
नवलपरासी,२६ पुस
प्राकृतिक घोलमा माछा पाउन छाडे पछि घोलको माछा मारी बेचेर गुजारा चलाउने मल्लाह अहिले घोँघी संकलन गरी बेचेर गुजारा चलाउनु पर्ने अवस्था आएको बताएका छन् । पहिला पहिला प्राकृतिक नदी,घोल,जलासय,पोखरीमा माछा मार्ने र गाँउघर बजार पुगेर माछा बेचेर गुजारा चलाउने मल्लाहको पुर्र्खाैली पेशा छाड्न नसक्नेले माछाको स्थानमा घोघी बेचेर गुजारा चलाउन परेको हो ।
प्राकृतिक जलासय नसिदै,पुरिदै जानुका सार्थै खेतीपातीमा बढदो विषादीको प्रयोगले माछा पाउनै छाडे पछि बचेका जलासय र घोलका घोघी नै गुजारा लागि सहारा बनेको मल्लाह समुदायले जनाएको छ । ब्यवसायिक माछा पालन हुन थाल्यो, धेरै पोखरीहरु पुरियो,खोलामा बालुवा जमेर कुण्डहरु पनि पुरियो, भएको जलासयमा माछा पाउनै छाडियो मल्लाहहरुको गुनासो रहेको छ । अहिले पाल्हीनन्दन १ सुनरी चोकमा घर परिवार चलाउनको लागि छोटकी सुनरीका छोटु मल्लाह ले बिहानै देखि नदि र पोखरीवाट घोगी पानीमा झानीझानी निकाले र बेच्ने गरेका छन् ।
जिविकोपार्जनको आधार उनको घोघी बनेको छ । रु १ सय केजी मात्र बेचेर छोटु मल्लाह आठ जना परिवा हरु लाई पालन पोषण गरिरहेका छन् । त्रेता युग कालिन निषाद राजा भएर प्राकृतिक जलासयमा अतिपत्य हुने मल्लाहहरु बदलिदो परिस्थितीले उनीहरुलाई अहिले गरिबीको रेखामुनी पुर्याएको छ । तत्कालिन अयोध्याका राजा रामको बनबास हुदा निषाद राजाले जलासयमा ढुगाँ तारेर राजासँग मित्रता निभाएका थिए,त्यो बेला प्राकृतिक जलासयमा निषाद समुदाय मित्रका मल्लाह(माझी) र केवट(सहानी) दुई समुदाय रहेको मान्यता छ ।
प्राकृतिक जल माथि ढुगाँ तार्ने र माछा मारेर जिविको पार्जन गर्ने उनीहरुको पुर्खाैली पेशा हो,स्थानिय लक्ष्मि हरिजनले भने,त्यही भएर उनीहरु पुर्खाैली पेशा मान्यता अनुसारका पेशामा अल्झिदा खेतीपाती र पशुपालन तर्फ लागेनन् । उनीहरुसँग खेतीपाती गर्न खेत पनि छैन्,गुजारा चलाउने जलासय र जलासयका माछा पनि सकिदै गए । माछा सकिदा घोघीको आस छ, उनले थपे,कुनै दिन त्यो पनि सकिने खत्तरा बढदै गएको छ । आधुनिक समाजमा कुन पेशा कस्को ? जातिय आधार रहेन,यस्ले परम्परागत पेशाका ब्यतिmलाई जिवन गुजारा चुनौती पुर्ण बन्दै गएको उनको भनाई थियो ।
थारु समुदायको लोकप्रिय परिकार माध्ये घोँघी अहिले खुल्ला रुपमै विक्रि वितरण हुन थालेको छ । थारुका लागि घोघी नै किन ? भनेर पनि स्थानियले रोचक कहानी पनि सुनाउने गरेका छन् । जलासय माथि निषादको अधिपत्य हुदा माछा मारेर बचेको घोघी मात्रै संकलन गर्न पाउने थारुलाई दिइने गरेका थिए । जुन उनीहरुको कालान्तरमा आएर घोघी खाने संंस्कृति बन्यो । तर जलासय माथिको अधिपत्य समाप्त हुदै जादा तिनै निषादका लागि घोघी अहिले जिविको पार्जनको आधार बन्दै छ । समयको खेल हो, हरिजनले भने, समयले कस्लाई कहा पुर्याउछ ? यो एक उदाहरण हो ।
अहिले थारु मात्रै नभई अन्य समुदायले चाँसो लिई उतm घोँघी खान थालेका कारण बजार र चोक चोकमा विक्रि वितरण हुन थालेका हुन् । माछा जस्तै घोँघीले पनि अब बजार पाउन थालेको छ । जस्ले गर्दा माछापालक किसानहरु घोँघी पनि संकलन गरि विक्रि वितरण तर्फ आकर्षित हुन थालेको पाल्हीनन्दन गाउपालिका १ महेशपुर चोकमा घोँघी बेच्दै गरेका एक किसानले सुनाएका थिए । पोखरीमा पहिला घोँघी त्यसै छाडि दिन्थ्यौ,तर अहिले यसको माग बढदो छ । पहिला थारु समुदायका महिलाहरु जलासयहरुमा घोँघी सित्तैमा संकलन गरेर लैजाने गरेका थिए । तर पछिल्लो समय बजारमा पाइए किनेर नै मान्छे लैजान खोजे पछि संकलन गरि ल्याइएको उनको भनाई थियो ।
घोँघी स्वस्थ्यकर परिकार हो,उनले भने, पहिला थारु जातीलाई घोँघी खाने जात भन्दै थारु जातीलाई घोँघी भनेर प्रायबाजी नाम नै प्रयोग गर्ने गरेका थिए,तर अहिले उतm घोँघी थारु समुदायमा मात्रै सिमित रहेन्,माछा जस्तै मधेशका अन्य समुदायले पनि खान रुचाउन थाल्दा यस्को माग पनि माछा जस्तै हुन थालेको छ । हुन तँ अहिले माछा जस्तै ब्यवसायिक पालन भई रहेको छैन् । प्राकृतिक जलासय,पोखरी तथा माछा पालन भएका पोखरीमा पनि घोँघी आफै आउछन् । तर माग बढदै गयो भने माछापालन जस्तै घोँघीको पनि पालन हुन सक्ने अवस्था देखिएको उनको भनाई थियो ।
सरावल २ मनरी स्थित थारु साँस्कृतिक पार्क नजिकै थारु रिसोर्टमा तँ घोँघी खाने भनेर नै अर्डर आउने गरेका छन् । राजमार्ग क्षेत्रमा पनि धेरै होटलमा घोँघी एक परिकार पस्किने गरिएको छ । समुद्री किनारमा सि फुड जस्तै यस क्षेत्रमा अहिले घोँघी धोई पखाली सिधै पकाउने गरिएको छ । घोँघीको झोल बनाउने झोलसँग भात रोटी खाने र घोँघी भित्र रहेको मासुको भाग मुखले जोड लगाई तान्ने(सर्कने) गरि खाने गरिन्छ । पौष्टिक खानाको रुपमा रहेको घोंघीमा प्रोटिन, क्याल्सियम, आइरन र जिंक प्रशस्त हुन्छ, जसले शरीरलाई शक्ति दिन्छ ।
साथै घोँघीको खानेको हड्डी बलियो बनाउँछ, क्याल्सियम धेरै हुने भएकाले हड्डी र दाँत मजबुत हुन्छन् । रगत बढाउन मद्दत, आइरनको मात्रा राम्रो भएकाले रगतको कमी (एनीमिया) मा फाइदा पु¥याउँछ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ पोषक तत्वका कारण शरीरको इम्युनिटी मजबुत हुन्छ । शतिm प्रदान गर्छ मेहनत गर्ने व्यक्तिका लागि राम्रो ऊर्जादायी खाना मानिन्छ । ब्यवसाय गर्न सकियो भन्ने आयआर्जनको स्रोत, घोंघी संकलन, पालन तथा बिक्रीबाट स्थानीयस्तरमा आम्दानी गर्न सकिन्छ । परम्परागत औषधीय प्रयोग पनि गर्ने गरिन्छ जस्मा केही समुदायमा घोंघीलाई कमजोरी, थकान आदिमा उपयोगी मानिन्छ ।
