झरही—धनेवा दोभान क्षेत्रमा खोला सफाई कार्य शुभारम्भ

नवलपरासी,१६ जेठ
लुम्बिनी प्रदेश सभा सदस्य माननीय वैजनाथ जैसवालको पहलमा डुबान क्षेत्र पाल्हीनन्दन गाउँपालिका वडा नं. १ स्थित झरहीखोला सफाई कार्य शुभारम्भ गरिएको छ । बर्षायमा शुरु हुदै गर्दा त्रसित स्थानियबासीलाई झरही खोलाबाट वर्षेनि आउने बाढीका कारण हुने धनजनको क्षति तथा खेतीयोग्य जमिन कटान भई नष्ट हुने समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले नदी किनारमा थुप्रिएको माटो निकाल्ने कार्यको शुभारम्भ गरिएको हो ।
यस कार्यले बाढी नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय बासिन्दाको जनधन र खेतीयोग्य जमिनको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको सो वार्डका वार्ड अध्यक्ष चुल्हाई यादवले जनाए । उनका अनुसार स्थानीयवासीले यस पहल प्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता जनहितकारी कार्यहरू निरन्तर अगाडि बढ्ने अपेक्षा गरेका छन् ।
उतm खोलाले जिल्लाको सरावल र पाल्हीनन्दनका गाउ डुबान नियन्त्रण गर्न डुबान क्षेत्रको कारक धनेवा खोलाको र झरहीखोला दोभानमा विभिन्न सरोकारवालाले दुई महिना पहिला नैस्थलगत अवलोकन गरिएको गरेका थिए । डुबान नियन्त्रणका लागि गर्न सकिने कार्यहरुको र सरोकारवाला निकायको जिम्मेवारीबारे स्थलगत गरि यकिन गर्न अवलोकन गरेर जानकारी गराएका थिए । जुन अहिले लुम्बिनी प्रदेश सरकारको पहलमा पहिलो चरणमा नदी सफाई गरि तत्काल राहत पुग्ने कार्यको शुभारम्भ गरिएको छ,लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) जैसवालले बताए । उनका अनुसार पछि यस्को विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराई दिर्घकालिन समाधानको कार्य पनि गरिने छ ।
सफाई कार्यको शुभारम्भ गर्ने क्रममा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयका प्रमुख डिभिजन इन्जिनियर तिलकराम बुढाथोकी लगायतको प्राविधिकहरुको समेत उपस्थिती रहेको थियो । झरही धनेवा दोभान क्षेत्रमा चुरे पहाडबाट बगाउदै ल्याएको भस्कट र बालुवा थुप्रिदा पानीको धार नै परिवर्तन हुने खत्तरा बढदै गएको छ, उनले भने,यस्ले सरावल गाउपालिका र पाल्हीनन्दन दुई गाउपालिकाका आधा दर्जन गाँउलाई प्रभावित बनाउने गरेको छ ।
धनेवा खोलाको डुबान नियन्त्रणका लागि कुल ११ दशमलव ७७ किलोमिटर लामो उतm धनेवा खोला ब्यवस्थापन तथा करिडोरको डिपिआर गर्दा पहिलो खोलाको गाईड बण्ड वर्क र दोश्रो निर्माण गरि दुई भागमा निर्माण गर्ने गरि कुल (भ्याट सहित) ४९ करोड,६६ लाख ७६ हजार ७ सय १२ रुपिया लागत पर्ने डिपिआर गराएको थियो । त्यसै गरि अब झरही खोलाको डिपिआर गराई काम गर्नु पर्ने आवश्यकता साँसद जैसवालले गराएका थिए । यसका लागि अगामी दिनमा सम्बन्धित मन्त्रालय र कार्यालयसँग समन्व गरि गरिने र तत्काल जल निकासमा केही राहत पुगोस भनेर सफाई कार्य शुरु गरिएको उनको भनाई थियो । विगत तिन दशक देखी डुबानको समस्या झेल्दै आएको सरावलमा डुबान गर्ने धनेवा खोलाको डुबान नियन्त्रण कार्य यस बर्ष पनि नेताहरुको आश्वासन मै सिमित छ । जिल्लाको सरावल गाउपालिकाले बर्षेनी डुबान झेल्दै आएका छन् । यता धनेवा र झरहीकै कारण पाल्हीनन्दन वार्ड नं.१ शंकरपुर पनि सोही डुबानको चपेटामा पर्ने गरेको छ ।
विगत तिन दशक देखी उपेक्षामा रहेको उतm डुबान क्षेत्र यस बर्ष पनि उपेक्षामै परेको देखियो । यसले डुबान क्षेत्रका जनतालाई निराश बनाएको थियो । विगत तिन दशक देखी धनेवा खोला र झरही खोलाको उचित ब्यवस्थापनका लागि स्थानियले माग गर्दै आएका थिए । सरावलले गराएको डिपिआरमा खोलाको दुबै किनारामा सडक करिडोर बन्ने र खोलाको ब्यवस्थान गरि जलनिकास र खोलामा अन्य आयआर्जनक माध्यम बनाउन सक्ने गरि समावेश गरिएको छ । यस्ले पालिकाको झण्डै आधा भाग ओक्टने कुल ७ वटा वार्ड मध्ये ४ वटा वार्डका बासिन्दालाई राहत पुर्याउने थियो । गण्डक परियोजनाका कारण पनि सो क्षेत्रमा डुबान हुने गर्दा त्यसमा गण्डक परियोजना कार्यालय बाल्मिकी नगर,लाईजन कार्यालयले समेत चाँसो लिइनु पर्ने हो,तर चाँसो नलिएको प्रति स्थानियले नैराश्यता पनि प्रकट गरेका थिए ।
धनेवा खोलाको अधिकाँस भाग सरावल गाउपालिकाको ४ वटा वार्डलाई छोएको छ । धनेवाखोलाको सिमा प्रतापपुर,पाल्हीनन्दन गाउपालिका र केही भागमा वर्दघाट नगरपालिकालाई समेत जोडेको छ । खोलाको उदगम स्थल वर्दघाट नगरपालिका भए पनि यो झरही खोलामा मिसिदै भारत तर्फ प्रवेश गरेको छ । विगत बर्षमा खुल्ला रुपमा रहेको धनेवा खोला गण्डक सम्झौता पश्चात कण्डक कमाण्ड क्षेत्रमा परे पछि खोलाको दुबै किनारमा भारतिय पक्षबाट बाँध बनाइएको थियो ।
अन्य कुलाहरुको पानी समेत धनेवा खोलाम जादै मिसिने गरेको र त्यसको लागि धनेवा खोलामा सोही बेला विभिन्न ६ वटा साईफन समेत निर्माण भएको थियो । ति साईफलहरु बने देखी मर्मत सम्भारको अभावमा भत्किने र जिर्ण अवस्थामा भएको कारण जुन बाँध बाढीबाट जोगाउनका लागि बनाइएको थियो,त्यही बाँध डुबानको कारण बनेको छ । धनेवा खोला पानी उचित ब्यवस्थापन नहुदा हजार विघा भन्दा बढि खेत डुबानमा पर्दै आएको छ ।
सो डुबानबाट बचाउनका लागि नेपाली पक्षबाट मात्र काम गरेर डुबान नियन्त्रण सम्भव नभएको स्थानियले भने यसका लागि भारतिय पक्षसँग पनि सहकार्य गर्नु पर्ने देखिन्छ । नदी सफाई गरि बाँध बनाएर दशगजा सिमासम्म पुर्याउन सकिन्छ,तर दशगजामा बाँध बनाउन भारतिय स्वीकृति चाहिन्छ,। यसका लागि कुटनीतिक कार्य आवश्यक पर्छ । स्थानिय स्तरमा हुने नेपाल भारतको इण्डो नेपाल काउण्टर अधिकारीहरुको बैठकको निर्णय वा लाईजनको पहल आवश्यक देखिन्छ । यसका लागि सम्बन्धित निकायमा गाउपालिकाले पटक पटक कुरा उठाउदै आएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *