सिचाई डिभिजन कार्यालयले बेलामा काम नगर्दा परासी बजार डुबानमा पर्ने पिर
नवलपरासी,१६ साउनडिभिजन सिचाई कार्यालयको लार्पवाहीले जिल्ला स्थित झरही खोलामा काम सम्पन्न नहुदा अहिले फेरी डुबानमा पार्ने पिरमा सदरमुकाम परासीबासी छन् । पटक पटक स्थानिय पहल गर्दा डिभिजनले काम गर्न ढिलाई गर्दा खोलामा बाँधको पुर्ण काम हुन नसके पछि खोला बढ्दा स्थानिय त्रसित हुने गरेका हुन् ।
खोलामा अहिले पानी बढदै जादा स्थानिय त्रसित बनेको रामग्राम १ का सुरज यादवले बताए । त्यसको दबाव जिल्ला समन्वय समिति (जिसस) र रामग्राम नगरपालिकामा पर्ने गरेको छ । उपभोतmा समिति बनाउने र आफ्नो मान्छेलाई ठेक्का दिने योजना बनाउदा बनाउदै काममा ढिलाई भएका कारण लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजना गर्दा पनि काम हुन नसकेको उनको भनाई थियो । बजारबासी त्रसित बने पछि सोमवार जिसस प्रमुख भगौती यादव,रामग्राम नगरपालिकाका मेयर धनपत यादव र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेल सहितको टोलीले स्थलगत अनुगमन ग...










