Author: Bechu Gaud

रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग
रामग्राम नगरपालिका, समाचार

रामग्राम विकास समिति र कोष गठनका लागि रामग्राम नगरपालिकासँग माग

मेयर धनपत यादवरामग्राम नगरपालिका अध्यक्ष सम्भु उपाध्यायरामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्था लुम्बिनी विकास कोषले काम नगर्दा धार्मिक,पुरातात्विक तथा ऐतिहासिक स्थल रामग्राम स्तुप क्षेत्र आझेलमा परेको जनाउदै नगरपालिकाले रामग्राम विकास समिति वा कोष बनाउनु पर्ने माग उठेको छ । स्थानिय सरकारको रुपमा रहेको रामग्राम नगरपालिकाले रामग्राम विकास समिति गठन गरि विकासका लागि कोष बनाउन सरोकारवालाले आग्रह गरेका हुन् ।भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपाको विकासको बाधक लुम्बिनी विकास कोष रहेको छ । कोषको प्रभावमा नपरी नगरपालिकाले आफ्नो स्तरबाट कोष खडा गर्न आग्रह गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । नगरपालिकाको पहिलाको मेयरसँग कुरा राख्दा राख्द केही भएन,उनले भने,अहिले निर्वाचित मेयर धनपत यादवसँग हामी आशाबादी छौ । यसबारे धे...
काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव
रामग्राम नगरपालिका, समाचार

काम नगरी रकम फ्रिज गराउने कर्मचारीलाई कारवाहीको सिफारिस गरिनेः जिसस प्रमुख यादव

नवलपरासी,८ असारजिल्ला समन्वय समिति(जिसस) नवलपरासीका प्रमुख भगौती यादव(रुदल)ले काम नगरी योजनाको रकम फ्रिज गराउने प्राविधिक कर्मचारीलाई विभागिय कारवाहीका लागि सिफारिस गरिने चेतावनी दिएका हुन् । लुम्बिनी प्रदेश सरकार अन्तरको सिचाई डिभिजन कार्यालयका डिभिजन प्रमुखलाई लक्षित गरि उनले सो कुरा बताएका हुन् । प्रदेश सरकारले परासी बजार डुबान रोक्न रु.१ करोड रकम विनियोजन गरिएको भए पनि काम गर्नमा विभिन्न बहानाबाजी गर्दै काम प्रति सकारात्मक नदेखिने कुशल गौतम र उनको प्राविधिक टिमलाई समन्वय प्रमुख यादवले सो चेतावनी दिएको थिए । गत बर्ष विच खोलाबाट नै बाँध लगाउदा खोलामा आएको बाढीको पानी खोलाले धान्न नसकेर बाँध भत्केको थियो । सो पानी परासी बजारलाई डुबान गरेको थियो । डुबानको अवलोकन प्रदेश सरकारका मुख्यमन्त्री लगायत मन्त्रीहरुले समेत अवलोकन गरेका थिए । नियन्त्रणका लागि बजेट समेत विनियोजन गरेका थिए । तर अहिले आ...
गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान
समाचार, सुस्ता गाउँपालिका

गण्डक बाँधमा नदि कटानको जोखिम रोक्न परक्युपाईन जडान

गण्डक बाँध अन्तरगत जोखिमा रहेको वि ग्याप बाँध जोगाउन भारतिय पक्षले परक्यु पाईन र जैविक तटबन्धन गर्न थालेको छ । बि ग्याप बाँधको पक्कि संरचना भत्किदै जादा त्यसको सरक्षण गर्न छाडेर भारतिय पक्षले झारो टार्ने गरि परक्यु पाईन हाल्न थालेको स्थानियबासीले बताएका हुन् । वि ग्याप बाँधका विच विचमा रहेका ठोकर(स्पर) हरु त्यसका नोज र फिगँरहरु समेत भत्कि सकेका छन् । बाँधको लम्बाई भत्किदै जादा गण्डक नदीको पानी बस्ति तिर नजाओस भनि बनेको बाँध नै जोखिममा छ । नदीको सतह समेत अग्लो हुदै गएका कारण थोरै पानीले पनि बाँध भत्किन सक्ने खत्तराको अनुमान स्थानियले गर्न थालेका छन् । अहिले ५ नम्बर स्पर देखी १२ नम्बर स्परसम्मको बाँध र स्पर दुबै खत्तरामा छन् । नदीले अहिले सुस्ताका खेती योग्न जमिन समेत कटान गर्दै आएको छ । रोकथामका लागि स्थानियले पटक पटक कुरा उठाउदै आए पनि नेपाल र भारत सरकार दुबै पक्ष गम्भिर नदेखिएको स्थानि...
सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन
समाचार, सुनवल नगरपालिका

सुनवलमा डेढ करोड बढि लगानीमा पशु सेवा केन्द्रको भवन

जिल्लाको सुनवल नगरपालिकामा पशु सेवाका लागि पशु सेवा केन्द्रको भवन निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार कुषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तरगत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले डेढ करोड बढि लगानीमा सेवा केन्द्र सञ्चालनका लागि भवन निर्माण गरिएको हो । पशु चिकित्सकको आवास सहितको अन्य आवश्यक पुर्वाधार सुनवल नगरपालिका वार्ड नं.२ मा निर्माण भएको सोही वार्डका वार्ड अध्यक्ष राजेन्द्र यादवले जानकारी गराए । उनका अनुसार यो भवन सुविधासम्पन्न भवन बनेको छ । तर अहिलेसम्म नगरपालिकाले सेवा सुचारु गर्न सकेको छैन् । यसबारे नगरपालिकाको पशु सेवा शाखामा कुरा भई रहेको उनले बताए । कुल १ करोड ५१ लाख ३ हजार २ सय ४८ रुपिया लागतमा २०७७ साल चैत्र १० गते सम्झौता भई २०७८ कातिक ६ गतेसम्ममा निर्माण सम्पन्न गर्ने म्याद रहेको थियो । भवनको निर्माण कार्य सम्पन्न भएको तर सो भवन अहिले निर्माण कम्पानीले हस्तानान...
एउटै कम्पाउण्डबाट आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा दिदै प्रतापुर गाउपालिकाको जगर्नाथपुर स्वास्थ्य केन्द्र
प्रतापपुर गाँउपालिका, समाचार

एउटै कम्पाउण्डबाट आयुर्वेदिक चिकित्सा र एलोपैथी उपचार सेवा दिदै प्रतापुर गाउपालिकाको जगर्नाथपुर स्वास्थ्य केन्द्र

जिल्लाको प्रतापुर गाउपालिका स्थित अस्पताल उन्मुख जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आयुर्वेद र एलोपैथी उपचार एउटै (कम्पाउण्ड)परिसरबाट शुरु गरिएको छ । गाउपालिका भित्र १५ सैया अस्पताल निर्माणको क्रममा बन्दै गरेको केन्द्रमा आयुर्वेदिक सहितको एलोपैथिक सेवाले स्थानियबासी लाभान्वित भएका हुन् । एउटै परिसरमा आयुर्वेदिक र एलोपैथिक सेवा दिने जिल्लाको पहिलो स्वास्थ्य केन्द्र भएको केन्द्रका सिनियर अहेव इन्द्र लामिछानेले जानकारी गराए । यसले आउने विरामीलाई सहज भएको छ,उनले भने,केन्द्र आउने विरामीले एकै स्थानमा टिकट काट्छन्,पहिला एलोपैथी सेवा तर्फ जान्छन्,दिर्घ रोगको लक्षण देखिए ति विरामीलाई चिकित्सकले आयुर्वेद विभागमा पनि देखाउनु भनि परामर्श दिने गरिएको छ । यसले विरामीलाई पनि सन्तुष्टि बढेको छ । यस्तो सेवा शुरु गरिए पनि प्रचार प्रसार नहुदा कतिपय विरामी अहिले पनि बाहिर क्लिनिकमा भौतारिन परेको महशु...
असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने
समाचार, सुस्ता गाउँपालिका

असार पुर्णिमाको अवसरमा सुस्ता स्थित अनोमाघाटमा भब्य तरिकाले महाभिनिष्क्रम्ण दिवस मनाईने

भगवान गौतम बुद्धको महाभिनिष्क्रमण स्थल अनोमा घाट(ठाढीघाट) मा असार पुर्णिमामा महाभिनिष्क्रमण दिवस मनाउने तयारी सुस्ता गाउपालिकाले थालेको छ । नेपालको बोधगयाको रुपमा धाम विकास गर्ने गरि लक्ष्य दिएको सुस्ता गाउपालिकाले अनोमाघाटको विकास र प्रचार प्रसार गर्ने उदेश्यले भब्य रुपमा महाभिनिष्क्रमण दिवस मनाउने तयारीमा जुटेको हो ।बौद्ध दर्शन अनुसार यो अनोमा घाट भगवान बुद्धको एक महत्वपुर्ण घटना स्थल भएकोले यसक्षेत्रलाई बुद्धधामको रुपमा विकास गर्ने कार्य गाउपालिकाले अगाडी सारेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । गण्डक बाँध अन्तरगत नेपाल बाँधको स्पर नं.५ नजिकै रहेको पालिकाको गौरवको आयोजना भित्र अनोमाघाट समावेश गरी काम भई रहेको छ, अधिकृत पौडेलले भने, यस क्षेत्रको विकासका लागि गाउपािलकाले विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत बनाउन लगाएको छ । एक चरणमा स्थानियबासी र स...
सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन
समाचार, सरावल गाउँपालिका

सरावलको जावामा ककरपत्त महोत्सव मनाउदै दिर्घजानुको मुर्ति प्रतिस्थापन

भगवान गौतम बुद्धले गृह शुख सन्देश दिएको प्राचिन ककरपत्त नगरमा ककरपत्त महोसत्व मनाइनुको साथै तत्कालिन नगर(निगम) प्रमुख दिर्घजानुको मुर्ति समेत प्रतिस्थापन गरिएको छ । नवलपरासीको सरावल गाउपालिका २ जावा कोलवृक्ष बगैचा क्षेत्रलाई दुई बर्ष पहिला ककरपत्त नगर घोषणा भएको स्मरण दिवसलाई समेत बनाएको हो । गाउपालिकाका अध्यक्ष शुखाडी प्रसाद चौधरीले कोलिय गणराज्य अन्तरगतको यो ककरपत्त नगर गृहस्थलाई सन्देश दिएको हुदा सँसारकै गृहस्थले यो स्थानमा आएर भगवान बुद्धको सन्देश सुन्न सकने र आफ्नो मुतिm साधन पाउने स्थलको रुपमा विकास गरिने बताए । अहिले समान्य रुपमा ककरपत्त महोत्सव मनाएको भए पनि अगामी दिनमा यसलाई भब्य तरिकाले मनाउदै लैजाने समेत उनले जानकारी गराएका थिए । पुरातत्व विभागले समेत यस क्षेत्रलाई प्रााचिन स्मारकको रुपमा संरक्षण गर्ने गरि राष्टिय सम्पदामा सुचिकृत गरि सकेकोले यो स्थान भविष्यमा विश्व सम्पदामाम...
परासी बजार डुबानबाट बचाउन झरही खोलाको सफाई गराउदै रामग्राम नगरपालिका
रामग्राम नगरपालिका, समाचार

परासी बजार डुबानबाट बचाउन झरही खोलाको सफाई गराउदै रामग्राम नगरपालिका

नवलपरासी,३० जेठगत बर्ष डुबानमा परेर अर्बाैको क्षति पुर्याएको परासी बजार डुबानबाट जोगाउन रामग्राम नगरपालिकाले झरही नदी सफाई अभियानमा जुटेको छ । झरही खोलामा बर्षाै देखी जम्मा भई थुप्रिएको माटो,बालुवा(सिल्ट) सफाई गर्न नगरप्रमुख धनपत यादवले आफ्नो चुनावी एजेण्डा बनाएको र नगरपालिकामा विजयी भए पछि पहिलो निर्णय नै गरेर झरही नदी सफाई अभियान थालेका हुन् । नदी सफाई गर्दा केही प्रकृयागत समस्याका कारण सफाईमा ढिलाई भए पनि अहिले सफा गर्ने कार्य द्रुत गतिमा भई रहेको नगरप्रमुख यादवले बताए । नगरपालिकाको पहिलो कार्यपालिका बैठकमा खोला सफा गर्ने निर्णय गरेका थियौ,उनले भने, तर सफाईका लागि जिल्ला दैवि प्रकोप ब्यवस्थापन समितिको निर्णय समेत गर्नु पर्ने भएको हुदा सो निर्णय गर्न केही ढिलाई हुन गयो । दुई दिन देखी खोलामा दुई वटा एक्साभेटर काममा लगाईएको छ । हाटबजार नजिकको पुल देखी उत्तर तर्फ अहिले काम भई रहेको छ । प...
‘बालबालिकाहरू राष्ट्रको भविष्य र भोलिका नागरिक भएकाले उनीहरूलाई गर्भावस्थाबाटै सुशासनको प्रोग्रामिङ सिकाउनु पर्छ।’ : राम प्रसाद पाण्डे
अन्तर्वार्ता, भिडियो

‘बालबालिकाहरू राष्ट्रको भविष्य र भोलिका नागरिक भएकाले उनीहरूलाई गर्भावस्थाबाटै सुशासनको प्रोग्रामिङ सिकाउनु पर्छ।’ : राम प्रसाद पाण्डे

https://www.youtube.com/watch?v=C6rt5i7CP7A
‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह
अन्तर्वार्ता, भिडियो, विचार

‘गण्डक जल’ सिचाइसँगै धर्मिक/सांस्कृतिक महत्व छः सिचाइ कार्यालय प्रमुख रनधिर कुमार शाह

https://youtu.be/oL8ddeaPfX4 Advertisement