
नवलपरासी,१७ चैत्र
संसादमा सपत खाएर जिल्ला फर्किएका साँसद विक्रम खनाल तत्कालै सुस्ताबासी भेट्न सुस्ता पुगेका छन् । भारतिय सिमा सुरक्षा बल(एसएसबी)को त्रासमा बाच्ने नेपालका सुस्ताबासीलाई अहिले नारायणी नदी कटानले त्रसित बनेको सुस्ताबासी भेट्न पुगेका हुन् ,
नेपाली सुस्त भुमि पटक पटक भारतिय एसएसबीको आडमा अतिक्रमणको चपेटामा पर्ने गरेको सुस्ता तर्फ नारायणी नदीको धार फर्कदै कटान थाले पछि थप त्रासदी बनेकोले त्यसको निकास कसरी निकाल्ने भनि स्थानियसँग छलफल गर्ने भनि उनी सुस्ता पुगेको उनको सचिवालयले जनाएको थियो । गत बर्ष सुस्ता गाउपालिकाले नदीबाट नदीजन्य पदार्थको निकासीको ठेक्का लगाए पछि निकासी गर्ने ठेकेदारले नदीको धार नै परिवर्तन हुने गरि खनन गरेका कारण धार परिवर्तन भएर सुस्तामा खत्तरा बढेको सुस्ताबासीले बताउदै आएका छन् ।
गाउपालिकाले क्षणिक लाभको लागि हजारौ हेक्टर भुमि नै गुमाउनु पर्ने अवस्था निम्त्याएको छ, स्थानिय रविन्द्र जैसवालले भने,नदीबाट निकासी गर्दा धार परिवर्तन भएर नदीको पुर्वि क्षेत्र तर्फ बढि पानीको प्रवाहले कटान गर्दा सुस्ता नै जोखिममा परेको सुनाएका थिए । नदीको प्रवाह रोक्नका लागि बलौटे माटोले बनाइएको बाँध खति समय रोक्छ । अहिले दिउँदको बेला पनि नदीको पानीले निरन्तर कटान गर्दै बाँधलाई कमजोर बनाउदै आएको छ । बर्षायामा सबै सुस्ताबासीले बोरामा बालुवा भर्दै पानी प्रवाह रोक्ने प्रयासमा जुटेका थिए । नदी किनारमा रुख विरुवा काटेर प्रवेग कम गराउने कार्य पनि गरियो ।


नदी कटानले करोर्डाैको लागनीमा बनेको झोलुगेँपुल,सडक पुर्वाधार,आश्रय स्थल,विद्यालय प्रहरी चौकी लगायत गाँउका बासिन्दा विस्थापन हुनु पर्ने जोखिम बढदै गएको छ । तर अहिले नदीको कटान नरोकिए सुस्ता सकिने खत्तरा बढदै गएको उनले सुनाएका थिए । सुस्ताकै समस्यालाई लिएर लुम्बिनी प्रदेश सरकारका बन तथा वातावरणमन्त्री सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री,उर्जा तथा जलश्रोत मन्त्री र अर्थ मन्त्रीलाई भदौ ५ गते नै ज्ञापनपत्र बुझाएर जानकारी गराएका थिए ।
तत्कालिन उर्जा मन्त्री कुलमान घिसिगँ सुस्ता पुगेर कटान नियन्त्रणका लागि तत्कालै १३ करोड बजेट ब्यवस्था मिलाउने आश्वासन दिएका थिए । त्यसै अनुसार काम भइ रहेको तर काम भन्ने पुरा नभएको स्थानियले बताएका थिए । चुनावको बेला सबै उमेदवारसँग सुस्ता बचाउ कै माग सुस्ताबासीले राखेका थिए । सो बेला साँसद खनालले प्रतिवद्धता जनाएका थिए । चुनाव जितेर सपथ खाएर जिल्ला फर्किने वित्तिकै सुस्ता सम्झदै सुस्ता भुमिमा पुगेका हुन् । सुस्ताबासीको समस्या बुझेर उनले अब सरकारसँग सुस्ता बचाउका लागि आवश्यक प्राविधिक कार्य गर्न लागि पर्ने प्रतिवद्धता जनाएको स्थानियको भनाई थियो । आश्वासन तँ पाइएको छ,उनले भने,त्यो आश्वासन यथार्थतामा बदलियोस हाम्रो चाहना हो ।
सुस्ताको विगतका कुल भुमि ४० हजार ९ सय हेक्टर रहेको थियो । ति मध्ये १४ हजार ५ सय हेक्टर भुमि भारतिय अतिक्रमणमा परि सकेको छ । १९ हजार ४ सय ८० हेक्टर विवादित अवस्थामा छ । बाकी ७ सय हेक्टर जमिन सुस्ताबासीले भोगचलन गर्दै आएका छन् । तर नदी कटानले ति सबै भुमि गुम्ने खत्तरा बढदै गएको सुस्ताबासीको दुखेसो थियो । सुस्ताले सानो लाभका लागि नदी उत्खनन कार्य गराउदा धार परिवर्तनले ठूलो नोक्सानी ब्यहोर्न पर्ने अवस्था आएको सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खानले बताए । यसबारे सुस्ताबासीले निरन्तर नेपालका प्रशासनिक निकायलाई जानकारी गराउदै आएको छ । नदीको धार फकिर्यो,रोक्नका लागि पनि अहिले ठूलो चुनौती देखिएको छ, उनले भने,सुस्तामा जानका लागि कि ढुगाँ कि झोलुगेँ पुल मात्र छ । मालवाहक सवारी साधन चल्ने अवस्था छैन् । बलियो माटो छैन् । बलौटे माटोको बाँधले नदीको धार रोक्ने सामथ्र्य राख्दैन् । पक्कि संरचनाका लागि निर्माण समाग्रि आवश्यक पर्छ ।
माओवादी द्धन्द्धकालको बेला भारतले जब देखी सिमा क्षेत्रमा सिमा सुरक्षा बल(एसएसबी) राख्ने कार्य गर्यो,सोही बेला देखी एसएसबीले आफ्ना कार्य प्रगति देखाउनलाई होला भारती भुमिा गिद्धेदृटि राख्दै आएका छन् । सन १८१६ मा नै भारतमा शासन गरिरहेका बेलायती इष्ट इण्डिया कम्पनी र नेपालको गोर्खा सामराज्यको बेला नेपाल र कम्पनी विच सुगौली सन्धि भएको थियो । सोही बेला नेपाल र भारत विचको सिमा निर्धारण भयो । सिमा निर्धारण गर्ने क्रममा सिमा स्तम्भहरु गाडिएका थिए । तर गण्डक नदि किनारमा सिमा स्तम्भ राखिएको थियो कि थिएन,यकिन भएन्, नदीलाई नै आधार मानी नेपाल भारत छुट्टिएको पनि सुन्दै आएका हौ,खाँनले भने,तर नेपाल भारत हुनु पुर्व देखी नै सुस्ताबासीले आफ्ना जग्गाको उपभोग गर्दै आएका थिए ।
अहिले पनि सो क्षेत्रमा कुनै सिमा स्तम्भ छैन्, । सो क्षेत्र स्वम् भारतियले पनि सुस्ताकै हो भनि स्वीकार्ने गर्छन् । बेला बेला विवाद गराउने मुद्दा लगाउने,आफुहरु भारतिय भएको हो,भन केही हुदैन,थप सुविधा दिलाई दिन्छौ पनि भन्ने जस्ता कार्य गर्दै आएका छन् । तर स्वभिमानी सुस्ताबासी आफुहरु नेपाली नै भएको र आफ्नो जग्गाका लागि निरन्तर लडि रहने बताउदै संघर्ष गर्दै आएको उनले सुनाएका थिए ।
