
नवलपरासी,११ कातिक
नेपालमा ढुङ्गाका पहाडै पहाड भए पनि दैनिक उपभोगका लागि आदीबासी जनजाती देखी घरेलु उद्योग तथा ठूला उद्योग समेतमा भारतिय ढुगाँ प्रयोग गर्नका लागि आयात गर्न परेको छ । सरकारी नीति निर्माताका कमजोरीका कारण पहाडै पहाड भएको मुलुकमा ढुगाँ निर्यात गर्नुको सट्टा आयात गर्नु पर्ने कुरा दुःखद भएको स्थानियले बताएका हुन् ।
आदीबासी जनजाती कुशौडिया (पथ्थरकट्टा) समुदायले आफ्ना परम्परागत पेशाका लागि पहिला नेपाली ढुगाँ नै प्रयोग गर्दै आएका थिए । तर अहिले उनीहरु नेपाली ढुगाँमा रोक लगाए पछि भारतबाट ढुगाँ खरिद गरि ल्याउन परेको छ । घरेलु उद्योगमा पनि भारतिय ढुगाँ नै प्रयोग भई रहेको उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य ओम प्रकाश अग्रहरीले भने, अहिले जिल्लामा ढुगाँबाट मार्वल,टायल र ग्रेनाईटहरु भारतबाट ल्याएर दर्जन उद्योग सञ्चालन भई रहेका छन् । तर नेपालका ढुगाँको प्रयोग कसरी बढाउने भन्ने बारे नेपाली नीति निर्माताहरुले सोच्नै नसकेको उनले बताए ।
साना उद्योगका लागि पनि सिलौटो, लोरो, ओखल, जाँतो र खलौटो लगायत परम्परागत सामग्री बनाउन आवश्यक ढुङ्गा भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । स्वदेशमै प्रशस्त ढुङ्गा उपलब्ध रहेको अवस्थामा पनि आफूलाई आवश्यक पर्ने ढुङ्गा नेपालमा खरिद गर्न नपाउँदा जिल्लाका एक व्यवसायीले भारतबाट ढुङ्गा ल्याएर व्यवसाय सञ्चालन गर्दै आएका छन् । सरावल गाउँपालिका–३, श्रीनगरका ५१ वर्षीय जङ्गी कुशवाडियाले भारतको उत्तर प्रदेशस्थित मिर्जापुर जिल्लाबाट ढुङ्गा खरिद गरेर नेपाल ल्याउने गरेका छन् । भारतबाट ढुङ्गा खरिद गरी नेपाल ल्याउँदा ढुङ्गाको मूल्यभन्दा भन्सार शुल्क बढी पर्ने गरेको उनको गुनासो छ । कच्चा पदार्थको लागत बढ्दा परम्परागत पेसा सञ्चालन गर्न कठिनाइ भइरहेको उनले बताए । “नेपालमा ढुङ्गाका पहाडै पहाड छन्। तर, हामीलाई चाहिने ढुङ्गा यहीँ खरिद गर्न नपाएपछि भारतबाट ल्याउनुपरेको छ,” कुशवाडियाले भने, “ढुङ्गा खरिद गर्न लाग्ने रकमभन्दा भन्सार तिर्नुपर्ने रकम बढी पर्छ। व्यवसाय र पुख्र्यौली पेसा जीवित राख्न महँगो भए पनि भारतबाट ढुङ्गा ल्याउन बाध्य छौँ।”
कुशवाडियाले भारतबाट ल्याएको ढुङ्गालाई मेसिनबाट काटेर विभिन्न आकारका सिलौटो, लोरो, ओखल, जाँतो र खलौटोलगायत सामग्री तयार पार्ने गरेका छन् । घरायसी काममा प्रयोग हुने यस्ता सामग्री बनाएर गाउँगाउँ तथा सहरका बजारमा पु¥याई बिक्री गर्नु उनको पेसा हो । परम्परागत रूपमा प्रयोग हुँदै आएका यी सामग्रीको उत्पादन र बिक्रीबाटै उनले आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् । नेपालमा ढुङ्गा प्रशस्त भए पनि आफूले चाहेको गुणस्तर र कामका लागि उपयुक्त ढुङ्गा सहज रूपमा खरिद गर्न नपाउनु मुख्य समस्या रहेको कुशवाडिया बताउँछन ्। सिलौटो, लोरो, ओखल र जाँतो बनाउन प्रयोग हुने ढुङ्गा टिकाउ हुनुपर्ने भएकाले आफूलाई उपयुक्त ढुङ्गा खोजेर ल्याउनुपर्ने उनको भनाइ थियो । स्वदेशमै उपलब्ध प्राकृतिक स्रोतको उपयोग गर्न नसक्दा कच्चा पदार्थका लागि विदेशी बजारमा निर्भर हुनुपरेको उनले गुनासो गरे। नेपालमै ढुङ्गा खरिद गर्न पाउने व्यवस्था भए ढुवानी तथा भन्सारमा लाग्ने अतिरिक्त खर्च घट्ने र व्यवसाय सञ्चालन गर्न सहज हुने उनको अपेक्षा छ ।
“नेपालमा ढुङ्गै ढुङ्गाका पहाड छन ्। तर, हामीले आवश्यक ढुङ्गा यहीँबाट किन्न पाउँदैनौँ । भारतबाट खरिद गरेर ल्याउनुपर्छ भने नेपालमा ढुङ्गाका पहाड हुनुको के अर्थ भयो?” उनले प्रश्न गर े। उनका अनुसार कच्चा पदार्थ खरिददेखि नेपाल ल्याउने प्रक्रियासम्म लाग्ने खर्चले उत्पादन लागत बढाउँछ। लागत बढेपछि तयार भएका सामग्री बिक्री गर्नसमेत चुनौती हुने गरेको छ। परम्परागत सामग्री उत्पादन गर्ने व्यवसायीका लागि कच्चा पदार्थ सहज र उचित मूल्यमा उपलब्ध हुनु आवश्यक रहेको उनले बताए।
कुशवाडियाले नदी तथा खोलानालाबाट प्राप्त हुने नदीजन्य पदार्थको उत्खनन र निकासीका लागि सरकारले ठेक्का तथा बिक्रीको व्यवस्था गरेजस्तै परम्परागत सामग्री बनाउन उपयुक्त ढुङ्गाको पनि कानुनी प्रक्रियाअनुसार बिक्री गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरेका छन् । सरकारले उपयुक्त ढुङ्गा पहिचान गरी आवश्यक प्रक्रिया पूरा गरेर व्यवसायीलाई खरिद गर्न पाउने व्यवस्था गरे राज्यलाई राजस्व प्राप्त हुने र स्थानीय व्यवसायीलाई पनि राहत पुग्ने उनको भनाइ थियो । उनले ढुङ्गा बिक्रीको व्यवस्था गर्दा वातावरणीय तथा कानुनी पक्षलाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अपनाउन सकिने बताए। स्थानीय स्तरमा उपलब्ध ढुङ्गाको पहिचान र व्यवस्थापन गर्न सके स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने व्यवसायीलाई प्रोत्साहन मिल्ने उनको अपेक्षा छ ।
ढुङ्गाबाट सिलौटो, लोरो, ओखल, जाँतो र खलौटोलगायत सामग्री बनाउने तथा गाउँगाउँ र सहरमा पुगेर बिक्री गर्ने काम कुशवाडिया समुदायको पुख्र्यौली अर्थात् परम्परागत मुख्य पेसाका रूपमा रहँदै आएको छ । पुस्तौँदेखि सीप र श्रममा आधारित यस्तो पेसाले समुदायको जीविकोपार्जनसँगै परम्परागत सीपलाई पनि निरन्तरता दिँदै आएको छ । परम्परागत पेशासँगै अहिले जिल्लामा आधा दर्जन ग्रेनाइट,मार्वलका उद्योग पनि भारतबाट जसरी ढुगाँ ल्याएर उद्योग सञ्चालन गरेका छन्,त्यसै गरि नेपालकै ढुगाँ पाउन पाए ति उद्योगले सजिलै उद्योगमा ढुगाँ जन्य समाग्रि तयार गर्थे,नेपाललाई राजस्व समेत वृद्धि हुने थियो । साथै नेपालकै ढुगाँ प्रयोगमा आए आयात प्रतिस्थापन र रोजगारीमा समेत वृद्धि हुने अवस्था हुने उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेश गुप्ताले बताए । संघले यसका लागि सरोकारवाला निकायसँग पहल गर्ने समेत उनले बताएका थिए । यता औपचारिक रुपमा ढुगाँ खरिदका लागि कुनै माग नआएको जिल्ला डिभिजन बन कार्यालयले जनाएको छ । माग आए ऐन कानुनको परिधिमा रही उपलब्ध गराउन सकिने कार्यालयले जनायो ।

