महिला नेतृत्व सशक्तिकरणका लागि पैरवी तथा नेतृत्व विकास तालिम

नवलपरासी,९ वैशाख
महिला सशक्तिकरण र जलवायु–स्वास्थ्यका सवालमा समुदायस्तरमै प्रभावकारी आवाज उठाउने उद्देश्य महिलाहरुलाई पैरवी तथा नेतृत्व विकास तालिम दिलाईएको छ । नेपाल रेडक्रस सोसाइटी नवलपरासीले तालिम सञ्चालन गरि दुई दिने पैरवी तथा नेतृत्व विकास तालिम दिलाइएको हो ।
नेपाल रेडक्रस सोसाइटीद्धारा कार्यान्वयन र क्यानेडियन रेडक्रसको सहयोगमा सञ्चालित लोकलाइज्ड इनोभेसन फण्ड परियोजना अन्तर्गत बैशाख ८ र ९ गते परासीमा सम्पन्न गरिएको रेडक्रसले जनाएको छ । उक्त तालिममा महिला जलवायु स्वास्थ्य समूह का २४ जना सदस्यहरूको सक्रिय र उत्साहजनक सहभागिता रहेको थियो । तालिमले सहभागी महिलाहरूलाई नेतृत्वदायी भूमिकामा अघि बढ्न उत्प्रेरित गरेको देखिएका थिए ।
तालिमका क्रममा नेतृत्व विकास, प्रभावकारी पैरवी गर्ने सीप, निर्णय प्रक्रियामा सहभागिता र जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पार्ने असरबारे व्यवहारिक तथा अन्तरक्रियात्मक ढंगले सहजीकरण गरिएको थियो। समूहगत अभ्यास, खुला छलफल र अनुभव आदानप्रदानले सहभागीहरूलाई सिकाइसँग प्रत्यक्ष जोड्न सहयोग पुगेको थियो। कार्यक्रमको उद्घाटन तथा समापन नेपाल रेडक्रस सोसाइटी नवलपरासी का सभापति राजेन्द्रप्रसाद अग्रहरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्यानाडियन रेडक्रस र नेपाल रेडक्रसका केन्द्रीय कार्यालयका प्रतिनिधिहरूको उपस्थिति कार्यक्रमको विशेष आकर्षण बनेको थियो।
परियोजनाका जिल्ला कार्यक्रम संयोजक गोकर्ण श्रेष्ठले सञ्चालन गरेका थिए । उक्त कार्यक्रमले स्थानीय महिलाहरूलाई समुदायका मुद्दामा सशक्त रूपमा उभिन प्रेरित गरेको उनले बताएका थिए । उनका अनुसार “यस्ता तालिमले महिलालाई नेतृत्व लिन मात्र होइन, परिवर्तनको अगुवा बन्न समेत सक्षम बनाउँछ।”। तालिम पछि सहभागीहरूले आफ्ना समुदायमा जलवायु तथा स्वास्थ्यसम्बन्धी चुनौतीहरूमा प्रभावकारी पैरवी गर्दै सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *