थारु समुदायको परम्परागत खानाको ब्यवसायिकीकरण गर्न पाँच दिइने तालिम

नवलपरासी,१८ जेठ
थारु समुदायको परम्पारागत खानाको ब्यवसायिक उत्पादन सम्बन्धि पाँत दिईने तालिम शुरु भएको छ । थारु कल्याणकारी सभा नवलपरासीको समन्वयमा लुम्बिनी प्रदेश सरकारको उद्योग पर्यटन तथा यातायात मन्त्रालय अन्तरगतको पर्यटन डिभिजन कार्यालय रुपन्देहीले उतm तालिमको शुभारम्भ गरेको हो ।
जिल्लाको सरावल २ स्थित थारु साँस्कृतिक पार्क नजिकैको थारु रिसोर्टमा सञ्चालन गरिएको उतm तालिममा जिल्ला भित्रका ३० जना भन्दा बढि थारु युवा युवती सहभागि छन् । उनीहरु आफ्नो समुदायले विगत देखीका परम्परागत खानालाई कसरी ब्यवसायिक खानाको रुपमा परिस्किृत गर्ने र अन्य समुदायका लागि खान आकर्षित गर्नेबारे खाने गरेका खानाको परिकार बनाउने बारे सिप सिकाउने कार्य गरिने प्रशिक्षक बालिका चौधरीले बताएकी थिईन ।
उनका अनुसार थारु संस्कृति र सभ्यता भित्रै पर्ने थारुको परम्परागत खाना पनि एक महत्वपुर्ण विषय हो । जुन अहिलेको पुस्ताले बाहिरी आयातित खाना खाने तर आफ्नै परम्परागत खान विर्सिदै जाने अवस्था छ,उनले भनिन,तर थारुकै धेरै यस्ता परिकार छन्,जुन नेपाल भित्रकै अन्य समुदाय तथा विदेशीले समेत खान मन पराउछन्,तर त्यसलाई ब्राण्डिगँ गर्न,बजारीकरण गर्न,परिस्कृत गर्दै त्यसलाई ब्यवसायिकीकरण हुन सकिरहेको छैन् ।
समुदायको चाँसो पनि कमजोर छ, त्यो भएर पनि थारुको संस्कार संस्कृति,खानपान रहन सहनको संरक्षणसँगै त्यसलाई ब्यवसायिकीकरण गरेर आय आर्जनको माध्यम बनाउन सकिने उदेश्यले यस्तो तालिमको आयोजना गरिएको हो । थारु समुदायले नै खाने स्थानिय स्तरका सयौ प्रकारका खाद्य पदार्थ छन्, सयौ प्रकारका परिकार छन्,तर त्यसलाई विस्तारै छोड्दै जादा हराउने अवस्थामा पुगेका छन् । यस्ता रुपन्देही,कपिलबस्तु र नवलपरासी गरिएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *