Author: Bechu Gaud

कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत
समाचार, सुनवल नगरपालिका

कामको ‘गेयर’ बदल्नुस्ः प्रमुख प्रशासकिय अधिकृत

नवलपरासी,१६ भदौजिल्लाको सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भतिmराम मरासनीले नगरपालिकाका कर्मचारीलाई कामको गेयर बदल्न(काम गतिशिल बनाउन) निर्देशन दिएक छन् । हालै सरुवा भएर आएका प्रमुख प्रशासकिय अधिकृत मरासनीले काम गति अति नै कम भएको जनाउदै नगरपालिकाका कर्मचारीलाई कामको गति बढाउने गेयर बदल्ने निर्देशन गरेका हुन् ।विहिवार उनले लेखा शाखाका कर्मचारीलाई लक्षित गरि के कस्तो काम भएको छ ? के कारणले कतिशिलता बढिरहेको छैन ? भन्ने चाँसो ब्यतm गर्दै कामको गेयर बदल्नु पर्ने बताएका थिए । कार्यकक्षमा उपस्थित लेखा सहायक भए पनि उनको भाव लेखा शाखा हुद्रै नगरपालिकाका सबै कर्मचारी माथि नै लक्षित थियो । यस्तो कामले देवता र पितृले समेत राम्रो मान्दैनन्,उनले भने,बसेर मात्रै खानु हुदैन् । लेखाका खाताहरु सञ्चालनमा आएका कि आएन भनेर उनी सोधका थिए । कामको प्रगति नै लेखाले मापन हुने हुदा लेखाबाट उनले खाताका कुरा ...
विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व
समाचार, सुनवल नगरपालिका

विद्यालयको बातावरण र शैक्षिक गुणस्तर सुधारमा काम गर्दैछ महिला नेतृत्व

नवलपरासी,१५ भदौदक्षिण भारतको फिल्म ‘मेडम गितारानी’ नामक मुभि धेरैले हेर्नु भएको होला,जस्मा गितारानी एक सैनिक लेफ्टीनेन्ट पद छाडेर गाँउको विद्यालय सुधार अभियानमा लागेकी हुन्छिन् । लामो संघर्ष पश्चात सरकारी विद्यालयको पठन पाठनमा सुधार ल्याएर देखाउछिन् । त्यो एउटा फिल्म मात्र भए को भए पनि फिल्मकी पात्र जस्तै पदचाप पच्छयाउदै नवलपरासीको सुनवल नगरपालिका ४ स्थित रमवापुर माविमा एक शिक्षिका अग्रसर भएकी छिन् । उनी हुन रमवापुर माविको प्राथमिक तहकी संयोजककी जिम्मेवारी पाएकी किम्मी श्री श्रेष्ठ । भारतिय सैनिक (एसएसबी बटालियन)मा दुई बर्ष काम गरेर श्रेष्ठ अहिले शिक्षिका पेशा अपनाएकी छिन् । विद्यालयले पनि उनलाई प्राथमिक तहको नेतृत्व गर्न जिम्मेवारी दिएको छ । उनी आफ्नो जिम्मेवारी बहन गर्दै विद्यालयका बालबालिकामा विभिन्न अभियान मुखी कार्य गर्दै अगाडी बढिरहेकी छिन् । शिशु कक्षा देखी ५ कक्षासम्म अध्ययन...
रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु
रामग्राम नगरपालिका, समाचार

रामग्राम(बाईपास) चोक मन्झरियाचोकसम्मको ६ लैनको सडक निर्माण कार्य शुरु

नवलपरासी,१६ भदौजिल्लाको सदरमुकाम परासीको रामग्राम (बाईपास) चोक देखी मन्झरियासम्मको सडक स्तरोन्नती गर्ने कार्य शुरु भएको छ । सडक स्तरोन्नीका लागि टेण्डर लिएको समिर कन्ट्रक्सनले सम्झौता भए पश्चात तत्कालै काम शुरु गरेको हो ।सडकको अवस्थामा सम्बन्धि प्राविधिकहरुले बुधवार रामग्राम नगरपालिकाका नगरप्रमुख (मेयर) धनपत यादव र सम्बन्धित वार्डका वार्ड अध्यक्ष रामवृक्ष यादव सहित स्थलगत गरि सडक स्तरोन्नतीबारे जानकारी आदान प्रदान गरेका थिए । भुमही–सुनौली बन्दरगाह मार्ग अन्तरगत मन्झरिया देखी परासीको रामग्राम चोकसम्मको सडक स्तरोन्नती गरि ६ लैन बन्ने भए पछि यस क्षेत्रका ब्यवसायि उत्साही छन् । रामग्राम नगरपालिकाका नगरप्रमुख(मेयर) धनपत यादवको पहलमा परासी बजारलाई सौन्दरीकरण अभियानसँगै ब्यवस्थित गर्ने गरि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन् । सोही क्रममा सडक डिभिजन कार्यालयले बाजर भित्रै पर्ने सो मार्गको पन...
बाढीले भत्काएको झरहीखोला बाँध मर्मतका लागि स्थानियको ध्यानाकर्षण
रामग्राम नगरपालिका, समाचार

बाढीले भत्काएको झरहीखोला बाँध मर्मतका लागि स्थानियको ध्यानाकर्षण

नवलपरासी,१५ भदौजिल्लाको रामग्राम २ स्थित झरहीखोला बाँध भत्किएको प्रति सरोकारवालाको ध्यान नगएको भन्दै स्थानियले गुनासो गरेका छन् । बाढीको बेला भत्किएको स्थानबाट टोलका घरहरुमा पानी पस्न सक्ने खत्तरा भए पनि सरोकारावालाले ध्यान नदिए पछि गुनासो गर्न थालेका हुन् ।झरहीखोला पुल नजिकै बाँध भत्किएको छ,स्थानिय रामभवन यादवले भने देखाउदै भने,गत दुई बर्ष पहिला सिचाई डिभिजन कार्यालय सेमरीले तटबन्धन गराएको थियो,बाढीले भत्काई दियो । सिचाई डिभिजन कार्यालय अहिलेसम्म मर्मत गरेको छैन् । रामग्राम नगरपालिकाले पनि नदीको तटबन्धन र नदी सफाईको नाममा लाखौ खर्च गरेको सुनिएको छ,तर पुल नजिकै भत्किएको उतm बाँधको मर्मत गरेको छैन् । यसबारे सिचाई डिभिजन कार्यालय र नगरपालिकाका प्राविधिकलाई समेत जानकारी गराई सकिएको छ,तर कुनै सुनुवाई नभएको उनको भनाई थियो । उनले भत्किएको बाँध पुर्ननिर्माणका लागि ध्यानाकर्षण गराएको छु,उनले भने, ...
रामग्रामको परासी बजारमा छाडा चौपायाले यात्रुलाई हैरानी
रामग्राम नगरपालिका, समाचार

रामग्रामको परासी बजारमा छाडा चौपायाले यात्रुलाई हैरानी

नवलपरासी,१४ भदौजिल्लाको रामग्राम नगरपालिका सरसफाई अभियानमा नगरप्रमुखले अग्रसरता लिदा चौतर्फि प्रशँसा भए पनि बजारमा रहेका छाडा चौपायाले अझै समस्या नै रहेको छ । नगरसफाईको काममा नगरपालिकाले काम गर्दै गरेको भए पनि छाडा चौपायाको ब्यवथापन नगर्दा यात्रुलाई समस्या हुने गरेको गुनासो बढन थालेका हो ।परासी बजारमा जहिले पनि छाडा चौपाया,गाईबस्तु र बाख्रा घुम्ने गरेका छन् । यसले कतिपय यात्रीहरु लडेर घाईते पनि भएका छन ् । नगरपािलकाले बजारको सरसफाईसँगै छाडा चौपायामा समेत ध्यान पुर्याउनु पर्ने माग नगरबासीले गरेका छन् । सडकको विचमै बसिदिने र केहीले यात्रुलाई मार्न समेत झम्टिने गर्दा दुर्घनाको जोखिम बढेको स्थानिय बलिराम कोईरीले बताए । बजार सफाई अभियान प्रशंसनिय छ,उनले भने, तर यि छाडा चौपायाको पनि नगरपालिकाले ब्यवस्थापन गरिदिन पर्यो । यसबारे छुट्टै निवेदन दिनु पर्ने जस्तो मलाई लाग्दैन उनले थपे,यहिँ बजारमा नगरप...
जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण
रामग्राम नगरपालिका, समाचार

जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र खुले पछि आयुर्वेद तर्फ विरामीको आकर्षण

नवलपरासी,१३ भदौ,जिल्ला अस्पताल परिसरमै आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आए देखी विरामीको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढदै गएको छ । जिल्ला पृथ्वीचन्द्र अस्पताल परिसरमै आयुर्वेदिक उपचार हुने जानकारी स्थानियले थाहा पाउदै गए पछि दिर्घरोगी,जेष्ठनागरिकहरुको आकर्षण आयुर्वेदिक उपचार तर्फ बढन थालेको हो । रामग्राम नगरपालिका १४ अईचावलबाट घुडा दुखाईको उपचारका लागि केन्द्रमा आएका आएका ७५ बर्षिय फेकु यादवले गाँउकै लक्ष्मण हरिजन उपचार गराएर गए पछि आफुलाई उनीबाट थाहा भएको बताए । लामो समय ऐलोपैथिक उपचार गराउदै आए पनि निको नभएका कारण उनी आयुर्वेदिक उपचार केन्द्रमा आएर उपचार गराएका थिए । यहिँबाट लागेको औषधीले दुई दिनमै राहत महशुस भएको बताए । उनले नै भनेर आफु आयुर्वेदिक स्वास्थ्यकेन्द्र खोज्दै आएको हुँ,उनले भने, गाउका धेरैले भने,घुडाको दुखाई अग्रेजी औषधी भन्दा आयुर्वेदिक औषधीले निको हुन्छ । छिमेकी...
लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे
पाल्हिनन्दन गाउँपालिका, रामग्राम नगरपालिका

लिँक सडक अन्तरगत झरही खोलाको पुल प्रयोगमा नआउदै चर्कियाे

गुणस्तरहिन समाग्रिको प्रयोग र प्राविधिक हेलचक्रयाई नवलपरासी,१३ भदौजिल्लाको पुर्वपश्चिम राजमार्ग देखी महेशपुर नाका जोड्ने लिँक सडक अन्तरगत झरही खोला पुल प्रयोगमा नआउदै क्रेक(चिरा परेको) भएको छ । रामग्राम नगरपालिका १७ स्थित उतm पुल बनेको तर प्रयोगमा नआउदै विम क्रेक भएको हो ।रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउपालिकाको सिमाक्षेत्रको झरहीखोला पुलको निर्माण गर्ने निर्माण ब्यवसायीको हेलचक्रयाईले पुलको विम क्रेक भएर जोखिम बढेको स्थानियले जानकारी गराएका थिए । पुल प्रयोगमा नआउदै चिरा पर्यो,स्थानिय अब्दुल रज्जाक धुनियाले पुलको अवस्थाबारे जिल्ला समन्वय समिति (जिसस)मा जानकारी गराएका थिए । जानकारी भए पश्चात जिसस प्रमुख भगौती यादव पुलको अवस्थाको स्थलगत अवलोकन गर्न तत्कालै पुगेका थिए । पुलको अवस्था जस्तो स्थानियले जानकारी गराएका थिए,त्यसै रहेको जिसस प्रमुख यादवले समेत जानकारी गराए । पुल प्रयोगमा नआउदै...
रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने
रामग्राम नगरपालिका, समाचार, सरावल गाउँपालिका

रामग्राम स्तुपा देखी बौद्धकालिन प्राचिन ककरपत्त नगर(जावा) जोड्न झरहीपुल निर्माण हुने

नवलपरासी,११ भदौजिल्लाको पर्यटकिय मार्गको रुपमा रहेको महामाया मार्ग र प्राचिन ककरपत्त नगर(जावा) जोड्न पुल निर्माण हुने भएको छ । पुर्वपश्चिम राजमार्ग देखी रामग्राम जोड्ने उतm माहामाया मार्गसँग सरावल गाउपालिका २ स्थित प्राचिन कोलिय गणराज्य अन्तरगतको एक प्रमुख ककरपत्त नगर जोड्ने मार्गको पुलको टेण्डर भए पछि उतm पुल निर्माण हुने सुनिश्चित भएको हो । रामग्राम नगरपालिका ७ उजैनीमा रहेको रामग्राम स्तुपबाट प्राचिन ककरपत्त नगर जाने सडकको विचमा झरहीखोला रहेको र अहिले सो पुल निर्माणका लागि सडक डिभिजनले टेण्डर समेत गरि सकेको हुदा पुल बन्ने कुरा निश्चित भएको स्थानिय देवराज चौधरीले बताए । सो पुलले रामग्राम स्तुपलाई प्राचिन ककरपत्त नगरले जोड्ने भएको छ, उनले भने, पर्यटन मार्गको रुपमा रहेको महामाया मार्ग रामग्राम स्तुपामा पुगेको थियो,तर ककरपत्त नगर पुग्नका लागि बिचमा झरही नदीमा पुल नभएका कारण समस्या थिय...
चार बर्षपछि परासी हाटबाजरमा आउन थाल्यो सालको पात र टपरी
रामग्राम नगरपालिका, समाचार

चार बर्षपछि परासी हाटबाजरमा आउन थाल्यो सालको पात र टपरी

नवलपरासी,११ भदौ,जिल्लाको रामग्राम नगरपालिका २ स्थित परासी साप्ताहिक हाटबाजरमा विगत चार बर्ष देखी विस्थापित भएको पात र पातबाट बनेको टपरी आउन थालेका छ । नगरपालिकाले टपरीमा समेत कर लगाए पछि पात र टपरी विक्रि गर्ने महिलाहरु बजार आउन नै छाडेको तर अहिले नगरपालिकाले त्यस्तो ब्यवसायिलाई राहत दिने भने पछि उनीहरु आउन थालेका हुन् ।शनिवार पातको मुठो लिएर आएकी दशकट्ठाकी ५० बर्षिय सुमित्रा सुनारले चार बर्ष पछि फेरी यो बजारमा पात बेच्न आएको बताईन् । बुद्ध शान्ति साझेदारी बनबाट सालको पात संकलन गर्ने र बजारमा बेचेर आफ्नो जिविका चलाउदै आएकी सुनार विगत बर्षमा नगरपालिकाले बैठकी कर उठाउन थालेको कारण नआएको सुनाईन् । शनिवार पुनःआफु ७ मुठा सालको पात बोकेर आएको बताउदै उनले भनिन्,पात बेचेर गुजारा गर्ने हामी गरिब परिवारलाई नगरपालिकाले राहत दिनु भन्दा कर लगाएका कारण विस्थापित भएका थियौ । प्रति मुठा ५० रुपियामा विक्रि...
धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान
रामग्राम नगरपालिका, समाचार

धुलोमुक्त नगर बनाउन रामग्राम नगरपालिकाले शुभारम्भ गर्यो साप्ताहिक सफाई अभियान

नवलपरासी,११ भदौ, रामग्राम नगरपालिकाले परासी बजारलाई सप्ताहिक रुपमा अभियानमुखी सरसफाईको शुभारम्भ गरेको छ । नेपाली सेना,प्रहरी स्थानिय संघसस्थाको समन्वयमा शनिवार बजार सफाई गरि सो अभियान शुरु गरिएको नगरपालिकाका नगरप्रमुख धनपत यादवले जानकारी गराएका हुन् । प्रत्येक शनिवारलाई अभियानमुखी तरिकाले परासीबजारलाई सफाई गरिने छ । दैनिक फोहोर उठाउने कार्य नगरपालिकाले गराउदै आए पनि बजारको सडक लगायत अन्य सार्वजनिक स्थलहरुको सफाई अभियान साप्ताहिक रुपमा गर्दै लैजाने लक्ष्य अनुसार कार्यक्रमको शुभारम्भ गरिएको हो । यस अभियानमा नेपाली सेना र नेपाल प्रहरीको सहयोग रहने छ,उनले भने, यसमा स्थानिय संघसस्था समेतको सहभागिता हुन्छ । स्थानिय नगारिकहरु आफै पनि यो अभियानमा सरिक हुन सक्छन् । यसले सामुहिक रुपमा सफाई गर्ने र सफा स्वच्छ नगर राख्न सन्देश प्रभाव गर्ने छ । यसको सिको नगरपालिका क्षेत्र भित्रका पटखौली,उजैनी,मं...