Author: Bechu Gaud

वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम
बर्दघाट नगरपालिका, समाचार

वर्दघाट नगरपालिकाले गर्यो त्रैमासिक प्रगति समिक्षा कार्यक्रम

नवलपरासी,जिल्लाको वर्दघाट नगरपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० को तिन महिनाको कार्य प्रगति विवरण सहितको त्रैमासिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक त्रैमासिक रुपमा कार्यप्रगति सार्वजनिक गर्ने र समिक्षा गर्ने पहिलो नगरपालिका हो ।सार्वजनिक गरिएको उतm ५६ बुदे प्रगाति विवरणमा शिक्षा,कृषि विकास,योजना अनुगमन,नगर प्रशासन,न्यायिक कार्य र वार्डहरुबाट सम्पादन हुने कार्यहरु उल्लेख गरिएको छ । त्यसै गरि राजश्वमा हालसम्म ३१.३१ प्रतिसत राजश्व संकलन भएको जनाइएको छ । बार्षिक ५ करोड ६० लाख राजश्व उठाउने लक्ष्यमा हालसम्म १ करोड ७५ लाख ३७ हजार ९ सय ७६ रुपिया राजश्व संकलन भएको छ । राजस्व बढाउनका लागि कर सहभागिता अभियान २०७९ घोषणा गरि वार्ड कार्यालय मार्फत अभियान लैजानका लागि उत्प्रेरित गरिएको छ । सार्वजनिक जग्गाको अभिलेखिकरणका लागि पनि जिम्मेवारी बाडिएको छ । पन्जीकरण तर्फ जन्मदर्ता ३ सय ६...
नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन
समाचार

नवलपरासी क्षेत्र नं. १ का जित्ने सांसदद्धय मन्त्रि बने, सडक बनेन

नवलपरासी,जिल्लाको पुर्वि क्षेत्रका साँसद र प्रदेश साँसद मन्त्रि बने तर सो क्षेत्रको सडक नबनेको गुनासो स्थानियबासीले गरेका छन् । जिल्लाको निर्वाचन क्षेत्र नं.१ साँसद हृदेश त्रिपाठी संघिय मन्त्री बने क्षेत्र नं.१(ख)का प्रदेश साँसद अजय बहादुर शाही प्रदेश सरकारका मन्त्री भए पनि सोही क्षेत्रको प्रमुख सडक महेशपुर —त्रिवेणी सडक जिर्ण सडक बन्न नसकेको गुनासो गरेका हुन् ।चुनावको बेला घरदैलोमा पुग्ने र विभिन्न आश्वासन बाड्ने नेता जितेर गए पछि गाँउका घरदैलो बिर्सने र आफ्नै दुनो सोच्याउनमा ब्यस्त हुने गरेको आरोप स्थानियको छ । यसको प्रत्यक्ष उदाहरण हुन सोही क्षेत्रका दुई साँसद त्रिपाठी र शाही । आफ्नो बलबुतोमा जित्न नसक्दा एमालेको बैशाखी लिए र त्यसको आडमा साँसद बने पछि विभिन्न तिगडम गरि दुबै जना मन्त्री पनि भए तर जनताले जनताको आधार भुत सडक मर्मत हुन नसकेन् । जिर्ण बन्दै गएको छ । विगत बर्षमा सर्वदलिय प्रत...
भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न
पाल्हिनन्दन गाउँपालिका, समाचार

भक्सिपुरको ‘होचो पुल’ सांसद कण्डेलमाथि प्रश्न

नवलपरासी,जिल्लाको पाल्हीनन्दन २ स्थित झरहीखोला भक्सिपुरको होचो पुल अहिले चुनावी ऐजेण्डा बन्न थालेको छ । विगत तिन दशक देखी उतm होचो पुलको विकल्पमा नयाँ पुल किन बन्न सकेन ? भनेर स्थानियले सो पुललाई अहिलेको चुनावी मुख्य एजेण्डा बनाउन थालेका हुन् ।समाजिक सञ्जाल देखी घरदैलोमा भोट माग्न आउने राजनीतिक दलको नेता तथा उमेदवारसँग कहिले बन्छ ? पुल भनेर प्रश्न गर्न थालेका छन् । जिल्लाकै प्रमुख महेशपुर नाकासँग जोड्ने उतm पुल सम्भवतः पुर्व पश्चिम राजमार्ग बन्दाको समकालिन पुल हो । अहिलेसम्म पनि सोही पुलले भारतिय बजार ठूठीबारी जाने र राजमार्गसँग जोड्ने सुनवल—परासी—महेशपुर सडकको सबै भन्दा पुरानो र लामो पुल हो । जमिनको सतह देखी पनि करिब डेढ मिटर होचो पुल छ । बाढीको बेला आवागन बन्द प्राय हुने गरेको छ । जोखिम मोलेर स्थानियहरु बाढी र बर्षायाममा आवत जावत गर्ने गरेका छन् । पुलको निर्माण हरेक चुनावको बेला उठ्ने गर...
किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र
रामग्राम नगरपालिका, समाचार

किसानलाई आलुमै सम्भावना खोज्न प्रोत्साहित गर्दै कृषि ज्ञान केन्द्र

नवलपरासी,‘तालुमा आलु फल्नु’ नेपाली उख्खान नेपाली युवा किसानलाई अहिले पनि उत्तिकै महत्व भएको एक कार्यक्रममा बताइएको छ । विगतमा उख्खानको रुपमा रहेको यो वाक्य अहिले पनि चरितार्थ हुन सक्ने बेरोजगार युवा तथा किसानलाई आलुमै सम्भावना खोज्ने अवस्था आएको कृषि ज्ञान केन्द्र नवलपरासीमा आयोजना गरिएको एक कार्यक्रममा बताइएको हो ।नेपालमा आलु खेतीमा अवसर खोज्ने हो भने अहिले नेपालमा आलुको बजार ठूलो सम्भावना रहेको आलु विज्ञको रुपमा चिनिदै आएका श्याम प्रसाद ढकालले बताए । कृषि ज्ञान केन्द्रले जिल्लामा आलु खेती प्रवद्र्धन कार्यक्रममा प्रस्ताव पेश गरेका आलु किसानलाई अभिमुखीकरण गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममा सो कुरा उनले बताएका हुन् । नेपालमा आलु खेती र आलु खेतीमा लाग्ने किसानलाई अवसर उत्तिकं रहेको छ, ढकालले भने, किसानले अवसर चिन्न सक्नु पर्छ । तालुमा आलु फल्नु अर्थात किसानको भाग्य सप्रिने नेपालमा ठूलो...
समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र
समाचार, सुस्ता गाउँपालिका

समाजिक सुरक्षा सेवा प्रभवाकारी बनाउन परिचयपत्र

नवलपरासी,जिल्लाको सुस्ता गाउपालिकाले समाजिक सुरक्षा कार्यलाई प्रभावकारी बनाउन बेला बेला निवेदन संकलन गरि अपाँग परिचयपत्र बितरण कार्य गराउदै आएको छ । अपाँग परिचयपत्र प्राप्त गरे पश्चात उनीहरुले पाउने समाजिक सुरक्षा भत्ता र अन्य सेवा सुविधा पाउने हुदा सो कार्यलाई प्राथमिकतामा राखि काम गरिने गरिने गरिएको हो ।सरकारबाट पाउने सेवा सुविधाका लागि अपाँग परिचयपत्र आवश्यक पर्ने भएको हुदा सेवा प्रवाह पुर्व नै निवेदन संकलन गरि महिला बालबालिका तथा समाजिक विकास शाखा मार्फत गाउपालिकामै अपाँग परिचयपत्र बनाउने गरिएको छ । निवेदन संकलन भए पछि चिकित्सकलाई गाउपालिकामै बोलाएर सिफारिस गराउने र परिचयपत्र वितरण गर्ने कार्य भई रहेको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले बताए । अपाँगलाई सेवा सुविधा प्रवाह गर्नका लागि परिचयपत्र आवश्यक पर्छ,उनले भने, त्यही भएर बेला बेला चिकित्सक गाउपालिकामै बोलाएर चेक...
करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र
रामग्राम नगरपालिका, समाचार

करोडौको तुरियाखोला पुल डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र

नवलपरासी,जिल्लाको रामग्राम १५ स्थित तुरियाखोला पुलको डिजाईन फेल हुदा निर्माण कार्य अलपत्र परेको छ । पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाँई नै कम राखेर डिजाईन गरेको कारण अहिले पुलको डिजाईन नै फेल भएर निर्माण कार्य अलपत्र परेको हो ।सडक पुर्वाधार विकास कार्यालय(आरआईडिओ) मणिग्राम रुपन्देहीले उतm पुलको डिजाईन गरि ठेक्का लगाएको थियो । उतm पुलको निर्माण कार्यको जिम्मेवारी एम/एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरि निर्माण शुरु गरेको थियो । पुलको शिलान्यास तत्कालिन लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्रि बैजनाथ चौधरीले ठूलै समारोहको विच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाईन नै फेल होला भनेर लागेको थिएन् होला । अहिले पुलको डिजाईन नै फेल भएको देखिएको छ,स्थानिय बलिराम कोईरीले भने,स्थानिय स्तरमा नपुगि सम्भवतः इन्जिनियरले सो पु...
चुनाव आयो, मल आएन
रामग्राम नगरपालिका, समाचार

चुनाव आयो, मल आएन

नवलपरासी,खाद्यमा आत्मनिर्भर बनाईने लक्ष्य लिई सरकारले खाद्यान आयात प्रतिस्थापन गर्ने गरि बन्ने नीति र नियतीमा फरक देखिन थालेको छ । खाद्यानको स्रोत हो कृषि,कृषिको उपजको आधार हो सिचाँई र मलखाद तर सरकारी मल बितरण प्रकृयाले नै नीति र नियतीमा फरक देखाएको हो ।लुम्बिनी प्रदेश सरकारले प्राप्त गरेको डाई अमोनिया फस्फेट(डि.ए.पी.) मल वितरणमा नवलपरासी जिल्लालाई बिभेद भएको स्थानिय कृषिसँग सम्बद्ध संघसस्थाले आरोप लगाएका छन् । सरकारी नीतिमा कृषि उत्पादन बढाउने भए पनि कृषि उत्पादनका मुख्य आधार मलखाद पहिलो आवश्यकताको आधारमा माग गरिदैन,माग गरिए पनि समयमा आयात गरिदैन,आयात भएर आए पनि कुन क्षेत्र उत्पादन क्षेत्र हो,त्यसको पहिचान गरिदैन,हचुँवाको तालमा मल वितरण गर्दा त्यसको असर नवलपरासीका किसानलाई परेको कृषक हक हित संरक्षण मञ्चका अध्यक्ष सम्भु उपाध्यायले बताए ।कृषक प्रतिको सरकारी वेवास्ता हालै लुम्बिनी प्रदेशले व...
शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह
प्रतापपुर गाँउपालिका, समाचार

शैक्षिक बेरोजगारलाई रोजगारी दिनका लागि सुचिकृत हुन युवाहरुलाई आग्रह

नवलपरासी,जिल्लाको प्रतापपुर गाउपालिकाले गाउपालिका भित्र शैक्षिक बेरोजगार भएर बसेका युवाहरुलाई रोजगारी उपलब्ध गराउनका लागि सुचिकृत हुन आग्रह गरेको छ । अन्य वेरोजगार युवायुवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले समेटे पनि शैक्षिक युवालाई छुट्टै शैक्षिक बेरोजगार युवालाई पनि रोजगारी उपलब्ध गराउनका लागि गाउपालिकाले गाउमा काम नपाएर बसेका शैक्षिक युवालाई सुचिकृत हुन आग्रह गरेको हो । अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम मार्फत ति शैक्षिक बेरोजगार युवालाई विद्यालयहरुमा शैक्षिक जनशतिm परिपुर्ति गरि शैक्षिक गुणस्तर सुधार गर्ने र बेरोजगार युवालाई रोजगारीको पनि अवसर सृजना गर्ने गरि गाउपालिकाले बार्षिक कार्यक्रम बनाएको थियो । त्यही कार्यक्रम अनुसार शैक्षिक बेरोजगारको सुचि तयार गर्न लागिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिवी घिमिरेले बताए । कातिक १७ गते भित्र कक्षा १२ पास गरेका वा...
विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा
रामग्राम नगरपालिका, समाचार

विद्यालय स्वास्थ्य प्रभावकारी बनाउन रामग्रामले गर्यो योजना तर्जुमा

नवलपरासी,जिल्लाको रामग्राम नगरपालिकाले विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको योजना तर्जुमा गरेको छ । बालबालिकामा अझै पनि पोषणका लागि आवश्यक जनचेतना जगाउन नसक्दा कुपोषण कायम रहेको हुदा विद्यालय स्वास्थ्य कार्यक्रम मार्फत हटाउने गरि योजना तर्जुमा गरिएको हो ।नेपाली बालबालिका खान नपाएर होईन,खान नजानेर कुपोषणमा परेको उतm योजना तर्जुमा कार्यक्रममा बताइएको थियो । बालबालिकालाई विद्यालय खाजा कार्यक्रम प्रभावकारी बनाउनु पर्ने र त्यसका लागि जक्सफुड भन्दा स्थानिय स्तरमा पाईने पोषण युतm खाजा खुवाउनु पर्नेमा जोड दिइएको थियो । बालबालिकालाई आवश्यक पर्ने पोषण मध्ये ३० प्रतिसत पोषण विद्यालयबाटै दिनु पर्ने हुदा विद्यालय खाजा कार्यक्रम सरकारले ल्याएको हो । तर त्यसको प्रभावकारिता बढाउन नसक्दा खाजा नामको मात्र खाजा हुन पुगेको छ । यसलाई हटाउनका लागि स्वास्थ्यकर्मी र शिक्षक दुबै मिलेर काम गर्नु पर्ने बताइएको थि...
सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप
समाचार

सडक निर्माणमा कमसल निर्माण समाग्रिको प्रयोग भएको आरोप

नवलपरासी,२६ असोज,जिल्लाको सिमा नाका महेशपुरको सडक तथा ढल निर्माणमा कमसल समाग्रिको प्रयोग गरि भ्रष्टाचार हुने गरेको आरोप स्थानियले लगाएका छन् । नियमन गर्ने निकायको मौनता, सरोकारवाला प्राविधिकको मिलोमतोमा कमसल समाग्रि प्रयोग गरि गुणस्तरहिन कार्य गरेर भ्रष्टाचार गरिएको स्थानियबासीले दाबी गरेका हुन् ।पाल्हीनन्दन गाउपालिका १ स्थित महेशपुर नाकासम्मको सडक फराकिलो गर्ने कार्यमा बन्दै गरेको सडक आयोजनाको काममा कमसल समाग्रिको निर्माण भई रहेको स्थानिय जितेन्द्र गुप्ताको भनाई थियो । काम गर्ने ठेकेदार को हो ?त्यसको कुनै होर्डिगँ बोर्ड राखी सुचना समेत राखिएको छैन्,उनले भने, सडक र ढलको लागि कुन समाग्रि कस्तो हुने जानकारी कसैलाई छैन् । काम गर्ने मजदुरसँग भनेर के गर्ने ? उनले थपे, उनीहरुले हामी कामदार हो,कुन गुणस्तरको हो ? त्यसबारे कुनै जानकारी छैन् । ठेकेदारले इटा,बालुवा र सिमेन्ट पठाई दिन्छ । हामी सुरवाईज...