेको हो ।नगरपालिकाका विभिन्न शाखाहरुमा कर्मचारी तर बेलामा काम नगरिदिदा आन्तरिक आयको रकम अन्या भएर जाने र सशर्त बजेट फ्रिज हुने अवस्था देखिएको हुदा त्यो अवस्था फेरी नहोस भनेर खर्चका ेकार्ययोजना नै पेश गर्न निर्देशन गरि सकिएको प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । नगरपालिकाको वित्तिय अवस्थाको बेथिती देखियो,उनले भने, अब यहिँ आर्थिक बर्ष देखी सुधार गर्नु पर्छ । अहिले निर्वाचित भएका नगरप्रमुख(मेयर) धनपत यादवले प्रमुख प...










