
नवलपरासी,२० असोज
काठ आपुर्तिमा नम्बरी अवादीबाट ठूलो योगदान पुर्याउदै आएको भए पनि अहिले नम्बरी अवादी क्षेत्रबाट निजी स्तरको काठ घट्दै गएको डिभिजन बन कार्यालय नवलपरासीले जनाएको छ । विगतमा ठूलो मात्रामा काठ दाउराको आपुर्ति निजी क्षेत्र तथा ब्यतिmको नम्बरी अवादी खेत,निजी बनबाट आपुर्ति हुदै आएको भए पनि पछिल्लो बर्षमा मात्रा घट्दै गएको कार्यालयको तथ्याँकले देखाएको हो ।
निजी बन तथा नम्बरी अवादी खेतबाट पहिला धेरै मात्रामा काठ कटानी गर्ने आदेश लिएर काठ संकलन गर्ने स मिलहरुले तथ्याँक बुझाएको तर अहिले त्यसको परिमाण घट्दै गएको बनको प्रशासन शाखाका शाखा अधिकृत अमजद अंसारीले बताए । नम्बरी अवादीबाट काठ संकलन गर्दा पनि राजस्व संकलन हुदै आएको छ,यदि काठ संकलन घट्दै गयो भन्ने राजस्व पनि कम हुदै जाने छ । यसका लागि सरकारी बनमा मात्रै नभई ब्यतिmलाई पनि निजी बनका लागि प्रोत्साहित गरिनु पर्ने आवश्यकता रहेको उनले सुनाएका थिए । हरेक बर्ष वृक्षारोपणको मात्र बढदै गएको देखिन्छ,तर काठ आपुर्ति घटदै गएको अवस्था छ । यसबारे पनि वृक्षारोपणको औचित्यता माथि पनि प्रश्न उठ्न सक्ने अवस्था आएको बन कर्मचारीले पनि स्वीकार गरेका छन् ।
कार्यालयले प्रस्तुत गरेको विगत पाँच बर्षको तुलनात्मक तथ्याँकमा आर्थिक बर्ष २०७८।०७९ मा कुल ७५ हजार ४ सय ६४ घनफिट काठ संकलन भएको थियो । त्यस वापत मुल्य अभिवृद्धि कर(भ्याट) रकम रु २२ लाख ७ हजार ७ सय ९६ रुपिया राजस्व संकलन भएको थियो । त्यसै गरि आर्थिक बर्ष २०७९।८० मा कुल ९१ हजार ६ सय १३ घनफिट काठ संकलन भएको थियो र सो वापत भ्याट रकम रु.१८ लाख ३४ हजार ९ सय ७४ राजस्व संकलन भएको थियो । यसैगरि आर्थिक बर्ष २०८०।०८१ मा कुल ८५ हजार घनफिट काठ संकलन भयो,र त्यसवापत भ्याट रकम रु.२९ लाख ९९ हजार ८ सय २७ रुपिया भ्याट राजस्व संकलन भएको थियो ।
तर आर्थिक बर्ष २०८१।०८२ मा काठको परिमाण घटदै ३७ हजार ३ सय ७६ घनफिट मात्र काठ संकलन भएको देखिन्छ,जस्ले गर्दा भ्याट राजस्व पनि घटेर १३ लाख २३ हजार ४ सय ९६ रुपिया मात्र संकलन भएको देखिएको छ । यसै गरि गत आर्थिक बर्ष २०८२।०८३ पनि काठ संकलनको अवस्थामा खासै वृद्धि हुन नसकेन । ३७ हजार ८ सय ३८ घनफिट मात्र काठ संकलन भएको देखिन्छ,यस्ले राजस्व पनि उल्लेख्य वृद्धि नभई १५ लाख ७२ हजार ३ सय ३१ रुपिया भएको थियो । काठ संकलनमा बन प्राविधिकहरुले पनि राम्रोसँग सहजीकरण नगरिदिदा पनि काष्टब्यवसायी तथा समिलहरुले संकलनमा समस्या रहेको बताउदै आएका छन् ।
काठ कटान देखी,छोडपुर्जि,चलानपुर्जि,चिरान आदेश जस्ता प्रकृयामा बन प्राविधिकहरुले छिटो छरितो गरिनु पर्ने भनाई काष्ठ ब्यवसायी तथा समिलहरुले गरेका गरेका छन् । प्रकृया सहज बनाइयो र सहजीकरण गर्दै छिटो छरितो काम गरिदिए काठ संकलनमा ब्यवसायि सकृय हुन्छन्,काठको आपुर्ति पनि सहज हुदै जान्छ,राज्यलाई राजस्व पनि संकलन हुन्छ । त्यसै गरि गाँउ गाँउमा वृक्षारोपणका लागि पनि किसानलाई प्रोत्साहन गरिनु पर्ने आवश्यता ब्यवसायीले औल्याएका थिए ।
काठ आपुर्ति राजस्व र काष्टजन्य ब्यवसायलाई मात्रै प्रोत्साहित गर्दैन्,यस्ले स्थानिय स्तरमा प्रत्यक्ष तथा परोक्ष रोजगारीसँग पनि जोडिएको हुन्छ । काठ दाउरामा प्रयोग भन्दा फर्निचरमा प्रयोग बढाइयो भन्ने कार्बन उत्सर्जनमा समेत फाईदा पुग्ने डिभिजन बन अधिकृत धनिश्वर न्यौपानेले बताए । सरकारी बनबाट काठ संकलनसँगै नम्बरी अवादी क्षेत्रबाट पनि काठको आपुर्ति वृद्धि गर्न काम गरिनु पर्ने भनाई उनको थियो । अगामी दिनमा डिभिजन बन लगायत विभिन्न क्षेत्रबाट गरिने वृक्षारोपणले मात्रै बन विकास सम्भव नहुदा यसलाई अभियानको रुपमा लैजानु पर्ने र किसानलाई पनि प्रोत्साहित गरिनु पर्ने आवश्यकता महशुस भएको बताएका थिए ।
