Author: Bechu Gaud

प्रतापपुरमा तिन बर्ष देखी भत्किएको पुल नबन्दा स्थानियलाई सास्ती
प्रतापपुर गाँउपालिका, समाचार

प्रतापपुरमा तिन बर्ष देखी भत्किएको पुल नबन्दा स्थानियलाई सास्ती

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिका ८ स्थित रेतापुल विगत ३ बर्ष देखी भत्किएको तर हालसम्म पुनिर्माण कार्य नहुदा स्थानियबासीलाई सास्ती भएको छ । सुख्खा मौषमका थोरै पानी हुदा खासै समस्या नपरे पनि बर्षायाममा स्थानियबासीलाई आउजाउमा समस्या भएर सास्ती खेप्न परेको हो ।पुल निर्माणका लागि सरोकारवालाले चाँसो नलिए पछि स्थानियबासीले हैरानी ब्यहोर्न परेको सुस्ता गाउपालिका ३ का वार्ड अध्यक्ष हरिलाल दुसादले बताए । विगत बर्ष देखी नै यो पुलको निर्माणका लागि सम्बन्धित प्रदेश सभा सदस्य र प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराइएको छ । हरेक पटक आश्वासन दिए पनि बजेट बिनियोजनका लागि पहल नगर्दा स्थानियबासीलाई समस्या झेल्न परेको उनको भनाई थियो । सुस्ता र प्रतापपुर गाउपालिका जोड्ने बालुटोल,फट्केटोल लगायतका आधा दर्जन गाँउका बासिन्दालाई दैनिक आउजाउ गर्नु पर्छ । अन्य गाउपालिका र जिल्ला बाहिरका ब्यतिm पनि सो पुल ...
अवैध स्वास्थ्य  क्लिनीकहरुको नगरपालिकाले नियमन गर्नेः प्रमुख प्रशासकिय अधिकृत खड्का
रामग्राम नगरपालिका, समाचार

अवैध स्वास्थ्य क्लिनीकहरुको नगरपालिकाले नियमन गर्नेः प्रमुख प्रशासकिय अधिकृत खड्का

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले नगरक्षेत्र भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरुलाई नियमन गर्ने भएको छ । नगरक्षेत्र भित्र रहेका विभिन्न स्वास्थ्य सस्थाहरुले विना दर्ता,मापदण्ड विपरित पनि सञ्चालन हुदै राजश्व समेत छलि गर्ने गरेको जनगुनासो बढन थाले पछि नियमन गर्ने भएको हो ।रामग्राम नगरपालिका भित्र पृथ्वीचन्द्र अस्पताल वरिपरि तथा अन्य विभिन्न बजार क्षेत्रमा मापदण्ड विपरित सञ्चालनमा रहेका स्वास्थ्य सस्था,क्लिनीक तथा प्याथोलोजी सेवाहरुको नियमन गर्ने कार्य योजना बनाउन नगरपालिकाको स्वास्थ्य शाखालाई प्रमुख प्रशासकिय अधिकृत मान बहादुर खड्काले जानकारी गराए । विना दर्ता स्वास्थ्य सस्थाहरुको तत्काल अनुगमन गर्नका लागि के कस्तो कानुनी प्रवाधान रहेको नभए तत्काल स्वास्थ्य सेवा सम्बन्धित ऐनको तर्जुमाका लागि शाखालाई निर्देशन दिएको उनले बताए । दर्ता नै नगरि सयौ संस्थाहरु नगरभित्र सञ्चालनमा रहेका छन् ...
भगवान बुद्धको अष्टधातु क्षेत्रको सफाई गरि समापन गरियो आठौ संविधान दिवस
रामग्राम नगरपालिका, समाचार

भगवान बुद्धको अष्टधातु क्षेत्रको सफाई गरि समापन गरियो आठौ संविधान दिवस

आठौ संविधान दिवस नवलपरासीको रामग्राम स्थित भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप क्षेत्रको सरसफाई गरि सम्पन्न गरिएको छ । जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको अगुवाईमा आठौ संविधान दिवस शान्तिका अग्रदुत भगवान गौतम बुद्धको अस्ति रहेको अष्टधातु क्षेत्रमा शान्तिकै कामना गर्दै समापन गरिएको हो ।दिगो शान्ति र विकासको परिकल्पना गरि जारी भएको नेपालको संविधान २०७२ को आठौ संविधान दिवस समापन गरिएको जिसस प्रमुख भगौती प्रसाद यादवले बताए । उनका अनुसार अहिले सन्दर्भ पनि जुरेको हो,कि भगवान बुद्धको अन्त्येष्टि पछि उनको अस्तुलाई विभिन्न आठवटा भागमा विभाजन गरि कोलिय राजाले पाएको आठ भागको एक भाग अस्ति ल्याएर रामग्राम स्तुप बनाएका थिए । जुन बौद्धमार्गीका लागि शान्तिको अभ्यास गर्न स्तुपको सानिध्यमा बसेर ध्यान गर्नु हो । त्यसैका लागि प्राचिन कोलिय गणराज्यका कोलिय राजाहरुले आफ्नो भागमा पाएको अ...
परासी हाटबजारमा दशै सस्तो बजार सञ्चालन गर्ने योजना
रामग्राम नगरपालिका, समाचार

परासी हाटबजारमा दशै सस्तो बजार सञ्चालन गर्ने योजना

जिल्लाको रामग्राम नगरपालिका वार्ड नं.२ स्थित साप्ताहिक हाटबजारलाई दशै देखी छठसम्म दैनिक रुपमाम सञ्चालन गर्ने गरि योजना अगाडी सारिदै छ । हाटबाजर रहेको वार्ड नं.२ का वार्ड अध्यक्ष निरज रौनियारले दशै सस्तो बजार बनाउने गरी दैनिक बजार सञ्चालन गर्ने गरि विभिन्न पक्षसँग छलफल भई रहेको जानकारी गराएका हुन् ।नेपाली नागरिक सस्तो भनेर भारतिय ठूठीबारी बजार जाने र त्यहा झन महगोँमा मालसमान किन्नु पर्ने बाध्यता रहेको हुदा यो बर्ष देखी परासी बजारमै सस्तो दशै बजार सञ्चालन गर्ने योजना ल्याइएको उनले बताए । साताको बुधवार र शनिवार लाग्ने गरेको साप्ताहिक हाटबजार स्थलमा अहिले नयाँ सटरहरु बनेका छन्,उनले भने, ति सटरलाई पनि कम्तीमा छठसम्म ब्यवसायिहरुलाई निशुल्क उपलब्ध गराउने,साप्ताहिक हाटको दिन बाहेकका दिन लाग्ने बजारको बैठकी करलाई पनि सहुलियत दिएर सस्तो बजार बनाउने गरि आन्तरिक छलफल र ब्यवसायिहरुसँग परामर्श भई रहेको ...
प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव
समाचार, सरावल गाउँपालिका

प्राचिन कुण्डियनगरको जिवकबन क्षेत्रमा जिउतिया महोत्सव

बौद्धकालिन प्राचिन कुण्डियनगर भनेर चिनिएको सरावल १ भगडा स्थित जिवक बनमा जिउतिया महोत्सव मनाइएको छ । स्थानिय थारु समुदायले गत बर्ष दखी जिउतिय पर्वको दिन भगडा स्थित पतजिव बगैचा क्षेत्र प्राचिन कुण्डिय नगरको रुपमा घोषणा गरि जिउतिया महोत्सवको आयोजना गरेको परम्परालाई निरन्तरता दिदै जिउतिय पर्वको दिन महोत्सव मनाएका हुन् ।स्थानिय स्तरमा पतजिव भनेर चिनिने पुत्रन्जिवी बगैचा क्षेत्रमा भगवान बुद्ध र बौद्ध संघको चिकित्सक समेत रहेका भन्ते जिवक र उनका अग्रसेवक भन्ते आनन्द आएर सो स्थानमा बसेको मान्यता रहेको छ । जिवक सहितको बास बसेको स्थान प्राचिन कुण्डिय नगर भएको बौद्ध अध्ययेताहरुको मान्यता रहेको छ । जिवककै नामले पुत्रन्जिवी बनस्पती अहिलेसम्म त्यहा रहेको छ । स्थानियबासीले सो स्थानमा हसनी माईको स्थान पनि भएको मान्दै आएका छन् । आयुर्वेदिक मान्यता अनुसार पुत्रन्जिवीको फल सेवन गरे पुत्रलाभ प्राप्त हुने छ । प...
भगवान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट(ठाढीघाट)को नेपाली सेनाले गर्यो सरसफाई
समाचार, सुस्ता गाउँपालिका

भगवान बुद्धले महाभिनिष्क्रमण लिएको अनोमाघाट(ठाढीघाट)को नेपाली सेनाले गर्यो सरसफाई

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिका ५ स्थित ऐतिहासिक तथा पर्यटकिय क्षेत्र अनोमाघाट(ठाढीघाट)मा नेपाली सेनाको टोलीले सरसफाई गरेको छ । आईतवार पुगेको नेपाली सेना गोरखदल गणको टोलीले एक दिन रात्रीबास गरि सोमवार सफाई कार्य गरेको हो । केही दिन पहिला नेपाली सेनाका जर्नेल नवराज गुरुँगले समेत अनोमाघाटको अवलोकन गरेर फर्के पश्चात यस्ता राष्ट्रिय सम्पदाहरुको संरक्षण,ब्यवस्थापन र सरसफाईमा नेपाली सेनाको कृयाशिलता रहने जानकारी गराएका थिए । अहिले नेपाली सेनाको टोली अनोमाघाटमा पुगेर रात्रीबास बस्ने र भोली पल्ट सरसफाई कार्य गरेको गणका कर्नेल ज्ञानकाजी श्रेष्ठले जानकारी गराएका थिए । सिद्धार्थ गौतम गृहत्याग गरेर आफ्नो प्राचिन कपिलबस्तु राज्यबाट हिडदै कोलिय गणराज्यको पुर्वि सिमामा पर्ने तत्कालिन अनोमा नदी किनारमा पुग्दा उनले चढेको कन्टक घोडा त्यही ठढा भए देखी नै त्यो अनोमा घाटलाई अहिलेसम्म ठाढी घाट भनिदै आ...
स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो
बर्दघाट नगरपालिका, समाचार

स्वास्थ्य सेवा प्रवाह गर्न जिल्लामा वर्दघाट नगरपालिका पहिलो

नवलपरासी,२ भदौजिल्लाका सात स्थानिय तहमा हुने स्वास्थ्य सेवाका गतिविधिलाई आधार मानी मुल्याँकनमा वर्दघाट नगरपालिका पहिलो भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्धारा भुमहीमा आयोजना गरिएको आर्थिक बर्ष २०७८/०७९ को जिल्ला स्तरिय एकिकृत स्वास्थ्य कार्यक्रमहरुको बार्षिक समिक्षा गर्दै कार्यसम्पादान मुल्याँकन गर्दा जिल्लामा वर्दघाट पहिलो स्थानिय तह भएको घोषणा गरिएको हो ।स्वास्थ्य सेवाको प्रभावकारिता,कार्यसम्पादन,स्वास्थ्य सुचना ब्यवस्थापन प्रणाली र स्थानिय तहले बजेट विनियोजना गरिने आधार तथा स्वास्थ्यसँग बनाईएका नीति आदीको आधारमा सातवटै पालिकाको मुल्याँकन गरिएको थियो । त्यसमा वर्दघाट नगरपालिका सबै भन्दा बढि अंक प्राप्त गरेर पहिलो भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएको थियो । दोश्रो स्थानमा सरावल गाउपालिका र तेश्रो हुने पालिकामा प्रतापपुर परेको छ । त्यसै गरि रामग्राम नगरपालिका र सुस्ता गाउपालिका...
बासठ्ठी करोडको लागतमा बन्ने भयो परासी—पण्डितपुर सडक
रामग्राम नगरपालिका, समाचार

बासठ्ठी करोडको लागतमा बन्ने भयो परासी—पण्डितपुर सडक

रामग्रामको पुर्वाधार विकासमा दातृनिकायको आकर्षण बढ्दो नवलपरासी,३१ भदौजिल्लाको रामग्राम नगरपालिकामा अहिले विकास पुर्वाधारका लागि लगानीकर्ताको आकर्षण बढदै गएको छ । नगरप्रमुख धनपत यादवले नगरक्षेत्रको पुर्वाधार विकासका लागि लगानीकर्ता खोज्दै स्थान देखाउदै सहजीकरणमा लागे पश्चात लगानीकर्ताको आकर्षण बढेको हो ।लगानीकर्ता मध्येकै विश्व बैंकको टोलीले सर्वेक्षण थालेको छ । शुक्रवार विश्व बैकको अनुदानमा काम हुने गरि परासी सदरमुकाम देखी प्राचिन कोलिय गणराज्यको राजधानी समेत रहेको प्राचिन रामग्राम(पण्डितपुर) जोड्ने सडकको सर्वेक्षण कार्य शुभारम्भ भई सकेको छ । सोही आयोजना अन्तरगत रामग्राम ६,१०,१४,१५ र १८ वार्डको भुमिमा विस्तार हुदै गएको औद्योगिक क्षेत्रलाई पनि ब्यवस्थित गर्ने गरि योजना अगाडी सारिएको नगरपालिकाका इन्जिनियर सतिस गुप्ताले बताए । यसका लागि करिब ६२ करोड लगानी विश्व बैंकले गर्नेछ,उनले भने, विश्...
रामग्राममा विद्यार्थीद्धारा नाराबाजी र प्रदर्शन
रामग्राम नगरपालिका, समाचार

रामग्राममा विद्यार्थीद्धारा नाराबाजी र प्रदर्शन

नवलपरासी,२९ भदौ,नेपाल भरिका विद्यालयहरुमा बालबालिकाहरुले विभिन्न कार्यक्रम गरि राष्ट्रिय बाल दिवस मनाई रहदा रामग्राम नगरपालिकामा विद्यार्थीहरुले नाराबाजी र प्रदर्शन गरेका छन् । विद्यालयका प्रधानाध्यापक र शिक्षकको नगरपालिकाले सरुवा गरेको विरुद्ध विद्यार्थीले नाराबाजी गरेका हुन् । जिल्लाको पवन माविका बालिकाहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा रहेका अधिकाँश बालबालिकालाई आफु के कस्का लागि आन्दोलन गर्न आएको भन्ने थाहा नभएको र साथीहरुले जानु पर्छ भनेर आएको भनि प्रतिकृया दिएका थिए । अधिकाँश विद्यार्थीले आफ्नो मागबारे अनभिज्ञता प्रकट गर्दा विद्यालयबाट सरुवा भएका शिक्षकहरुले उक्साएर विद्यार्थीलाई नगरपालिका विरुद्ध नाराबाजी गराएको आरोप नगरपालिकाका केही कर्मचारी र जनप्रतिनिधिहरुले लगाएका थिए । शिक्षकले पठन पाठन गर्नु गराउनु छाडेर आफ्ना बालबालिकालाई आफ्नो स्वार्थमा प्रयोग गरेको अभिभावकले हस...
शसस्त्र बन रक्षक नहुदा बन जोगाउन समस्या
रामग्राम नगरपालिका, समाचार

शसस्त्र बन रक्षक नहुदा बन जोगाउन समस्या

नवलपरासी,२९ भदौ,डिभिजन बन कार्यालय नवलपरासी अन्तरगत रहेका शसस्त्र बन रक्षकको पदपुर्ति नहुदा बन जोगाउन समस्या भएको छ । बन जंगल जोगाउने एउटा महत्वपुर्ण शुरक्षा निकाय शसस्त्र बन रक्षक दरबन्दी रितm हुदै जानु र सरकारले हालसम्म सो दरबन्दी पुरा नगर्दा डिभिजन कार्यालयलाई बन जोगाउनमा चुनौती थपेको हो ।बन संरक्षणका लागि साधारण कर्मचारीसँगै शसस्त्र बन रक्षक आवश्यक रहेको छ । तर सरकारले बन रक्षकहरुको पदपुर्ति नगर्दा बन संरक्षण कार्यमा चुनौती थपिएको डिभिजन बन कार्यालयका डिभिजन बन अधिकृत महेन्द्रराज बाग्लेले बताए । उनका अनुसार डिभिजन बन कार्यालयसँग १९ जना शसस्त्र बन रक्षकको दरबन्दी रहेको छ । जस्मा १६ जना शसस्त्र बन रक्षक सिपाही पदका छन् । ति मध्ये ११ जना बन रक्षकको रदबन्दी रितm छ । ५जना शसस्त्र बन रक्षक सिपाही छन् । बनजंगलमा रात्रि गस्ति गर्नु पर्छ,अधिकृत बाग्लेले भने, त्यसका लागि शसस्त्र बन रक्षकसँगै हुन...