
नवलपरासी, २३ चैत्र
जिल्लाको बौद्धस्थल जोड्ने भलुहीखोलामा पुलको माग स्थायिनले राख्ने माग गरेका कारण अहिले सत्तारुढ दलका जिल्ला तथा नगरका नेताहरुले स्थलगत अवलोकन गरेका छन् । भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुप र संघराम क्षेत्र जोड्ने भलुहीखोलामा पुल राख्नु पर्ने स्थानियको माग हुदै आएकोले रास्वपाका जिल्ला कार्यवाहक अध्यक्ष रवि पाण्डे र रामग्राम नगर अध्यक्ष सर्वजित तिवारीले स्थलगत अवलोकन गरेका हुन् ।


खोला किनारमै निर्माणाधिन कोरियन विशाल बौद्ध विहार समेत निर्माण भई रहेको र संघाराम तथा रामग्राम स्तुपको विचमा पर्ने भलुहीखोला पुल पर्यटकलाई मात्रै नभई स्थानियलाई समेत आवश्यकता रहेको रास्वपा जिल्ला अध्यक्ष पाण्डेले देखाएका थिए । पुलको निर्माण गर्न सकियो भन्ने स्थायिनबासीको दैनिक आवश्यकता आवागमनलाई सहज बनाउदै स्तुप क्षेत्रमा पर्यटकलाई आकर्षण थप्ने बताएका थिए । खोलामा पुल मात्रै नभई खोलाको उचित सरसफाई र विभिन्न उद्योगहरुले बगाउदै आएका फोहर प्रदुषित पानी बगाउने कार्य रोक्न समेत आवश्यक रहेको देखिएको छ, उनले भने ।
रामग्राम स्तुप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सिमा छुट्टयाउने भलुहीखोला हो । सोही खोला किनारमा कोरिया विशाल विहार निर्माणले रामग्राम स्तुप र संघाराम क्षेत्रलाई समेत जोड्न पुलको आवश्यकता देखियो, उनले थपे, रामग्राम स्तुप र संघाराम मात्रै नभई सो पुलले रामग्राम वार्ड नं.७ र रामग्राम १७ को दर्जनौ गाँउलाई जोड्ने छ । यसका लागि आफुले सरकार समक्ष लिखित रुपमै माग गर्ने बताएका थिए । नेपाल सरकारले खोजी पहिचान गरि तत्कालिन बौद्ध परम्परालाई पुर्नस्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्व बुझेर नै विदेशी संघसस्थाहरुले रामग्राम स्तुप(देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन सक्ने अनुमान स्थानियको छ ।
हुन तँ आफ्ना यात्रा वृतान्तमा उल्लेख गरिदिएर प्राचिनकालमा बौद्ध सँस्कृति र परम्परालाई संरक्षण गरेका चिनिया यात्री फाईयान र ह्वेगँसाँगले गरेका थिए । पछि आधुनिककाल अग्रँेजको शासनकालमा बेलायती विद्धानहरुले चिनियायात्रीकै यात्रावृतान्तलाई आधार बनाई हराउदै गएको बौद्ध स्थलको समेत खोज गरि पत्ता लगाई दिएका थिए । त्यसै क्रममा सन १८९८ मा बेलायती विद्धान डा.डब्लु होयले रामग्रामको पत्ता लगाएका थिए । अहिले रामग्रामकै अंग रहेको संघाराम क्षेत्र पनि पहिचानमा आएको छ ।
पुलको निर्माण गर्न सकियो भन्ने अहिले रामग्राम र र्संघारामलाई जोड्ने कोरियन बौद्ध विहार हुन सक्ने सोही वार्डका पुर्व वार्डअध्यक्ष शंकर हरिजनले बताएका थिए । कोरियन सस्थाले रामग्राम स्तुप क्षेत्रमा समेत आफ्ना पुर्वाधान बनाएका छन्, उनले भने, सो स्थानमा पनि दुई विघा भन्दा बढि जग्गा खरिद गरि भलुही नदी किनारमा बौद्ध विहार निर्माण गराउने कार्य गरिरहेको छ, । भविष्यमा आउने कोरियन भिच्छुहरुले आफ्नै विहारमा बास बसेर आराम गर्न सक्ने वातावरण हुन्छ । प्राचीन कालमा संघाराममा आउने बौद्ध भिच्छुहरुलाई आराम गर्ने स्थललाई संघाराम भन्ने गरिन्थ्यो ।
प्राचीनकालमा स्तुपको उत्खनन गर्न आएका सम्राट अशोकले स्तुप र्संरक्षण गर्दै पुजापाठ गदैै आएका नागबँशीहरुको आग्रहमा स्तुप उत्खनन गरेनन, बरु स्तुप क्षेत्र रहेको देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएका थिए । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको पुरातत्वका जानकार नारद यादवले बताएका थिए ।
बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, । बौद्ध भिच्छुहरुलाई विश्राम वा आराम गर्ने गरि बनाइएका प्राचीन आवासहरुको पर्खालहरु भेटिने गरेको छ । बौद्ध संस्कृति र इतिहास अनुसार संघराम (संस्कृतः संघाराम संघाराम) ले “मठ“ लाई जनाउँछ । दोस्रो शताब्दीको अशोकवादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य बंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महशुस गरेर पुष्पमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवतmा मनोज नागबंशीले बताउने गरेका छन् । उजैनबाट आउने सुँगका सेना रामग्राम स्तुप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तुप भएको गाँउ देउरवा हो,संघराम भएको गाउ देवगाव हो ।
बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । संघरामको उपयुतm स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरुलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ ।

