प्रतापपुर गाउपालिकामा बार्षिक ३८ करोड रेमिटान्स भित्रिदै
नवलपरासी,२३ भदौजिल्लाको प्रतापपुर गाउपालिकाबाट विदेशिएका नेपालीबाट गाउपालिका भित्र बार्षिक ३८ करोड रेमिटान्स भित्रिने गरेको छ । बैदेशिक रोजगारीको क्रममा विदेशिएका युवाहरुले आर्जन गरेर रेमिटान्सको रुपमा सो रकम पठाउने गरेका हुन् ।रेमिटान्सले अर्थतन्त्रमा बजार सन्तुलन मिलाउदै आउने क्रममा प्रतापपुरबाट विदेशिएका नेपाली युवाले सो रकम गाउपालिका भित्र पठाउने गरेको गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । स्वदेशमा रोजगारी समस्या हल गर्न नसक्दा स्थानिय युवा विदेशिने गरेका छन्,उनले भने, गाउपालिका भित्र करोड रकम भित्रिने गरिएको भए पनि दिगो विकासलाई त्यसले सहयोग नपुर्याउने हुदा फर्कने युवालाई स्वदेशमै रोजगारी ब्यवस्था मिलाउनका लागि गाउपालिकाले रणनीतिक तयारीमा लागेको बताए । गाउ घरमै रोजगार र स्वरोजगारीको अवस्था सृजना गर्नका लागि बनाउने रणनीतिको क्रममा गाउपालिका भित्र सर्वेक्षण गर्दा ३ हजार १ सय विदेशि...










