Author: Bechu Gaud

समाजिक सुरक्षा भत्ता वार्ड मै बाड्ने तयारीका लागि रामग्राम नपाले बैंकहरुलाई गर्यो ताकेता
रामग्राम नगरपालिका, समाचार

समाजिक सुरक्षा भत्ता वार्ड मै बाड्ने तयारीका लागि रामग्राम नपाले बैंकहरुलाई गर्यो ताकेता

राज्यबाट समाजिक सुरक्षा भत्ता पाउनेलाई वार्ड र टोलमै रकम बुझाउने योजनाका साथ रामग्राम नगरपालिकाकाले सम्बन्धित बैंकहरुलाई ताकेता गरेको छ । आउदो असोज महिनामा समाजिक सुरक्षा भत्ता वितरण गर्ने भएकोले त्यसको तयारी के कस्तो भएको भन्ने बारे सम्बन्धित बैंक्हरुलाई नगरपालिकाले ताकेता गरेको हो ।गत साउन २० गते नगरक्षेत्र भित्रका जेष्ठनागरिकको समाजिक सुरक्षा भत्ता वार्ड र टोलमा नै गएर बाड्नका लागि नगरपालिकाका मेयर धनपत यादवले सबै बैंकको बैठक बोलाएका थिए । बैठक पछि नगरपालिकाले बंैंकहरुलाई औपचारिक लिखित पत्र पनि दिई सकेको छ । तर त्यसको तयारीबारे बैंकहरुले अझै अन्योलता ब्यतm गर्ने गरिए पछि पुनः ताकेतापत्र पठाइएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले बताए । गाउ गाउबाट समाजिक सुरक्षा भत्ता बुझ्न सदरमुकाम धाउदै आएका जेष्टनागरिकहरुको समस्यालाई सम्बोधन गर्न बैंकहरु वार्डमै पुगेर भत्ता बाड्ने ...
सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै
समाचार, सुनवल नगरपालिका

सुनवलको महलपोखरीमा केबुलकार पुर्याउन लागनीकर्ता खोजिदै

नवलपरासी,९ भदौजिल्लाको सुनवल नगरपालिकाले चुरेमा रहेको ऐतिहासिक स्थल महलपोखरीमा सुनवल बजार देखी केबुलकार पुर्याउने लगानीकर्ताहरुको खोजमा लागेको छ । धार्मिक तथा पर्यटकिय स्थलमा सुनवल बजार देखी सहजरुपमा यात्रीहरुले यात्रा गर्न सकुन भनेर केबुलकार पुर्याउनका लागि लगानी गर्ने लगानीकर्ताहरुको खोजमा लागेको हो ।प्राचिन सेन राज्यको दरबारको अवशेषहरु समेत रहेको उतm क्षेत्रका विगत बर्ष देखी नै मगर संस्कृतिको होम स्टे तालिम दिलाएर बनाउन लागिएको नगरप्रमुख(मेयर) विमला अर्यालले बताईन् । सोही डाडामा ध्यानकेन्द्र बनाउने गरि अहिले बजेट बिनियोजन गरिएको छ । पर्यटकिय पुर्वाधार बनाउनमा नगरपालिकाले लगानी गर्दै आएको छ,मेयर अर्यालले भनिन्, तर त्यहा सहजरुपमा पर्यटक पुग्नका लागि केबुलकार सञ्चालनका लागि ठूलै लगानी चाहिन्छ,त्यो भएर नीजि क्षेत्रका लगानीकर्तालाई नगरपालिकाले आह्वान गरेको छ,त्यसमा नगरपालिकाले समेत साझेदारी ...
सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा
समाचार, सुस्ता गाउँपालिका

सुस्ताको स्वास्थ्यचौकी मै भिडियो एक्सरे(अल्ट्रासाउण्ड) सेवा

नवलपरासी,९ भदौधेरै जसो अस्पतालमा मात्र भिडियो एक्सरे(अल्ट्रासाउण्ड) मात्रै सञ्चालन हुदै आए पनि जिल्लाको सुस्ता गाउपालिकाले गाउपालिका भित्रको स्वास्थ्य चौकीबाट नै अल्ट्रासाउण्डको सेवा दिने भएको छ । विहिवार गाउपालिकाले कुडिया स्वास्थ्यचौकीलाई अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराए पनि स्थानियबासीले सो सेवा पाउने भएका हुन् । जिल्लाकै दुर्गम क्षेत्रको रुपमा रहेको सुूस्ता गाउपालिकाका विरामीहरु ति सेवा लिनका लागि १० देखी १५ किलोमिटर दुरीमा सेमरी,वर्दघाट र परासी पुग्नु पर्ने बाध्यता थियो । तर गाउकै स्वास्थ्यकर्मीलाई तालिम दिलाएर एक्सरे मेसिन सहित उपलब्ध गराए पछि सुस्ताबासी गाँउमै ति सेवा पाउने गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । खास गरि पश्चिम गर्भवती महिलाहरुलाई लक्षित गरि अल्ट्रासाउन्डद्वारा निशुल्क गर्भ परिक्षण सेवा सुरु गरिए...
रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने
रामग्राम नगरपालिका, समाचार

रामग्राम नगरपालिकाको आफ्नै अस्पताल खोल्ने

नवलपरासी,८ भदौजिल्लाको रामग्राम नगरपालिकाले आफ्नै अस्पताल बनाउने योजना अगाडी सारेको छ । सदरमुकाम परासीमा रहेको जिल्ला पृथ्वीचन्द्र अस्पतालले नगरपालिकासँग गर्ने समन्वय,उत्तरदायित्व र सुचना प्रणालीमा समेत गैरजिम्मेवारीपुर्ण काय गर्ने भएकोले नगरपालिकाले आफ्नै अस्पताल खोल्ने योजना बनाउन थालेको हो ।बेला बेला नगरपालिका भित्रका स्वास्थ्य संस्थाहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यतm गर्दै आएको थियो । बुधवार पनि नगरपालिकामा आयोजित पालिका स्तरिय आब २०७८/०८९ को पोषण कार्यक्रमको समिक्षा कार्यक्रममा उपस्थित स्वास्थ्य सस्थाकाका स्वास्थ्यकर्मीहरुले अस्पतालको कार्यशैली प्रति असन्तुष्टि ब्यत गरेका थिए । स्वास्थ्य संस्थाहरुले रिफर गरेका विरामीलाई वेवास्ता गर्ने र नगरपालिकालाई अस्पतालले गर्ने स्वास्थ्य ब्यवस्थापन सुचना प्रणाली(एचएमआईएस) मा रिपोर्टिगँ नगरिदिने,डाटा भरेर नपाईदिने गर्दा नगरपालिकाको स्...
पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी
समाचार, सरावल गाउँपालिका

पहिला शसर्त बजेट खर्च गर्नुः गाउँपालिका अध्यक्ष चाैधरी

नवलपरासी,७ भदौजिल्लाको सरावल गाउपालिकाले शाखाहरुका लागि सरकारले पठाएको शसर्त योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडी बढाउने निदेर्शन गरेको छ । शिक्षा,स्वास्थ्य,कृषि,पशुसेवा महिला बालबालिका लगातका शाखालाई सरकारले नै तोकेर पठाएको शसर्त बजेटका कार्यक्रम पहिला खर्च गरि सकाएर मात्र अनुदान तर्फको योजना सञ्चालन गर्न निर्देशन गरेको हो ।विगतका दिनमा सम्बन्धित शाखाहरुले शसर्त बजेट खर्च गर्न छाडेर अनुदान तर्फको योजना पहिलो प्राथमिकतामा राख्ने गरेको तर त्यसले गाउपािलकाका बिकासका कार्यक्रम प्रभावित बनाएको निकर्ष निकाल्दै त्यस्तो निर्देशन गरिएको गाउपािलका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । शसर्तको बजेट खर्च नगर्दा अन्तिममा ति कार्यक्रमको बजेट फ्रिज भएर जाने अवस्था देखियो,उनले भने, बरु अनुदान तर्फ आएको बजेट खर्च गर्न नसकिएमा फ्रिज हुदैन् । आर्को बर्ष अल्या ल्याएर थप योजनामा खर्च गर्न सकिन्छ, उनल...
हुलाकी राजमार्गको दर्जनौ जिर्णपुलबारे गाउपालिकाको ध्यानाकर्षण
प्रतापपुर गाँउपालिका, समाचार

हुलाकी राजमार्गको दर्जनौ जिर्णपुलबारे गाउपालिकाको ध्यानाकर्षण

नवलपरासी,६ भदौजिल्ला स्थित हुलाकी मार्ग निर्माण गर्ने कार्य भए पनि हुलाकी मार्गमा रहको बर्षाै देखीका पुलहरु जिर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउपालिकाको ध्यानाकर्षण भएको छ । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माण तर्फ ध्यान नदिदा ति पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो ।हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानिय अनभिज्ञ छन् । पुल समेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पुर्व पुल निर्माणका कार्य पनि शुरु गथ्र्यो,तर अहिले पुलबारे स्थानिय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई भन्दा पनि अटेरी गरेको थियो, उनले भने,ठेकेदारका उपकरणहरु नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थिय...
रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही
रामग्राम नगरपालिका, समाचार

रामग्राम (बाईपास) चोकदेखि मन्झरियाचोकसम्मको ६ लैनको सडक टेण्डर स्वीकृत हुदा स्थानिय उत्साही

नवलपरासी,५ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने भए पछि स्थानिय ब्यवसायि खुशी भएका छन् । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही भएका हुन् ।रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पनि स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको काम हुने भए पछि बाईपास सडकका ब्यवसायि उत्साही भएको स्थानिय शिवनारायण यादवले बताए । जिल्ला सदरमुकाम विकास कार्यक्रम अन्तरगत परासीको बुद्धचोक देखी निलोगेट र झरही देखी मन्झरियासम्मको सडक स्तरोन्नती हुने क्रममा छ । सो कार्यक्रम नगरपालिकाको विभिन्न...
शान्ति शुरक्षाको माग गर्दै सिमावर्ती नेपाल र भारतीय पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन
रामग्राम नगरपालिका, समाचार

शान्ति शुरक्षाको माग गर्दै सिमावर्ती नेपाल र भारतीय पत्रकारले बुझाए प्रजिअ र जिससलाई ज्ञापन

नवलपरासी,५ भदौभारत नेपाल मैत्री पत्रकार संघले प्रहरीद्धारा पत्रकार माथि दुब्यर्वहार भएको र तस्करले धम्कि दिने गरेको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । सिमाक्षेत्रमा पत्रकारिता गर्दै आएका पत्रकारहरु माथि प्रहरी र तस्करबाट अशुरक्षा बढेको र पत्रकारहरुलाई शान्ति शुरक्षाको प्रत्याभुती गराउन माग गर्दै सो ज्ञापनपत्र बुझाइएको हो ।आईतवार संघका अध्यक्ष अरुणकुमार बर्मा सहित भारत नेपालका पत्रकारहरुले संयुतm रुपमा ज्ञापनत्र बुझाएका थिए । शुक्रवार प्रहरीकै सामुन्ने सरावल गाउपालिका ७ स्थित भुजहवा नाका र भारतिय बजार लक्ष्मिपुर खर्द बाँध नजिकबाट तस्करले मालसमान ओसार्दै गरेको अवस्थामा पत्रकारले तस्विर खिच्न खोज्दा नेपालको शसस्त्र प्रहरीका जवानबाट पत्रकार माथि कुर्सि फालेर दुब्र्यवहार गरेको कुरा उल्लेख । त्यसै गरि तस्करीमा संलग्न तस्करहरुले नेपालमा भारतिय पत्र...
सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी
रामग्राम नगरपालिका, समाचार

सञ्चालनमा नआउदै भत्कियो बसपार्कको पर्खाल,पिचमा जम्दैछ पानी

नवलपरासी,४ भदौजिल्ला सदरमुकाम परासीमा निर्माणाधिन बसपार्क सञ्चालनमा नआउदै पर्खाल भत्किएर क्षतिग्रष्त भएको छ । प्राविधिक कमजोरी र ठेकेदारको लापर्वाहीले रामग्राम ४ केरवानी स्थित उतm बसपार्कको उत्तर पुर्वको पर्खाल भत्किएको हो ।खोला किनारमा रहेको उतm बसपार्क अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन् । विगत तिन बर्ष देखी उतm बसपार्क निर्माणाधिन छ । बजार देखी किनारमा बन्दै गरेको उतm बसपार्कको निर्माण गर्दा कमसल समाग्रिको प्रयोगले भत्किएको हो,कि प्राविधिक डिजाईनको कमजोरीले भत्किएको त्यसबारे खोज अनुसंधान हुनु पर्ने माग स्थानिय समाजसेवी रामभवन यादवले गरे । रामग्राम नगरपालिकाका तत्कालिन र हालका दुबै मेयरहरु बसपार्कमा जाने तस्विर खिचाउने तर यस्तो भत्किएको अवस्था किन देखाउन चाहेनन ? यादवले भने, सबै जना मिलिभगत छन् । तत्कालिन मेयरले स्थान छनौट गर्दा उचित स्थानमा बसपार्क नभएको पनि सो स्थानमा बसपार्क बनाउने सहम...
तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार
समाचार

तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार

नवलपरासी,३ भदौजिल्लाको भारतिय सिमावर्ती लक्ष्मीपुर नाकाबाट ठूलो परिमाणमा तस्करी भई रहेको र त्यसको रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारहरु प्रति तस्कर र स्थानिय प्रहरीले दुब्र्यवहार गरेका छन् । शुक्रवार सिमासँग जोडिएको लक्ष्मीपुर बजारमा तस्करीबारे रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारलाई तस्कर र त्यहाँ उपस्थित स्थानिय प्रहरीले दुब्र्यहार गरेको नेपाल भारत मैत्री पत्रकार संघले जानकारी गराएको हो ।बजारमा राखिएका ठूलो परिमाणमा चिनी,लतकपडा नेपाली बजार भुजहवा तर्फ लग्ने क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई शसस्त्र प्रहरीले दुब्र्यवहार गरेका थिए । प्रहरी दुब्र्यवहार गरेको भन्दै संघका अध्यक्ष अरुण बर्मा सहितको पत्रकारको टोलीले ठूठीबारी स्थित प्रहरी कोतवालीमा अरोपितलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाएको १० मिनेट भित्रै प्रहरी कोतवालीले आरोपित माथि मुद्दा दर्ता गरेको छ । ज...